भूकम्पपीडितका लागि एकसय ५० बोरा चामल सङ्कलन
गएराति जाजरकोट र रुकुममा गएको भूकम्पबाट पीडित परिवारलाई राहत प्रदान गर्न नेकपा (माओवादी केन्द्र) कोहलपुर नगरसमितिले आज शनिबार बिहान एकसय ५० बोरा चामल सङ्कलन गरेको छ ।
भूकम्पका घाइतेका लागि रगत सङ्कलन
जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन् ।
घाइतेको उद्धार र राहतमा कमी नगरौँ : अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भूकम्पपीडितको उद्धार र उपचारमा कुनै पनि कसर बाँकी नराखेर काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
टिकट विक्रीको २५ प्रतिशत रकम भूकम्पपीडितलाई
गत बुधबारदेखि बाँकेको कोहलपुरमा सञ्चालन आएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ को आज शनिबार हुने खेलमा टिकट विक्रीबाट आउने रकमको २५ प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितलाई प्रदान गरिनेभएको छ ।
खोज, उद्धार, उपचार र राहतका लागि अनुरोध
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले आज भूकम्प प्रभावितको तत्काल खोज, उद्धार, उपचार र राहतका लागि विभिन्न विषयमा निर्णय लिएको छ । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै जिल्लाबाट आवश्यक प्रतिकार्यका लागि सबै संयन्त्रलाई क्रियाशील बनाउने निर्णय समितिले गरेको हो ।
घाइतेको उपचारका लागि स्थानीय तहबाट स्वास्थ्यकर्मी पठाइयो
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको प्रारम्भिक उपचारका लागि बाँकेका स्थानीय तहले औषधिसहित स्वास्थ्यकर्मीको टोली पठाएका छन् ।
भूकम्पका घाइते एकको भेरी अस्पतालमा मृत्यु
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएका एक जनाको भेरी अस्पतालमा मृत्यु भएको छ ।
भूकम्पबाट घाइते १८ जनाको भेरी अस्पतालमा उपचार सुरु
जाजरकोट र रुकुमको भूकम्पमा परी गम्भीर घाइते भएका ६ जना बालबालिकासहित १८ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
भूकम्प अपडेट : नेपालगन्जमा घाइतेको उपचार गरिँदै
गएराति गएको भूकम्पका कारण घाइते भएकाहरूको बाँकेको नेपालगन्जमा उपचार थालिएको छ । उपचारका लागि दुई घाइतेलाई भेरी अस्पताल, नेपालगन्जमा भर्ना गरिएको छ ।
भूकम्पबाट घाइतेको उपचार भेरी अस्पतालमा गरिने
शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि भेरी अस्पतालमा आवश्यक पूर्व तयारी गरिएको छ ।
म्याद गुज्रिएका सामग्री बेच्नेलाई जरिवाना
दाङमा चाडपर्व लक्षित गरी अनुगमन गरिएको छ । अनुगमनबाट प्राप्त म्याद गुज्रिएका सामग्री नष्ट गरी बिक्री गर्नेलाई जरिवाना गरिएको छ ।
हात्तीको उपचार गर्न शिविर
बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । निकुञ्जमा पालिएका हात्तीको जिल्लामै पहिलो पटक स्वास्थ्य जाँच गरिएको हो ।
कथा संग्रह ‘मयागाँठो’माथि परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम
खजुरा प्रज्ञा प्रतिष्ठान बाँकेका उपकुलपति तथा कथाकार डा. इन्द्रबहादुर भण्डारीको कथा संग्रह ‘मयागाँठो’माथि परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
बाघको आक्रमणबाट मृत्यु
बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका ‐५, शक्तिपुर गाउँकी २८ बर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
जिल्लामा फूल खेती भएपछि तिहारमा माला बनाउन सहज हुने
तिहारका लागि आवश्यक पर्ने सयपत्री र मखमली फूल जिल्लामै उत्पादन हुन थालेको छ । पुष्प खेती गरेर विगत ६ वर्षदेखि तिहारका लागि आवश्यक पर्ने फूल जिल्लामै पाइन थालेको हो ।
लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्ति दीप
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।
पेट्रोल छर्किएर मार्न खोज्ने पक्राउ
अरुको ज्यानमा पेट्रोल छर्किएर आगो लगाई मार्न खोजेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।अरुको ज्यानमा पेट्रोल छर्किएर आगो लगाइ मार्न खोजेको आरोपमा प्रहरीले कनकासुन्दरी गाउँपालिका –१ का ३४ बर्षीय चन्द्र भनिने चन्द भण्डारीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।
संरक्षणको पर्खाइमा ‘नमूना थारुग्राम’
साना एकैनाशका घर, फुसले छाएको छानो मक्किएर पानी पर्दा चुहिने भएका छन् । माटोको भित्ता भत्किएर वारपार देखिन थालेका छन् । आँगनभरि उम्रिएका घाँस झाडी भइसकेका छन् । फुसको छानोमा घाँस उम्रिएका छन् ।
बरघरको सहयोगले पालिकाको न्यायिक प्रक्रिया सहज
थारू समुदायमा रहेका बरघरहरूको सहयोगले पालिकाको न्यायिक समितिलाई काम गर्न सहज भएको छ । सोही कारणले पालिकाको न्यायिक कार्य प्रभावकारी देखिएको छ ।
प्रहरीद्वारा पटाका बरामद
नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदै गर्दा पटाकालगायतका आतसबाजी सामान प्रहरीले बरामद गर्न थालेको छ । इलाका प्रहरी कार्यालय बुटवलले तीन लाख ३७ हजार मूल्य बराबरको पटाका बरामद गरेको हो ।
रिगल कारागार चलान
बाँके जिल्ला अदालतले रिगल भनिने योगराज ढकाललाई शुक्रबार जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ । रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ बर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपालगञ्ज पठाइएको बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोजनीधि वाग्लेले जानकारी दिनुभयो ।
गुल्मीमा १५ वर्षीया किशोरीको शव फेला
गुल्मीमा १५ वर्षीया किशोरीको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
नेपालगन्जमा प्रतिबन्धित भारतीय सुर्तीजन्य पदार्थको खुला बिक्री
भारतमा उत्पादित हानिकारक सुर्तीजन्य पदार्थको नेपालमा बिक्री वितरण प्रतिबन्धित छ । तर पनि नेपालगन्ज लगायत बाँकेका विभिन्न ठाउँमा हरेकजसो पान पसल र किराना पसलमा भारतीय सुर्तिको बिक्री खुला रुपमा भइरहेको पाइन्छ ।
रिगललाई अदालत बुझाइँदै
सर्वोच्च अदालतको आदेशका आधारमा पक्राउ परेका नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई आज (शुक्रवार) अदालतमा बुझाउने तयारी गरिएको छ ।