• २३ असार २०८२, सोमबार

भाले गैँडा मृत फेला

blog

मृत अवस्थामा फेला परेको गैंडा ।

बोमलाल गिरी

नवलपुर, असार २३ गते । नवलपुरमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –१ ज्यामिरे खोलाको किनारमा अन्दाजी १५ वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार सो गैँडा एक दुई महिना अगाडि नै मरेको हुनसक्छ । मृत अवस्थामा रहेको गैँडालाई चितवन राष्ट्रिय निकुञ्जको कर्मचारीले देखेपछि टेलिफोनमार्फत जानकारी गराएका थिए ।

जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको नेपालले बताउनुभयो ।