गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, ब्रिटिस काउन्सिलको सहकार्य तथा युनेस्कोको आयोजनामा ‘क्राफ्टस एन्ड फोल्क आर्टस ’ विषयक छलफल सम्पन्न भएको छ । कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि जाको डु टोइटले लोककला तथा क्राफ्टस विधा समेटेर गरिएको बहसले प्रारम्भिक आधारभूत तथ्याङ्क दिने छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रतिष्ठानको कार्ययोजना, रणनीति, भावी योजनालगायतका विषयमा चर्चा गर्दै लोककला तथा शिल्पज्ञानलाई अद्यावधिक गराउँदै यसको संरक्षण, सम्वर्धन तथा पुस्तान्तरण गर्दै हरित अर्थतन्त्रमा जोड्ने विषयमा सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले लोककला, शिल्पकलाको ज्ञान तथा सिपको विकास र पुस्तान्तरणमा जोड दिँदै प्राज्ञिक तथा बौद्धिक बहसलाई जोड दिनुभयो । “सभ्यता र संस्कृतिको आधार पहिचान भएकाले समुन्नत विश्व समाज बनाउने लक्ष्य पूरा गर्न कार्यक्रम महत्त्वपूर्ण प्रस्थानविन्दु बन्न सक्छ,” उहाँले भन्नुभयो । कार्यव्रmममा ४० भन्दा बढी लोक, शिल्पकलाको क्षेत्रमा सव्रिmय कलाकार तथा सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।