इमानसिं राना
रामपुर (पाल्पा), कात्तिक ११ गते । पाल्पामा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ बिरौटामा मोटरसाइकल दुर्घटना हुँदा वालिङ नगरपालिका–५ स्याङ्जाका ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो ।
स्याङ्जाबाट बुटवलतर्फ जाँदैगरेको लु १४ प ८८७१ नम्बरको मोटरसाइकल दुर्घटनामा थापा गम्भीर घाइते हुनुभएको थियो । प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटेको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाल्पा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
मोटरसाइकल सडकबाट १० मिटर तल खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।