डेङ्गु सङ्क्रमण हरेक वर्ष बढ्दै
पछिल्ला वर्षहरूमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । पाल्पामा पछिल्लो तीन वर्षको अवधिमा डेङ्गुका बिरामी ह्वात्तै बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। तीन वर्षअघि जिल्लाका विभिन्न स्थानमा गरी जम्मा १४ जनामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो । गत वर्ष बढेर २३३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो । गत वर्ष पाल्पामा डेङ्गुकै कारण एक जनाको मृत्यु भएको थियो ।
मुख्यमन्त्री कोहलपुर गोल्डकपः गोर्खा ब्वाइज विजयी
‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल विजयी भएको छ । गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ धनगढीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
कला संस्कृतिको जगेर्नामा मुगाली
बाँकेको चिसापानीमा रहेका मुगालीहरूले आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै आएका छन् । मुगुमा रारा राष्ट्रिय निकुञ्जको स्थापना भएसँगै २०३५ सालमा तत्कालीन सरकारले मुगालीलाई त्यहाँबाट स्थानान्तरण गरेर बाँकेको चिसापानीमा राखिएको थियो । महादेव मन्दिर व्यवस्थापन समिति चिसापानीका अध्यक्ष धनभक्त बुढाले आफ्नो मौलिक कला, संस्कृति, परम्परा, रीतिरिवाज र वेशभूषा नै आफ्नो पहिचान भएकाले आफ्नो परम्परालाई बाँकेको बसाइमा पनि निरन्तरता दिएको बताउनुभयो । उहाँले चिसापानीको बसाइसँगै आफ्नो पछिल्लो पुस्तालाई संस्कार र परम्पराबाट टाढा जान नदिन आफ्नो कला संस्कृतिलाई निरन्तरता दिएको बताउनुभयो ।
गणतन्त्रविराेधी प्रतिगामी षड्यन्त्र परास्त गर्छौं : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताउँँदै उक्त षड्यन्त्र असफल पारिने बताउनु भएको छ।
कैद माफी बदरको आदेशसँगै नेपालगन्जबाट रिगल पक्राउ
बाँकेको नेपालगन्जबाट प्रहरीले आज योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा दोषी ठहरिएका उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिनुभएको थियो ।
धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै सम्भव : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै सम्भव हुने बताउनुभएको छ ।
बर्दियामा हात्ती स्वास्थ्य शिविर
बर्दिया राष्ट्रिय निकुञ्जमा पालिएका हात्तीहरूको स्वास्थ्य जाँचका लागि आज (बिहीबार) बाट स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
कोहलपुरमा २५ प्रतिशतलाई खानेपानी उपलब्ध
बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा खानेपानीको समस्या देखिएको छ । नगरका २५ प्रतिशत सर्वसाधारणलाई मात्रै खानेपानीका आयोजनाबाट पानी वितरण भएको हो ।
जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटका सवारीसाधन हटाउन सुरु
नेपाल भारत सीमा नाका बेलहियामा जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटका सवारीसाधन हटाउन सुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका-१ स्थित भैरहवा भन्सार कार्यालयदेखि उत्तर-पश्चिम राजमार्गको छेउछाउमा भारतीय नम्बर प्लेटका यात्रुबाहक सवारीसाधन अनावश्यक पार्किङ गरिएकाले हटाउन सुरु गरिएको सिद्धार्थनगर-१ का वडाध्यक्ष उज्जवल पोखरेलले बताउनुभयो ।
कांग्रेस गुल्मीले मंसिर पहिलो साताभित्र सम्मेलन गर्ने
नेपाली कांग्रेस गुल्मीले आगामी मंसिर पहिलो हप्ताभित्र सम्मेलन गर्ने भएको छ । तम्घासस्थित जिल्ला पार्टी कार्यालय बिपी स्मृति भवनमा बसेको जिल्ला कार्य समितिको एघारौँ बैठकमा मंसिर पहिलो हप्ताभित्र दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
खाना पुग्ने अन्न पाएपछि कुमाल परिवार खुसी
बाँकेको खजुरा गाउँपालिका–४ कुमालटोलकी सुकुमाया कुमाल दृष्टिविहीन र सहाराविहीन हुनुहुन्छ । जन्मदेखि दृष्टिविहीन सुकमाया एक छोरा र वृद्ध बुवाको समेत लालनपालन गर्दै आउनुभएको छ ।
बाँकेमा ‘राडर गन’ सहित ट्राफिक चेकिङ
बाँके ट्राफिकले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकिङ सुरु गरेको छ ।
किसानलाई धान काट्न भ्याइनभ्याई, उत्पादन बढने अनुमान
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन् ।
बाँकेमा ‘नागरिक रिपोर्ट कार्ड’ नामक क्युआर कोड सञ्चालनमा
