एम्बुलेन्स र स्कुल बस हस्तान्तरण
चङ्खेली गाउँपालिकाले विद्यालय र स्वास्थ चौकीलाई बस र एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको ।
छारे भीरमा सडक निर्माण
जिल्लाका असजिलो चट्टानी भीर रहेको कर्णाली करिडोरअन्तर्गत पर्र्ने छारे भीरमा चट्टान फोडेर सडक निर्माण कार्य भएको छ । भीरमा होल खोप्ने, विस्फोट गर्ने, मेशिन लगाएर निर्माण गर्ने लगायतका काम सुरु भएपछि सडकको ट्रयाक खोल्ने कार्य पूरा भएको हो ।
विदेश पलायनको क्रम रोक्न जरुरी छ
रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका धार्मिक पर्यटनका हिसाबले राम्रो सम्भावना बोकेको गाउँपालिका हो । कर्णाली प्रदेशकै पर्यटकीय स्थल स्यार्पुताल, दुधिलचौर तीर्थधाम, पिपलको मेलगैरी, झारमारेलगायतका चर्चित पर्यटकीय स्थान यही गाउँपालिकामा छन् । दुई वर्षअघि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट जनककुमार बाँठामगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाले गरेका मुख्य काम, भइरहेका गतिविधि, चुनौती, सम्भावना र आगामी योजनाबारे गोरखापत्रका मुसीकोट समाचारदाता राजु लामिछानेले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । सोमबार राति १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गरिएको हो।
चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी सरकार अगाडि बढिरहेको बताउनुभएको छ ।
नक्कली परीक्षार्थी पक्राउ
कालीकोटमा आज फेरि एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अर्काको सट्टामा परीक्षा दिँदैगरेका २६ वर्षीय नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
‘लो भोल्टेज’का कारण सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ
कर्णाली प्रदेश सरकारले कृषि उत्पादन भण्डारणका लागि सुर्खेतका विभिन्न ठाउँमा चिस्यान घर निर्माण गरी सञ्चालनमा ल्याएको छ । सुर्खेतमा तीन स्थानीय तहमा पाँच वटा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
कालीकोटमा आगलागीबाट चार वर्षमा १३ जनाको मृत्यु
कालीकोटमा चार वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार २०७७/७८, ७८/७९, ७९/८० र चालु आवको चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु भएको हो ।