• २० चैत २०८१, बुधबार

मिनी ट्रकको ठक्करबाट महिलाको मृत्यु

blog

मिनी ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, चैत १८ गते । मिनि ट्रकको ठक्करबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । सर्केगार्ड गउपालिका–४ को दुल्ली गाउँको सडक गुडी रहेको ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो । 

ट्रकको ठक्करबाट मृत्यु हुनेमा दुल्ली गाउँकी स्थानीय वासी ७२ वर्षीया नन्दकला थापाको मृत्युु भएको प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताउनुभयो । भे १ ख ३४७३ नम्बर ट्रकले कच्ची सडक छेउमा ढुङ्गा ओसार्ने क्रममा थापालाई ठक्कर दिएको थियो । 

ट्रक चालक बाँके जिल्ला केहरलपुर नगरपालिका– १४ को सुन्दपुरका दिनेश चदारालाई सर्केगाड प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । लाश, ट्रक र चालक प्रहरीको नियन्त्रणमा राखिएको छ । अहिले सडक पूर्ण रूपमा बन्द गरिएको छ ।