तिलाचन पाण्डे
तम्घास, कात्तिक १४ गते । गुल्मीमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी भएका छन् । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ६ बुल्मका ३९ वर्षीया सरिता कुमाल,११ वर्षीय विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जङ्गली च्याउ खाएर बिरामी भएका उहाँहरूको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।