संस्कृति जोगाउन ‘परम्परागत नेपाली पोशाक शिशु फोटो प्रतियोगिता’
तिहारको अवसर पारेर नेपालगन्जमा ‘परम्परागत नेपाली पोशाक शिशु फोटो प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।
युनिभर्सल मेडिकल कलेजका विद्यार्थीको अनशन १५ दिनदेखि जारी
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा अध्ययनरत विद्यार्थीहरुको अनशन १५ बित्दा पनि टुङ्गिएको छैन ।
नेपालगन्ज उपमहानगरपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा
नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत व्यवस्था गरेको छ ।
लोप हुँदै मौलिक सखिया नाच
दसैँका अवसरमा थारू समुदायमा नाचिने सखिया नाच लोप हुँदै गएको छ । दसैँको एक साता अघिदेखि करिब एक महिनासम्म नाचिने सखिया नाचप्रति नयाँ पुस्ता अग्रसर नहुँदा थारू समुदायको मौलिक लोक संस्कृतिका रूपमा रहेको सखिया नाच पछिल्लो समय हराउँदै जान थालेको हो ।
महिला नेतृत्वको सहकारीले बेच्यो दुई करोडको खसीबोका
महिलाले नेतृत्व गरेको सहकारीले दसैँको मुखमा दुई करोड बढीका खसीबोका बिक्री गरेका छन् । महिलाले नेतृत्व गरेको जिल्लाका चार वटा सहकारीहरूले दसैँको मुखमा दुई करोड १० लाख रुपियाँको खसिबोका र माउ बिक्री गरेका हुन् ।
बिस अर्ब खर्च हुँदा बिस हजार हेक्टरमा मात्र सिँचाइ
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य ढिलो भइरहेको छ । आयोजना निर्माणमा ढिलाइ भइरहेका कारण लागत पनि सोही अनुपातमा बढ्दै गएको आयोजनाले जनाएको छ । अठार वर्षअघि सात अर्ब रुपियाँ लागत लाग्ने भनी सुरु गरिएको सो आयोजनाको हालको लागत ५२ अर्ब ८९ करोड पुगेको छ तर काम अझै सुस्त गतिमा नै भइरहेको छ ।
दुधमा आत्मनिर्भर बन्दै दाङ
दाङ जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नस्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि सो जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको हो । दुधबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समय गाईभैँसी पाल्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको आवश्यकता अनुसार दुध पुगेर पछिल्लो समय जिल्ला बाहिरसमेत जाने गरेको छ । दुग्ध विकास संस्थान (डिडिसी) ले लमही तथा तुलसीपुर क्षेत्रबाट किसानले उत्पादन गरेको दुध सहकारीमार्फत खरिद गरेर लग्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङले जनाएको छ । वार्षिक रूपमा प्रतिव्यक्ति ५४ लिटर दुध आवश्यक रहेको र जिल्लामा उत्पादित दुधले पुगिरहेको केन्द्रले जनाएको छ ।
विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्दै नेपाली डाइपर
काठमाडौँ नयाँ बानेश्वरका शत्रुधन ढकालले भैरहवा–परासी औद्योगिक कोरिडोरमा स्थापना गरेको डाइपर उद्योगले नेपाली र अन्तर्राष्ट्रिय बजारको माग धान्न सकेको छैन । काठमाडौँमा उद्योगलाई चाहिने पर्याप्त जग्गा एकै ठाउँमा नपाएपछि उहाँले भैरहवा–परासी औद्योगिक कोरिडोरमा पर्ने नवलपरासीपश्चिमको रामग्राममा उद्योग स्थापना गर्नुभएको थियो । दुई वर्षअघि स्थापना भएको यो उद्योगले अहिले स्वदेशी र अन्तर्राष्ट्रिय बजारको माग धान्न नसक्ने अवस्थामा आइपुगेको हो ।
दुई वर्षमा ७१८ जनाको सम्बन्ध विच्छेद
गुल्मीमा दुई वर्षमा ७१८ को सम्बन्ध विच्छेद भएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ३६९ जना र २०७९/०८० मा ३४९ जनाको सम्बन्ध विच्छेद भएको जिल्ला समन्वय समिति गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।
छैटौँ महासचिवका रूपमा लुम्बिनी जाँदै गुटेर्रेस
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मङ्गलबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुहुने भएको छ । लुम्बिनी विकास कोषले उहाँको स्वागतका लागि विशेष तयारी गरेको छ । गुटेर्रेस राष्ट्रसङ्घको छैटौँ महासचिवका रूपमा लुम्बिनी आउन लाग्नुभएको हो । यसअघि राष्ट्रसङ्घका पाँच जना महासचिवले लुम्बिनीको भ्रमण गरिसक्नुभएको छ । जस अनुसार ड्याग ह्यामरसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहाइमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ र बान कि मुनले सन् २००८ नोभेम्बरमा लुम्बिनीको भ्रमण गर्नुभएको थियो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका अनुसार तीनदिने नेपाल बसाइका क्रममा गुटेर्रेसले सोमबार लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको हो ।
