कृषकका समस्या पहिचान अभियान सुरु
लुम्बिनी प्रदेशमा कृषिसँग सम्बन्धित विभिन्न प्रकारको अनुसन्धानको काम गर्दैआएको बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले कृषकका समस्या पहिचान गर्ने अभियान सुरु गरेको छ ।
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु
दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका –५ झेलखोला भन्ने स्थानमा रा १ ह २४०१ नम्वरको अटो दुर्घटना हुँदा सोही ठाउँ निवासी ५५ बर्षीया बिबा बुढामगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख प्रहरी सहायक निरीक्षक सहदेव योगीले जानकारी दिनुभयो ।
भत्ता बोकेर लाभग्राहीको घरमै जनप्रतिनिधि
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित विकट पहाडी गाउँमा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गैँडाकोटका नगर प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीसहितको टोलीले आफ्ना वडाका सम्पूर्ण लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो ।
दसैँको रौनकले छोएन मजदुरलाई
गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभाष छैन । दसैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ ।
प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि उक्त अस्पताल २०७२ सालदेखि एम्बुलेन्सविहीन भएको हो ।
लोप हुँदै गाउँका ढुङ्गे घर
गौमुखी गाउँपालिका–१ अर्खा पैयुपाटाका मित्र थापाको घर ढुङ्गाले छाएको छ । वर्षौँ पहिले हजुरबुवाले बनाएको घर अहिलेसम्म छाउन परेको छैन । एक पटक ढुङ्गाले छाएको छाना लामो समय टिक्ने भएकाले पनि थापाको गाउँमा धेरैले ढुङ्गाको छाना लगाएका छन् ।
खाद्य उत्पादनमा योगदान गरेका किसान पुरस्कृत
लुम्बिनी प्रदेश सरकारले प्रदेशमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ । विश्व खाद्य दिवस पारेर प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले खाद्य वस्तुमा योगदान गरेका विभिन्न क्षेत्रका आठजना किसानलाई पुरस्कृत गरेको हो ।
एकै वर्षमा १० वटा लोकसेवाका परीक्षा पास गर्न सफल रमेश भन्नुहुन्छ: असल राष्ट्रसेवक बन्छु
एक वर्षको समय अवधिमा लोक सेवाबाट लिइएका १० वटा परीक्षा उत्तीर्ण गर्नुभएका गुल्मीका रमेश भण्डारी आफू असल राष्ट्रसेवक बन्ने बताउनु भएको छ ।
ऐतिहासिक सराँय नाच लोप हुने अवस्थामा
गुल्मीमा ऐतिहासिक सराँय नाच लोप हुँदै गएको छ । पश्चिम क्षेत्रको गुल्मी, अर्घाखाँची, प्युठान र पाल्पाका शक्तिपिठमा दसैँको भोलीपल्टबाट सराँच नाच्ने प्रचलन छ ।
दसैँको सप्तमीमा नाचिने सराय नाच
दसैँको सप्तमीका अवसरमा स्वर्गद्वारी प्युठान दाङ सरोकार समाजले शनिबार बिहान दाङको घोराहीमा सराय नाच प्रस्तुत गर्ने क्रममा सहभागीहरू । तस्बिर: रासस
क्षेत्रीय कारागारमा बालबन्दी
बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारको चार वटा ब्लकमध्ये एउटा ब्लकमा बाल सुधारगृहका बालबन्दीलाई राख्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ ना
रोक्का गरिएको जग्गा फुकुवा गर्ने निर्णय
लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माणका लागि रोक्का राखेको जग्गा खुलेको छ । कात्तिक १ गते बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो ।
थारु भाषाको गीतिसंग्रह ‘पच्रा’ बिमोचित
थारु भाषाका संस्कृतिकर्मी तथा साहित्यकार बेझलाल चौधरीद्वारा लिखित गीतिसंग्रह ‘पच्रा’ को बिमोचन गरिएको छ । थारु भाषाको साप्ताहिक पत्रिका लौवा अग्रासनले साहित्यकार समेत रहनुभएका चौधरीको दसैंका अवसरमा गाइने गीतमा आधारित गीतिसंग्रह प्रकाशन गरेको हो ।
पौवाले दसैंमा सराय नाच प्रदर्शन गर्ने
बिजयादशमीलाई उत्सवका रुपमा मनाउन रुपन्देहीको तिलोत्तमामा अवस्थित होटल पौवाले सरायनाच प्रदर्शन गर्नेभएको छ ।
नरैनापुरमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू
हिन्दु धर्मावलम्बीको महान् चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै बाँकेको संवेदनशील क्षेत्र मानिने नरैनापुरमा इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना लागुगरेको छ ।
