कविराज घिमिरे
हिले, जेठ १ गते । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–९ आहालेमा गए राती भीषण आगलागी भएको छ । आगलागी वाट स्थानीय टेक बहादुर थापाको दुई वटा घर, एक वटा गोठ, बाख्राको खोर र भान्सा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
आगलागीमा परेर दुई गाई र नौ वटा बाख्राको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आगोले घरभित्र रहेका सबै सामग्री पूर्ण रूपमा नष्ट गरेको प्रहरीको भनाइ छ । आगोले घरभित्र रहेका सबै सामग्री पूर्ण रूपमा नष्ट गरेको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीको भनाइ छ ।
बुधवार राति करिब ११ः३० बजे सुरु भएको आगो करिब ४ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । सबै तिर आगो सल्किएपछि मात्र थाहा पाएकाले आगो नियन्त्रण गर्न नसकेको महालक्ष्मी नगरपालिका वडा नम्बर नौ का वडाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभयो ।
स्थानीय लक्ष्मण काफ्लेका अनुसार आगो सबैतर्फ सल्किसकेपछि मात्र थाहा पाएको हुँदा अन्नपात र पशु चौपाया केही पनि जोगाउन नसकिएको बताउनु भयो ।