दुर्गा भवानीका मूर्ति शान्तिपूर्ण विसर्जन गरिंदै
बडादसैको घटस्थापनादेखि नेपालगन्जमा स्थापना गरिएका दुर्गा भवानीका मूर्तिहरु बिसर्जन कार्य शान्तिपूर्ण तरिकाले भइरहेको छ । नेपालगन्जमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदीमा लगेर सेलाउने काम भइरहेको छ ।
सम्भावित दुर्घटनाबाट बचाउन नदीमा उद्धार टोली तैनाथ
सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको कम्दीस्थित राप्ती नदीमा उद्धार टोली तैनाथ पारिएको छ । दुर्गा मुर्ति विसर्जन कार्यलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन राप्ती नदीको सिधनीया घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
कुशबाडिया समुदायको पुर्ख्यौली पेशा संकटमा
बाँकेमा वर्षौंदेखि ढुङ्गाको सिलौटा र डोरी बिक्री गरेर जीविकोपार्जन गर्दै आइरहेका कुशबाडिया समुदायको परम्परागत पेशा संकटमा परेको छ ।
तोरी पेल्ने परम्परागत घरेलु मेसिन ‘कोल’ लोप हुँदै
अघिल्ला पुस्ताको दैनिक जीवनलाई सहज बनाउने घरेलु मेसिन कोल लोप भएको छ । दुई तीन दशकअघिसम्म यहाँका मानिसहरूको दैनिक जीवनमा प्रयोगमा आउने तोरी पेल्ने घरेलु मेसिन कोल्ह लोप भएको हो ।
जमुनाहा नाका आज राति ८ बजेसम्मका लागि बन्द
नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगञ्जको जमुनाहा नाका बुधबार एकदिनका लागि बन्द गरिएको छ ।
मूर्ति विसर्जनका क्रममा बेपत्ता भएकाको खोजी जारी
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनामा परेर दुइ जनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए ।
मूर्ति विसर्जनका लागि बाँकेमा सुरक्षा व्यवस्था कडा
बाँकेका बुधबार दिउँसो दुर्गादेविको मूर्ति विसर्जन गरिने कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
नेपालगन्जमा कोक्रोमाको उत्पादन विक्री सुरु
नेपालगन्जमा जैविक कपडा (कोक्रोमा)को उत्पादनहरू विक्री वितरण सुरु गरिएको छ । नेपालगन्ज १० भृकुटी नगर निवासी महिला उद्यमी निता जिसीले दसैँको अवसर पारेर अनलाइनमार्फत कोक्रोमाको विक्री वितरण सुरु गर्नुभएको हो ।
दुर्गा मूर्ति विसर्जनमा गएका दुईको डुबेर मृत्यु, एक बेपत्ता
दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
मुस्लिम सदस्यहरुले पनि लगाए दसैंको टीका जमरा
सदभावको सहरको रुपमा परिचित नेपालगन्जमा बडा दसैंको दिन शुभसाइतमा मंगलवार मुस्लिम समुदायका अगुवाहरुले पनि मान्यजनबाट टीका जमरा थापेर दसैं मनाएका छन् ।
नेपालगञ्जमा दशहरा मेला : आज रावण वध गरिँदै
नेपालगञ्जको रामलीला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलीला महोत्सवअन्तर्गत १०औँ दिन आज विशेष रावण बध गर्न लागिएको छ ।
दसैंमा महिलाले गरे ५० लाखको खसीबोका बिक्री
दसैंमा मात्र यहाँका महिलाले करिव ५० लाखको खसीबोका बिक्री गरेका छन् । जिल्लाको रम्भा गाउँपालिकास्थित फोक्सिङ्कोटका महिलाले दसैंको मुखैमा ४८ लाख २७ हजार रुपियाँको खसीबोका बिक्री गरेका बताएका छन् ।
आज रावणको पुत्ला दहन गरिँदै
नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भएको रामलीला महोत्सव अन्तर्गत मंगलवार १० औ दिन अपरान्ह रावणको बध गरिंदैछ ।