दाङमा एक करोड १६ लाख बढीको खसीबोका बिक्री
दाङमा दसैंको अवसरमा एक करोड १६ लाख बढीको खसी तथा बोका बिक्री भएका छन् । जिल्लाका तीनवटा सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैंका लागि एक करोड बढीको खसी बोका बिक्री गरेका हुन् ।
जमुनाहा नाकाबाट दसैं मान्न आउनेको संख्यामा कमी
नेपाल–भारत सिमाक्षेत्रस्थित बाँकेको जमुनाहा नाका नेपालकै ठूलोमध्येको हो । यो नाका भई नेपालबाट भारत र भारतबाट नेपाल आउने–जाने नागरिकको उल्लेख्य चहलपहल हुनेगर्छ । तर यसपाली दसैंमा घर आउने नेपालीको संख्या तुलनात्मक कम रहेको छ ।
सामुदायिक विद्यालय साधन स्रोतले सम्पन्न बनाऔँ : महासचिव पोख्रेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशभरका सामुदायिक विद्यालयलाई साधन स्रोत सम्पन्न बनाए मात्रै विद्यार्थीको आकर्षण बढ्ने बताउनुभएको छ ।
दुग्ध उत्पादक किसानलाई ३६ लाख १२ हजार अनुदान प्रदान
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ ।
आस्थाको केन्द्र बन्दै बागेश्वरी मन्दिर
नेपालगञ्जको मध्यभागमा रहेको बागेश्वरी मन्दिर हिन्दु धर्मावलम्बीको पवित्र तथा महत्वपूर्ण धार्मिकस्थलको रुपमा रहेको छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउनेगरेका छन् ।
नेपालगन्जको ट्राफिक लाइट जडान कार्यले तीव्रता पाउने
नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्यले अब तीव्रता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले उक्त कार्यलाई तीव्रता दिइने निर्णय भएको बताइएको छ ।
दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र
कोहलपुर (बाँके), कात्तिक ३ गते । हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् ।नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताउनुभयो । भोजपुरमा शिक्षण पेसामा कार्यरत उहाँ दसैँ मनाउनका लागि गृह जिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताउनुभयो । “टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट बिक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु” जेठाराले भन्नुभयो, “बिहान ४ः०० बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।”स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ । निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताउनुभयो । उहाँका अनुसार दसैँको समयमा अन्य समयभन्दा यात्रुको चाप बढि भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् । निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताउनुभयो । यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दसैँलाई लक्षित गरी आइतबारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ । एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दसैँको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । “यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।”यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिनुभयो । यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उहाँको भनाइ थियो ।बाजुरा कोल्टीकी सङ्गीता विष्टले दसैँका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताउनुभयो । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उहाँको गुनासो थियो । “एउटा उडानमा १७ सिट हुन्छ”, उहाँले भन्नुभयो, “यहाँ सातवटा टिकटमात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।” रासस
बाँकेको नौबस्ता क्षेत्रीय कारागारमा ४६ बालबन्दी राखियो
बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारको चार वटा ब्लकमध्ये एउटा ब्लकमा बालसुधार गृहका बालबन्दीलाई राख्न सुरु गरिएको छ ।
सडक कार्यालयको चरम बेवास्ता, ऐना नहुँदा सडक दुर्घटना बढ्दो
गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफै दुर्घटना परेपछि दुर्घटना दिनानुदिन दिन बढ्दै गएको छ । सडक कार्यालयले राखेको ऐना एक साता नहुँदै काम नदिने भए पनि ऐना राख्न कार्यालयले कुनै चासो नदेखाउँदा दुर्घटना बढ्दै गएको स्थानीयको गुनासो छ ।