विद्यालयमा ‘किताबरहित शुक्रबार’
पाल्पाका विद्यालयले ‘किताबरहित शुक्रबार’ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई व्यावहारिक सिप सिकाएका छन् । जिल्लाको रामपुर नगरपालिकाभित्रका विद्यालयले किताबरहित शुव्रmबार कार्यक्रम सञ्चालन गरेका हुन् । यहाँका विद्यार्थीलाई व्यावहारिक ज्ञान तथा सिप सिकाउने उद्देश्यले व्यावहारिक सिप सिकाएका हुन् ।
तीन स्थानीय तहले भूकम्प प्रभावितलाई सहयोग गर्ने
कपिलबस्तुका तीन स्थानीय तहलाई भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन निर्णय गरेको छ । जिल्लाका बाणगंगा, कपिलबस्तु र बुद्धभुमि नगरपालिकाले भुकम्प प्रभावितका लागि ५ लाखका दरले आर्थिक सहयोग गर्ने भएका हुन् ।
गोल्डकपमा दुधौली सेमिफाइनलमा
बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा विदेशी टोली एभिनियर एफसी क्यामरुनलाई पराजित गर्दै दुधौली सेमिफाइनलमा प्रवेश गरेको हो ।
मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकामा आयोजना हुने ‘द एसेम्बली स्टेट अफ न्यूयोर्क’ र ‘अलबेनिक ३० औँ डिस्ट्रिक्ट’ कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक गोपाल शर्मा भट्टराईले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री खड्काद्वारा घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको एक उच्चस्तरीय टोलीले आइतबार अपराह्न भेरी अस्पतालमा पुगेर घाइतेहरूको उपचार र स्वास्थ्यअवस्थाबारे जानकारी लिएको छ ।
एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउन आग्रह
बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउन आग्रह गरेको छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय बैठकको निर्णयबमोजिम बुटवलभित्रका सङ्घ संस्था तथा क्लबलाई एकीकृत रूपमा राहत सामग्री पठाउन आह्वान गरेको हो ।
भारतीय वायुसेनाको विमान नेपालगन्ज आइपुग्यो
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामाग्री बोकेर आइतबार नेपालगन्ज विमानस्थलमा भारतीय वायुसेनाको विमान आइपुगेको छ ।
भूकम्पपीडितका कुरुवालाई कम्बल र तन्ना वितरण
कसौधन वैश्य समाज बाँकेका पूर्व अध्यक्ष तथा व्यवसायी नन्दलाल वैश्यले भेरी अस्पतालमा उपचार गराइरहनु भएका घाइते र कुरुवालाई ३१ थान कम्बल र ३१ वटा तन्ना वितरण गर्नुभएको छ ।
सीमा नाकाबाट खत्री बेपत्ता
भारतबाट नेपालगन्ज फर्किंदै गरेका दाङका गोपिराम खत्री नेपालगन्ज नाकाबाट बेपत्ता हुनुभएको छ । दाङ बंगलाचुली गाउँपालिका –४ गहतेर निवासी ५४ वर्षीय खत्री दिल्लीबाट नेपालगन्ज हुँदै घर जाने क्रममा शुक्रबार अपरान्ह ३ देखि ४ बजेतिर नेपाल–भारत सीमा नाकाबाट बेपत्ता हुनुभएको हो ।
गुल्मी उद्योग वाणिज्य सङ्घद्वारा भूकम्प प्रभावितलाई सहयोग
गुल्मी उद्योग वाणिज्य सङ्घको आकस्मिक पदाधिकारीहरुको बैठकले नेपाल सरकार भूकम्प प्रभावित क्षेत्रको राहत सङ्कलन खातामा उपलब्ध गराउने निर्णय गरेको हो ।
सत्यवतीलाई प्रथम गुल्मी भलिबल कपको उपाधि
जिल्ला भलिबल संघ गुल्मीको आयोजनामा कात्तिक १५ गतेदेखि तम्घासमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुष र महिलातर्फका फाइनल खेलमा सत्यवती गाउँपालिका प्रथम भएको छ ।
पाल्पामा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते
पाल्पामा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ज १९७० नम्बरको ट्याक्सी सिद्धार्थ राजमार्गअन्तर्गत रम्भा गाउँपालिका–३ सेरामा दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।
