• २० चैत २०८१, बुधबार

रारा क्याम्पसको स्ववियु सभापतिमा जयलक्ष्मी विजयी

blog

हरिकृष्ण ऐडी

मुगु, चैत १९ गते । रारा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा जयलक्ष्मी रावल भाम निर्वाचित हुनु भएको छ । चैत १८  गते सम्पन्न निर्वाचनबाट ७३ मत प्राप्त गरी जयलक्ष्मी  सभापतिमा निर्वाचित भएकी हुन् ।

उहाँ नेपाल विद्यार्थी सङ्घबाट उम्मेदवारी दिनुभएको थियो । त्यसै गरी, अखिल क्रान्तिकारीबाट  सचिवमा औसरा बुढा, कोषाध्यक्षमा नेपाल विद्यार्थी सङ्घकी पञ्चमा सेजुवाल विजयी भएकी छन्। 

यस्तै अखिल क्रान्तिकारीका मनोज शाहीले ६७ मत र अनेरास्ववियुका रेखा कार्कीले ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत लाल केशर रोकायाले जानकारी दिनुभयो।

निर्वाचन अधिकृत रोकायाका अनुसार समानुपातिक तर्फ अखिल क्रान्तिकारीले ९ मत,अनेरास्ववियुले ६५ मत, नेविसंघले ५८ मत र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले ६ मत प्राप्त गरेका छन् भने ७ मत बदर भएका छन् ।