कालीगण्डकीमा स्टिमर सुरु
गत जेठको पहिलो हप्तादेखि बन्द रहेको स्टिमर सेवा सुचारु भएको छ । वर्षायाममा कालीगण्डकी नदीको सतह बढेका कारण बन्द रहेको स्टिमर सेवा सुचारु भएको हो । स्याङ्जाको आँधीमुहान मिर्मीदेखि सेतीबेनीसम्मको छ किलोमिटर दुरीमा स्टिमर चलाइने छ । नदीमा पानीको सतह घटेपछि यस भेगका यात्रुलाई मध्यनजर गर्दै स्टिमर सञ्चालनमा ल्याइएको शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिले जनाएको छ ।
सिद्धबाबा सुरुङ पुनर्निर्माण सुरु
तीन महिनादेखि निर्माण अवरुद्ध बनेको सिद्धबाबा सुरुङ मार्गको निर्माण पुनः सुरु भएको छ । सुरुङ मार्गको दुई वटा ढोका पहिरोले बगाएपछि अवरुद्ध बनेको थियो । निर्माणको काम पुनः सुरु गरिएको आयोजना पक्षले जनाएको छ । गत साउन पहिलो साता पहिरोले सुरुङ मार्गको दुवैतर्फको ढोकामा क्षति पु¥याएको थियो । क्षति पुगेको ढोका निर्माणको काम सुरु गरिएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले जनाएको छ ।
गुल्मीमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी
गुल्मीमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी भएका छन् । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ६ बुल्मका ३९ वर्षीया सरिता कुमाल,११ वर्षीय विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
एघार हजारभन्दा बढी मौरीका घार
मौरीपालनका लागि प्रशस्त चरन क्षेत्र र स्रोत भएको ऐरावती गाउँपालिका–३, जाबुनेमा खिमा पुनले मौरीपालनलाई व्यावसायिक रूपमा अघि बढाउनुभएको छ । परम्परागत रूपमा मुढे घारमा मौरी पाल्दै आउनुभएका पुनले केही वर्षअघिदेखि आधुनिक घारमा मौरीपालन गर्न थाल्नुभएको हो ।
सैनामैनामा अन्तरजिल्ला भलिबल प्रतियोगिता हुने
रुपन्देहीमा ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिता हुनेभएको छ । भलिबल खेल विकाससँगै युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिका –६ कलौनीमा दुधराक्ष युवा क्लवको आयोजनामा प्रतियोगिता हुनेभएको हो ।
तरकारीको वेर्ना अनुदानमा वितरण गर्दै नगरपालिका
पाल्पाको रामपुर नगरपालिकाले तरकारीका विरुवा उत्पादन गरी कृषकलाई अनुदानमा वितरण गरेको छ । कृषकको प्रोत्साहनका लागि नगरपालिकाले आफ्नै हाइटेक टनेलभित्र विरुवा उत्पादन गरी ५० प्रतिशत अनुदानमा विरुवा प्रदान गरेको हो ।
बाँकेमा गड्यौलाबाट मल उत्पादन सुरु
मलको अभाव झेल्दै आएको बाँके जिल्लामा मल अभाव टार्न गड्यौलाबाट मलको उत्पादन गर्न सुरु गरिएको छ ।
‘खाद्यअधिकारका लागि सरकार जवाफदेही बन्नुपर्छ’
खाद्य अधिकार सुनिश्चित गर्न सरकार जवाफदेही बन्नुपर्ने वक्ताहरुको भनाइ छ । सोमबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिनुभएको हो ।
महोत्तरीमा गाँजाको तस्करी र कारोबार बढ्यो
गाँजाकै कारण केही दशकअघि महोत्तरीको अजमरपट्टी बस्ती संसारभर चर्चामा थियो । गाँजाको लत लागेका व्यक्तिहरुले यहाँको अजमरपट्टीको चर्चा गरिरहन्थे ।
शौचालयबाट भाग्ने अभियुक्त पक्राउ
राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्न लगेको समयमा शौचालयबाट भागेका अभियुक्त पक्राउ परेका छन् ।
महासचिव गुटेरेस डेढ घण्टा लुम्बिनीमा बिताउनु हुने
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दा उत्साहित भएका छन् ।
मोटरसाइकलसहित डेढ लाख बराबरको सामग्री बरामद