जिल्ला प्रशासन कार्यालय बाँकेले सेवाग्राहीलाई सहज र सरल रुपमा सेवा प्रवाहका लागि ‘नागरिक रिपोर्ट कार्ड’ नामको आफ्नै क्युआर कोड सञ्चालनमा ल्याएको छ ।
२१ सयभन्दा बढीको लाइन काटियो, एक करोड २३ लाख बक्यौता उठ्यो
लुम्बिनी प्रदेशअन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा चार दिनको अवधिमा २१ सय बढी सेवाग्राहीको विद्युत लाइन काटिएको छ भने एक करोड बढी बाँकी बक्यौता रकम असुल भएको छ ।
सहिदको योगदानलाई राज्यले उच्च सम्मान गर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको योगदानलाई राज्यले उच्च सम्मान गर्ने बताउनुभएको छ ।
तिहार नजिकिएसँगै व्यस्त मादल व्यापारी
प्युठान नगरपालिका– ३ ओखरवोटका जोख बहादुर सुनारलाई मादल बनाउन र मर्मत गर्न भ्याइ नभ्याइ छ। तिहारमा देउसी भैलो खेल्नेहरूले मादलको माग बढी गर्ने भएकाले व्यस्तता बढेको हो ।
तानसेन नगरपालिकाले तिरेन आठ करोड महसुल
तानसेन नगरपालिकाले दुई दशकदेखि विद्युत् महसुल तिरेको छैन । नगरका विभिन्न स्थानमा सडक बत्ती बालेबापत नगरपालिकाले विद्युत् प्राधिकरणलाई आठ करोड बढी रकम नतिरेको हो । २०६१/६२ सालदेखि नै तानसेन नगरपालिकाले विद्युत् प्राधिकरणलाई सडक बत्तीको महसुल तिर्न बाँकी रहेको पाल्पा वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख दिलीप मरासिनीका अनुसार तानसेनले हालसम्म आठ करोड ५१ लाख रुपियाँ विद्युत् महसुलबापतको रकम तिर्न बाँकी रहेको छ । झन्डै दुई दशकदेखि नगरपालिकाले विद्युत् महसुल बुझाएको नपाइएकाले पत्र काटेर तोकिएको समयभित्र महसुल बुझाउन ताकिता गरिए पनि पालिकाले अटेर गर्दै आएको छ ।
प्रयोगमा आएन भेन्टिलेटर
कोभिड–१९ महामारीका समयमा गुल्मी अस्पतालमा स्थापित दुई वटा भेन्टिलेटरसहितको पाँच बेडको आइसियु खासै प्रयोगमा आउन सकेको छैन । नेपाल सरकारको दुई करोड विनियोजित बजेटमध्ये डेढ करोडमा गत वर्ष नै पूर्वाधार र उपकरण जडानको कार्य सकिए पनि एक वर्षदेखि महत्वपूर्ण स्वास्थ्य उपकरण प्रयोगमा छैनन् । गुल्मी जिल्लालगायत छिमेकी जिल्लाका सयौँ जनताले उपचार गर्ने अस्पतालमा विशेषज्ञ जनशक्ति व्यवस्थापन नहुँदा भेन्टिलेटरसहितको आइसियु उपयोग नभएको बताइन्छ ।
कुरुवा घरले सुत्केरीलाई सहज
भुमे गाउँपालिकाका पाँचवटा स्वास्थ्य चौकीमा कुरुवा भान्साघर स्थापना गरेपछि सुत्केरीको सेवा स्याहार गर्न सहज भएको छ । स्वास्थ्य चौकीमा सुत्केरीको हेरचाहका लागि सुत्केरीघर स्थापना गरेपछि सुत्केरी महिलाले परिवार र आफन्तको सहयोग पाएका छन् । सुत्केरी कुरुवा भान्साघरमा व्यथा लाग्नुअघि नै स्वास्थ्य चौकीमा जाँच गर्न जाँदा समस्या देखिए वा स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने अवस्थाका गर्भवती बस्ने गरेका छन् । सुत्केरी भइसकेपछि केही दिन स्वास्थ्य चौकीमै राख्नुपर्ने सुत्केरीलाई उक्त घरले सुविधा मिलेको छ ।
‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’
स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख आम्दानी गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) बुटवल आउँदै हुनुहुन्छ । बुटवलका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड बुटवल आउनुहुने भएको हो ।
फूल खेतीमा रमाउँदै चर्तीमगर
नेपालगन्ज उपमहानगरपालिका–२० की महिला उद्यमी बिन्दु चर्तीमगरले व्यावसायिक रूपमा फूल खेती गर्न थालेको पाँच वर्ष पुग्यो । विगत पाँच वर्षदेखि चर्तीमगर फूल खेतीमा रमाइरहनुभएको छ । अरूले भन्दा फरक केही काम गर्नु पर्छ भन्ने मान्यताका साथ आफू फूल खेतीमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो सानैदेखिको रहर थियो, फूल खेतीतर्फ मेरो ध्यान गयो र आकर्षण बढ्यो । फूल खेतीका बारेमा सामान्य कुरा बुझेँ र जिल्लामा फूलको माग पनि रहेछ ।” फूल व्यवसाय सुरु गर्दा कम लगानीले पनि पुग्ने र बजार पनि निकै राम्रो भएकाले फूल व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । फूल खेतीबाट आम्दानी पनि राम्रै भएकाले आफू निरन्तर फूल खेतीमा लागेको उहाँको भनाइ छ ।
श्रीमतीको हत्या गर्ने युवक पक्राउ
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रवक्ता गंगाबहादुर थापाका अनुसार २६ वर्षीया सन्ध्या चमारको हत्या गरेको आरोपमा वर्ष २६ का श्रीमान् विनयकुमार चमारलाई प्रहरीले पक्राउ गरेको हो ।