भारतबाट भित्रिएको अवैध सामान निरन्तर बरामद
सीमापारीबाट भन्सार छलेर भित्रिएका सामान प्रहरीले लामो समयदेखि बेला बेलामा बरामद गर्दै आएको छ । प्रहरीले अवैध सामान पक्राउ गर्दै आए पनि चोरी पैठारी गर्नेहरु भने कहिलेकाँही मात्रै पक्राउ पर्ने गरेका छन् ।
दुधको खपत बढाउन चाडपर्वमा उपभोक्तालाई छुट
दुधको खपत बढाउन दसैं, तिहारलगायतका पर्वमा उपभोक्तालाई दुधमा छुट बिक्री गरिएको छ । दुधको खपत बढाउन जिल्लाको बगनासकाली बहुउद्देश्यीय सहकारी लिमिटेडले दसैं, तिहारजस्ता पर्वका बेला दुधको खपत बढाउन प्रतिलिटर १० रुपियाँ छुट दिएर उपभोक्तालाई बिक्री गरिएको हो ।
दसैंका लागि गबरुको लोकल कुखुरा
नेपालगञ्ज उपमहानगरपालिका ६, फुल्टेक्राका गबरु चौधरी एकाबिहानै लोकल कुखुराहरु राखेको टोकरी बोकेर नेपालगञ्जको धम्बोझी चोकमा पुग्नुहुन्छ । विगत २०–२१ वर्षदेखिको यो उहाँको दैनिकी हो ।
भोलि मदिरा बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय बाँकेले दुर्गा भवानीको मूर्ति विसर्जनका दिन जिल्लाभरि मदिरा विक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाएको छ ।
पितृपूजा गरेका थारु महिला पित्तर सेलाउन नदीमा जाँदै
दाङको राप्ती गाउँपालिका २ स्थित खुरुरिया गाउँका थारु समुदायको महिला पित्रीपूजा गरेको पित्तर सेलाउन राप्ती नदीमा जाँदै । थारु समुदायमा दसैँको नवमीको दिन पित्रीको पूजागर्ने परम्परा रहेको छ ।
सिडिओसहित सुरक्षा अधिकारीद्वारा सीमा स्तम्भको अनुगमन
बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जिल्लाका सुरक्षा अधिकारीले सीमावर्ती क्षेत्र र सीमास्तम्भको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
कुम्हाललाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ
दसैं तिहारजस्ता चाडपर्व चलिरहेका बेला बाँकेका कुम्हाल समुदायमा माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । दसैं तिहार र छठजस्ता ठूला चाडपर्वमा माटाको भाँडाको माग अत्यधिक हुनेगरेकाले कुम्हाल समुदायमा भाँडा बनाउनेहरु माटाको भाँडा बनाउन व्यस्त भएका हुन् । यतिबेला यस समुदायका अधिकांश मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त छन् ।
तीनसय बढी दुर्गा भगवतीको मुर्ति प्रदर्शनमा
कपिलबस्तुमा तीन सय २९ वटा दुर्गा भगवतीको मुर्ति प्रदर्शनमा राखिएको छ । दुर्गा भगवती माताले दानव शुम्भ र निशुम्भलाई मारेको प्रतीकको रुपमा जिल्लाका १० वटै पालिकामा मुर्ति प्रदर्शन गरिएको हो ।
पाल्पामा फेरि दुर्घटना : आठ जना घाइते, तीनको अवस्था गम्भीर
पाल्पामा पुन अर्को जिप दुर्घटनामा परी आठ जना घाइते भएका छन् ।
भन्सार छलीका सामानसहित सात जना नियन्त्रणमा
बर्दियाबाट प्रहरीले एक लाख ७४ हजार बराबरको सामान बरामद गरेको छ ।
संस्कृतिले सभ्य समाज निर्माणमा प्रेरणा दिन्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्नेगरेको बताउनुभएको छ । बडादसै, शुभ दीपावली, छठ एवम् नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा १९ मा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।