मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
नेपालगञ्मा धानको थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
२८ वटा खानेपानी आयोजना सम्पन्न
बाँके जिल्लाका बढीभन्दा बढी नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले २८ वटा खानेपानी आयोजना सम्पन्न गरिएका छन् ।
बाबुद्वारा बन्धक बनाइएका बालकको उद्धार
बाँकेको कोहलपुरमा एकजना बाबुले आफ्नै २० दिनको बालक छोरालाई बन्धक बनाएर मार्न खोज्दा प्रहरीले बालकको उद्धार गरेको छ ।
उद्धारका क्रममा प्रनाउमाथि नै चक्कु प्रहार
इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते हुनुभएको छ ।
अर्घा भगवती मन्दिरमा धार्मिक पर्यटक बढे
अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको वृद्धि भएको छ ।
थारु समुदायको मेडरी नाच लोप हुने चिन्ता
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारु समुदायले आफ्नोे कला र संस्कृति जगेर्ना गर्न पहल गर्दै आए पनि पुरानो मेडरी नाच भने लोप हुने अवस्थामा पुगेको मेडरी नाच नचनिया दुलामणि गुरौले बताउनुभयो ।
तीनजना युवाको मृत्युले शोकमा गाउँ
कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत हुनुहुन्थ्यो । परिवारसँग दसैँ मनाउन गाउँ आउनुभएको थियो । दसैँको अवसरमा गाउँ नजिकै लाग्ने मेला हेर्न जानुभएको नाउ कहिल्यै नफर्कने गरी जानुभयो ।
फुलको रस चुस्दै पुतली
तुलसिपुर उपमहानगरपालिका–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा फुलेका फूलको रस चुस्दै पुतली
कृषि र पशुपालनमा आत्मनिर्भर बन्न घोषणापत्र जारी
गुल्मीका स्थानीय तहले कृषि र पशुपालनमा आत्मनिर्भर बन्न घोषणापत्र जारी गरेका छन् । ‘समृद्ध किसान आत्मनिर्भर गुल्मी’ भन्ने नारासाथ यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ वटै स्थानीय तहले संयुक्त रुपमा दश बुँदे घोषणापत्र जारी गरेका हुन् ।
विद्यालयको खेल मैदानमा रंगशाला निर्माण गरिने : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माविको खेल मैदानमा चाँडै रंगशाला निर्माण गर्ने बताउनुभएको छ ।
एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त बालबालिका
नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमित आमाबुवाबाट संक्रमणमुक्त बालबालिका जन्मिरहेका छन् ।
अवैध रुपमा भित्र्याइएका बोइलर कुखुरा बरामद
बाँकेको जानकी गाउँपालिका १ स्थित बढैया बिओपिको सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिएको चार क्विन्टल बरावरको भारतीय बोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ ।
नेपाल-भारतीय पर्यटकको सहज र आकर्षक गन्तव्य : पतञ्जली योगपीठका अध्यक्ष बालकृष्ण
भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताउनुभएको छ ।
प्रथम मुसिकोट मेयर कप हुँदै
गुल्मीको मुसिकोट नगरपालिकाले प्रथम मुसिकोट मेयर कपको आयोजना गर्नेभएको छ । मुसिकोट नगरपालिका नगर खेलकुद विकास समितिले प्रथम मुसिकोट मेयर कप अन्तर्गत अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
युवालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा
बाँके जिल्लाको चारवटा पालिकामा साढे १० हजार जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा प्रदान गरिएको छ ।
शान्ति र आनन्द प्राप्तिका लागि लुम्बिनी घुमौँ
नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य बनेका छन् ।
बगैँचामा फूलको रस चुस्दै पुतली
तुलसीपुर उपमहानगरपालिका –७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा फुलेका फूलको रस चुस्दै पुतली । तस्बिर स् कुलदीप न्यौपाने, रासस
चार हजारभन्दा बढी भक्तजनलाई प्रसाद वितरण
बाँकेको नेपालगन्ज हुदैँ राप्ती पथमा पर्ने डुडुवा गाउँपालिका ४ स्थित साहपुर्वामा किभा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा चार हजार बढीले प्रसाद ग्रहण गरेका छन् ।
तिलोत्तमाका तीन घरमा चोर, पाँच तोला सुनका गरगहनासहित नगद चोरी
कपिल ज्ञवालीसिद्धार्थनगर, कात्तिक ९ गते । रुपन्देहीको तिलोत्तमास्थित तीन घरमा चोरी भएको छ । तिलोत्तमा–७ मा भलवारीमा यही कात्तिक ७ गते मङ्गलबार चोरी भएको इलाका प्रहरी कार्यालय मङ्गलापुरले जनाएको छ ।दसैंको दिन साँझ तीन घरबाट पाँच तोला सुनका गरगहनासहित नगद चोरी भएको प्रहरीले जनाएको छ । दसैंमा टीका थाप्न आफन्तको घरमा गएको मौका छोपी स्थानीय अनिशा गुरुङको घरबाट पाँच तोला र धालबहादुर श्रीसको घरबाट २५ लाखको गरगहना चोरी भएको हो । यसैगरी, ओमबहादुर क्षेत्रीको घरबाट ३० हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।रातिको समयमा घरमा कोही नभएको मौका छोपी मूल गेट नाघेर भित्र प्रवेश गरी चोरी भएको इलाका प्रहरी कार्यालय मङ्गलापुरका प्रहरी सहायक निरीक्षक लोकनाथ पाण्डेले जानकारी दिनुभयो । चोरीको घटनाबारे थप अनुसन्धान भइरको र चोरी गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । यद्यपी चाडवार्डको समयमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरेको थियो ।
चर्खे पिङमा रमाउँदै
गुल्मीको मालिका गाउँपालिका-७ घमिरमा चर्खे पिङमा रमाउँदै स्थानीय
जमुनाहा नाका बन्द
दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै आज नेपाल भारत सीमा नाका बन्द गरिएको छ । हिन्दूहरुको महान् चाड दसँैको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरु धार्मिक ¥याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा
प्रदर्शनमा राखिएका दुर्गा भगवतीको मूर्ति विसर्जन
कपिलबस्तुमा बिजया दशमीका अवसरमा निकालिएको दुर्गा भगवतीको मुर्ति विसर्जन गरिएको छ । स्थानीय नदीनालामा बाजागाजासहित दुर्गा भगवतीको मुर्ति विसर्जन गरिएको हो ।
लाठी प्रदर्शन
दुर्गा मूर्ति विर्सजनका क्रममा नेपालगन्जमा लाठी क्लबद्वारा बुधबार आयोजित लाठी खेल प्रदर्शन कार्यक्रममा लाठी प्रदर्शन गर्दै युवाहरु ।
२० अर्ब रुपियाँ खर्च हुँदा २० हजार हेक्टरमा सिंचाइ सुविधा
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको काम सुस्त गतिमा भइरहेकाले निर्माणको समय लम्बिंदै गएको छ ।