• १ जेठ २०८२, बिहिबार

धनकुटा प्रहरीको नयाँ भवन उद्घाटन

blog

नवनिर्मित भवन उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि प्रहरी महानिरीक्षक दीपक थापा ।

कोकिला भण्डारी
धनकुटा, जेठ १ गते । जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भवन समुद्घाटन समारोह सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाले उक्त नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।

सङ्घीय सरकारको विनियोजित १२ करोड बजेट बाट निर्मित भवनको प्रहरी महानिरीक्षक दीपक थापाले एक समारोहका साथ उद्घाटन गर्नुभएको हो । नेपाल सरकारको नियमित बजेटबाट जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भौतिक संरचनाहरूमा कार्यालय, हिरासत भवन, ब्यारेक भवन, कार्यालय प्रमुख आवास , सिनियर प्रहरी आवास, भान्सा घर तथा शौचालय, स्नान घरलगायत  छन् ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरदकुमार थापा, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, उच्च अदालत विराटनगर धनकुटा इजलासका मुख्य न्यायाधीश देशबहादुर सार्की, जिल्ला न्यायाधीश लगायतको उपस्थिति थियो ।