भेरी अस्पतालमा उपचाररत भूकम्पका सबै घाइते खतरामुक्त
नेपालगन्जको भेरी अस्पतालमा उपचार गराई रहनुभएका ३८ जना घाइते सबै खतरामुक्त रहेको अस्पतालले जनाएको छ । यी मध्ये पाँच जनाको सफल शल्यक्रिया गरिएको छ ।
बाँकेमा उपचार गर्ने घाइतेको सङ्ख्या ३८ पुग्यो
जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ ।
समृद्धिको गोरेटो कोर्न सकिन्छ
पाल्पाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये तानसेन एक नगरपालिका हो । यो नेपालकै पुरानो नगरपालिका पनि हो । २००७ सालमै तानसेन नगरपालिका घोषित भएको थियो । तानसेनलाई ऐतिहासिक र पर्यटकीय नगरको रूपमा पनि लिने गरिन्छ । राणाकालअघि पनि पाल्पा पश्चिम नेपालको एउटा प्रमुख प्रशासनिक सहरका रूपमा रहे
प्लास्टिक माला प्रतिबन्ध
दाङका चार स्थानीय तहले प्लास्टिक मालालाई प्रतिबन्ध लगाउँदै प्राकृतिक फूलमाला प्रयोग गर्न आग्रह गरेका छन् । स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिक सामग्रीलाई निरुत्साहित गर्न तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले चाडपर्वसँगै कार्यक्रममा प्लास्टिकका फूलका मालालाई प्रयोग नगर्न आग्रह गरेका छन् ।
भूकम्प प्रभावितलाई १० लाख र स्वास्थ्य सामग्री सहयोग
भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद १० लाख रुपिँयासहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री पठाएको छ ।
रगत संकलन गरी भूकम्प प्रभावित क्षेत्रमा पठाइयो
भूकम्प प्रभावित क्षेत्रमा रगत पठाउन बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । लालटिन बहुउद्देश्य सहकारी संस्थाले शनिबार बुटवलमा रक्तदान कार्यक्रम गरी भूकम्प प्रभावित क्षेत्र पठाएको हो । रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ ।
लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीमा मास्की
लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिइएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले सो अवधिभरि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो ।
अस्पतालमा उपचाररत ३३ मध्ये ८ को अवस्था गम्भीर
गएराति जाजरकोट र रुकुममा गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार भेरी अस्पताल नेपालञ्जमा भइरहेको छ । उपचाररत ३३ जना बिरामीमध्ये ८ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
थारु पत्रकार संघद्वारा १७ पिन्ट रगत सङ्कलन
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका बिरामीहरूको उपचारका लागि सहयोग गर्न थारु पत्रकार सङ्घ नेपाल, बाँके शाखाले रक्तदान गरेको छ ।
शिक्षण अस्पतालमा डा.श्रेष्ठको नेतृत्वमा ‘हाइ अलर्ट’ टोली
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जाजरकोट भूकम्पपीडित घाइतेहरूको उपचारका लागि विशेषज्ञ टोली ‘हाइ अलर्ट’ अवस्थामा राखेको जनाएको छ ।
महोत्सवबाट उठेको ५० प्रतिशत रकम भूकम्पपीडितलाई
गुल्मीमा सञ्चालन भइरहेको गुल्मी महोत्सवको शनिवारको टिकट विक्रीबाट उठेको ५० प्रतिशत रकम भूकम्प पीडितलाई प्रदान गरिने भएको छ ।
भूकम्पका घाइतेका लागि ८० पिन्ट रगत सङ्कलन
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका घाइतेको उपचारका लागि नेपालगन्जमा ८० पिन्ट रगत सङ्कलन भएको छ ।