• २० असोज २०८१, आइतबार

पौवाले दसैंमा सराय नाच प्रदर्शन गर्ने

blog

तिलोत्तमामा पत्रकार सम्मेलनका क्रममा आयोजक । तस्विर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक ३ गते । बिजयादशमीलाई उत्सवका रुपमा मनाउन रुपन्देहीको तिलोत्तमामा अवस्थित होटल पौवाले सरायनाच प्रदर्शन गर्नेभएको छ । 

लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सराय नृत्यबारे नयाँ पुस्तालाई जानकारी गराउने तथा सँस्कृति संरक्षणका लागि टेवा पुग्नेगरी कात्तिक १७ गते होटल पौवाक योगिकुटी शाखामा नृत्य प्रदर्शन गरिने होटलका प्रवन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जालगायतको जिल्लामा नाचिने सराय नाचलाई साँस्कृतिक पहिचान दिन यस वर्षदेखि बुटवल शाखाबाट सराय नाचको प्रारम्भ गरिएको उहाँले बताउनुभयो । 

यसैगरी होटल पौवाले यो वर्षको दसैंलाई उत्सवको रुपमा मनाउन योगीकुटीसहितका तीनवटा शाखामा परम्परागत लिङ्गे पिङ राखिएको छ । नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन भैरहवा, बुटवल र भालुवाङ शाखामा लिङ्गे पिङको व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिनुभयो । 

‘नेपालका लागि नेपाली आतिथ्यता’ भन्ने नारासहित होटल पौवाले स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीयस्थलसहित देशभर १२ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ ।

कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा सञ्चालनमा रहेका छन् । विविध सांस्कृतिक पहिचानले शृङ्गारिएको नेपालका विभिन्न स्थानमा सञ्चालित होटल पौवाले त्यस्ता पहिचानलाई जोगाइ राख्न समेत प्रयास गर्दैआएको ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ प्रमुख विष्णु भण्डारीले बताउनुभयो । 

पर्यटन प्रवर्धनमा देशको कला, संस्कति, रहनसहन, भेषभुषा, खानपिनलगायतका पक्षको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले पर्यटन उद्योगको एक अंश रहेको हस्पिटालिटी क्षेत्रमा उदाइरहेको होटल पौवाले पनि नेपाली संस्कृति र परम्परालाई आत्मासाथ गर्दै हरेक चाडपर्वलाई उत्सवका रुपमा मनाउँदैआइरहेको दाबी गर्नुभयो ।  

होटलमा सराय नृत्य प्रदर्शन कार्यक्रमको संयोजक समेत रहनुभएको भण्डारीले पौवाले विगतमा पनि नेपालमा रहेका हरेक भाषाभाषी र जनजातिले मनाउँदै चाडपर्व, संस्कार संस्कृति विशेषलाई लगातार ब्राण्डिङ गरिरहेको दाबी गर्नुभयो ।