८० वर्षभन्दा बढी उमेरका बृद्धबृद्धालाई सम्मान
गुल्मीको धुर्कोट गाउँपालिकामा ८० वर्षभन्दा माथिका बृद्धबृद्धालाई सम्मान गरिएको छ । गाउँपालिकाभरिका ७० भन्दा बढी बृद्धबृद्धालाई खादासहित सम्मानपत्र र फलफूल वितरण गरिएको हो ।
सराँय नाचमा युवापुस्ताको आकर्षण
पहाडी जिल्लामा मात्रै सीमित सराँय नाच पछिल्लो समय रुपन्देहीको बुटवलमा स्थापित बन्दैगएको छ । दुर्गापक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा नवदुर्गा मन्दिर व्यवस्थापन समितिले सराँय नाचको आयोजना गर्दैआएको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
पाल्पामा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ बिरौटामा मोटरसाइकल दुर्घटना हुँदा वालिङ नगरपालिका–५ स्याङ्जाका ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो ।
रक्त सम्राट् कर्माचार्यलाई सम्मान
नेपाल सरकारद्वारा रक्त सम्राट् पदवीबाट सम्मानित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई नेपालगन्जमा सम्मान गरिएको छ ।
निरन्तर सचेतना जगाउँदै ट्राफिक
बाँके ट्राफिकले जिल्लाका विभिन्न ठाउँठाउँमा पुगेर ट्राफिक नियम कानुनसम्बन्धी सचेतना कार्यक्रम निरन्तर गरिरहेको छ ।
प्रथम नवयूथ कप पुरुष भलिबल प्रतियोगिता हुने
दाङको तुलसीपुरमा प्रथम नवयूथ कप पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ को आयोजना तथा नवयूथ क्लबको समन्वयमा यही कार्तिक १७ गतेदेखि प्रतियोगिता हुन थालेको हो ।
अख्तियारको नक्कली कर्मचारी पक्राउ
आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी बताउँदै बाँकेको विभिन्न सरकारी कार्यालय तथा सङ्घ संस्थामा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रविधिको प्रयोगले कृषकलाई सहज
कृषियन्त्रको प्रयोगले खेती गर्न जनशक्ति, लागत र समय समेत कम लाग्ने भएपछि पछिल्लो समय दाङमा कृषियन्त्रको प्रयोग बढ्दैगएको छ ।
सद्भाव आधार बलियो बनाउने योजना
नेपालगन्जलाई सामाजिक तथा धार्मिक सहरको रूपमा थप बलियो बनाउन प्रशासन–धार्मिक युवा अन्तरसंवादको तयारी गरिएको छ ।
रगत अभाव टार्न ९६ जनाद्वारा रक्तदान
चाडपर्व सुरु भएपछि रक्तदान कार्यक्रम घट्दैजाँदा बाँकेमा फेरि रगत अभाव भएको छ । रगत अभाव हुन थालेपछि अभाव टार्नका लागि प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जले रक्तदान कार्यक्रम गर्न सम्बन्धित सबैसँग आग्रह गरेको छ ।
एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताउनुभएको छ ।
दुग्ध किसानले पाए ३६ लाख अनुदान
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को दुध सङ्कलन विवरणको आधारमा दुध उत्पादन अनुदान वितरण गरेको हो । यही हिसाबका आधारमा ३६ लाख १२ हजार ४०३ रुपियाँ अनुदान वितरण गरिएको छ । दुधमा आत्मनिर्भर तिलोत्तमाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अगाडि बढाएको हो । नगरपालिकाले नियमित रूपमा पशु बिमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।
सराय नाचेर दसैँलाई बिदाइ गरिँदै
यस वर्षको बडादसैँ सराय नाचेर बिदाइ गर्ने तयारी गरिएको छ । पाल्पाको विभिन्न स्थानमा रहेका कोतघर, देवीका मेन्दिर, दुर्गा मन्दिर, थुम्का, मौलादेवीका मन्दिरमा सराय नाचेर दसैँलाई बिदाइ गर्ने तयारी गरिएको हो । विगतका वर्षमा जस्तै यो वर्ष पनि सराय नाचेर यस वर्षको बडादसैँलाई बिदा गर्ने तयारीमा लागेको यहाँका स्थानीय बासिन्दाले बताएका छन् । घटस्थापनादेखि सुरु गरिएको दुर्गा, देवी, भगवतीको पूजा आराधना सराय नाच नाचेपछि पूजासमेत विसर्जन गर्ने प्रचलन छ । यस्तो प्रचलन पाल्पासहित गुल्मी, अर्घाखाँची, पर्वतलगायतका जिल्लामा समेत कायम रहेको छ ।
नेपालगन्जबाट तीन महिनामा सात करोड बढीको प्लाईउड भारत निकासी
नेपालगन्ज नाका भएर आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सात करोड रुपियाँ बढी मूल्यको प्लाईउड भारततर्फ निकासी भएको छ ।