प्रेमराज सिम्खडा
कालीकोट, चैत २५ गते । कालीकोटको महावै गाउँपालिकामा सम्पन्न विषेशज्ञ स्वास्थ्य शिविरबाट छ सयभन्दा बढी स्थानीय नागरिकले सेवा लिएका छन् । गाउँपालिकाको समन्वय तथा स्वास्थ्य सेवा कार्यालय कालीकोट, ओदा फाण्डेसन नेपाल प्रदिया फाण्डेसन नेपाल, स्वास्थ्य शाखाको सहयोगमा सम्पन्न विषेशज्ञ स्वास्थ्य शिविरमा छ सय ६९ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।
दुई दिनसम्म चलेको शिविरमा विभिन्न समस्या भएरका नागरिकलाई विषेशज्ञ मार्फत स्वास्थ्य परीक्षण गराइएको महावै गाउँपालिका अध्यक्ष खेमवहादुर सिहंले जानकारी दिनुभयो ।
शिविरमा हार्डजोर्नी, नसा, स्त्रीरोग, बालारोग, सामान्य शल्यक्रिया, परिवार नियोजनलगायतका सेवा प्रदान गरिएको थियो । आर्थिक अवस्था कमजोर वृद्धवृद्धाहरुलाई लक्षित गरेर विशिरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष दानसिहं सेजुवालले स्थानीय सरकारको अनुभूती गराउन स्वास्थ्य शिविर एक महत्त्वपूर्ण कार्यक्रम भएको बताउनुभयो ।