यहाँस्थित नेपाल–भारत नाकाबाट तस्करी निरन्तर जारी रहेको पाइएको छ । सशस्त्र प्रहरीले पटक–पटक नाकाबाट अवैध सामान बरामद गर्दै आए पनि तस्करले अवैध आयातलाई बन्द गरेका छैनन् ।
फरार अभियुक्त पक्राउ
राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्क बस्ने करिब १८ वर्षीय विवेक नेपाली प्रतिष्ठानको शौचालयको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
सिधनियामा व्यवस्थितघाट निर्माणको पहल
बाँकेको डुडुवा गाउँपालिकाको सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पहल अघि बढाउनुभएको छ ।
कोहलपुर गोल्डकपको तयारी अन्तिम चरणमा
बाँकेको कोहलपुरमा मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर नगरपालिका–२ स्थित तेह्र विगाह मैदानमा यही कात्तिक १५ देखि २२ गतेसम्म मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता-२०८०’ हुने भएको हो ।
ढकमक्क फुल्यो सयपत्री
घोराही उपमहानगरपालिका– १५ भरतपुरमा भाष्कर पङेनी र दशरथ साउदले १५ कट्ठा जमिनमा व्यावसायिक रुपमा गरेको सयपत्री खेती ।
फेरियो गैँडहवा तालको मुहार
विश्व सिमसार क्षेत्रमा सूचीकृत गैँडहवा तालको पुनर्निर्माण भएपछि तालको मुहार फेरिएको छ । लुम्बिनीदेखि १२ किलोमिटर उत्तरमा अवस्थित सो तालमा लुम्बिनी भ्रमण गर्न आउने पर्यटकलाई आकर्षित गर्ने योजनासहित पुनर्निर्माण गरिएको हो । तालको पुनर्निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । सेनाले तालको पुनर्निर्माण गरी गैँडहवा ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको छ । गैँडहवा ताल जैविक विविधता, सिमसार र पर्यटकीय दृष्टिले महìवपूर्ण मानिएको छ ।
दसैँ मनाएपछि धान काट्न व्यस्त किसान
बडादसैँ मनाएपछि पाल्पाका किसान धान काट्न व्यस्त हुन थालेका छन् । गत असार र साउन महिनामा लगाएको धानबाली स्याहार्न किसान खेतमा धाउन थालेका हुन् । दसैँ मनाएपछि पाल्पाको रामपुर, माडी, अर्गली, कचल, गेझा, झडेवा, पूर्वखोला फाँटका किसान पाकेको धान काट्न खेतमा व्यस्त बनेका छन् ।
चार अर्बको लगानीमा सेरामिक टायल उद्योग खुल्दै
पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्ने क्रममा रहेको छ । गुलरिया–८ मा उद्योग स्थापना गर्ने गरी सो उद्योग दर्ता भएर सञ्चालनको तयारी भइरहेको छ ।
महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु
नेपाल विद्युत प्राधिकरणले बाँकेमा लामो समयदेखि महसुल नतिर्ने २० हजार बढी ग्राहकको लाइन आइतबारबाट काट्न थालेको जनाएको छ ।
गुल्मीका विभिन्न स्थानमा किबी खेती
गुल्मीको भार्सेमा पहिलेदेखि नै किबी खेती हुने गरेको थियो । पछिल्लो समय यस जिल्लाको विभिन्न स्थानमा किबी खेती हुने गरेको छ । हाल उत्पादन भएको किबी फल महँगोमा बिक्री भएपछि कृषकहरू यसको व्यावसायिक रूपमा खेती गर्न लागिपरेका छन् ।
फरार रहेका व्यक्ति पक्राउ
बाँके प्रहरीले तीन वर्षअघि जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
किसानलाई धान काट्ने चटारो
हिन्दुहरूको महान् पर्व दसैँ सकिएलगत्तै बाँकेका अधिकांश किसान धान काट्ने काममा व्यस्त भएका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार अहिले जिल्लाका विभिन्न स्थानका अधिकांश किसान बिहानदेखि बेलुकासम्म धान काट्न जुटेका छन् ।
नेपालगञ्जमा क्रिकेट मैदानको अभाव
पश्चिम क्षेत्रकै प्रमुख केन्द्रको रूपमा रहेको नेपालगञ्जमा क्रिकेट खेलको गतिविधि ओरालो लाग्दै गएको छ ।