पर्यटन सम्भावना बोकेको गढी दरबार (फोटो फिचर)
बागमती प्रदेशको राजधानी हेटौँडाबाट १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै रहेको ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले महत्त्वपूर्ण मकवानपुर गढी दरबार पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ ।
हुम्लामा चौध सय निरक्षर
राजन रावत हुम्ला, जेठ १८ गते । साक्षर घोषित भएको हुम्लाका सात वटै गाउँपालिकामा गरी एक हजार चार सय जनसङ्ख्या अझै निरक्षर रहेको पाइएको छ । राष्ट्रिय साक्षरता सम्बन्धी मापदण्ड २०७६ अनुसार ९५ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि जिल्लालाई साक्षर घोषित गर्न सकिने भएपछि केही जनसङ्ख्या निरक्षर भए पनि घोषणा गरिएको हो ।पन्ध्र वर्ष माथि र ५९ वर्ष मुनिका जिल्लावासी एक हजार चार सय जना निरक्षर रहेको शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाले आफ्नो प्रतिवेदनमा देखाएको छ । जिल्लामा ९६ दशमलव ०४ प्रतिशत जिल्लावासी साक्षर रहनु भएको छ । यो जनसङ्ख्या तीन दशमलव ९६ प्रतिशत निरक्षर छ । उक्त उमेर समूहका ३५ हजार ३५४ जनसङ्ख्या मध्य ३३ हजार ९५४ जनसङ्ख्या साक्षर भएको एकाइ प्रमुख योगेश आले मगरले बताउनुभयो । गाउँपालिका अनुसार निरक्षर जनसङ्ख्या यस्तो रहेको छ । नाम्खा गाउँपालिकामा १११ जना, सिमकोटमा ३७१ जना, खार्पुनाथमा २९४, सर्केगार्डमा ३१४, चङ्खेलीमा १९२ जना, अदानचुलीमा १९२ र सबै भन्दा कम ताँजाकोट गाउँपालिकामा ६६ जना निरक्षर रहेको प्रतिवेदनले देखाएको छ । यी गाउँपालिकामा निर्धारित उमेर समूहको जम्मा जनसङ्ख्या र साक्षर जनसङ्ख्या भने यस्तो रहेको छ । नाम्खामा जम्मा दुई हजार ८८९ रहेकोमा त्यसमा दुई हजार ७७८ जनसङ्ख्या साक्षर रहेको छ । त्यस्तै सिमकोटमा जम्मा आठ हजार ४४३ रहेकोमा आठ हजार ७२ जनसङ्ख्या साक्षर रहेको छ । यता खार्पुनाथमा चार हजार ३२१ मा चार हजार १३४ साक्षर जनसङ्ख्या रहेको छ । त्यस्तै सर्केगार्डमा सात हजार ४३८ मा साक्षर जनसङ्ख्या सात हजार १२४ रहेको छ । चङ्खेलीमा चार हजार ५६ मा तीन हजार ८६४ जनसङ्ख्या साक्षर छ । अदानचुलीमा चार हजार ३९९ जनसङ्ख्यामा चार हजार २०७ जनसङ्ख्या साक्षर रहेको छ भने ताँजाकोट गाउँपालिकामा ती हजार ८४१ जनसङ्ख्यामा तीन हजार ७७५ जनसङ्ख्या साक्षर रहेको छ । यसअघि सबै भन्दा पहिले खार्पुनाथ गाउँपालिकालाई २०७९ सालको असार ३१ गते ९५ दशमलव पाँच प्रतिशत जनसङ्ख्या साक्षर भएपछि पहिलो गाउँपालिका घोषित गरिएको थियो । त्यसपछि २०८० वैशाख २५ गते ९५ दशमलव छ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि दोस्रो गाउँपालिकाका रूपमा सिमकोट गाउँपालिकालाई घोषणा गरिएको थियो । त्यसैगरी २०८० असार २५ गते ९५ दशमलव ७४ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि सर्केगार्ड, सोही वर्षको असा २७ गते ९८ दशमलव २८ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि ताँजाकोट गाउँपालिका, असार २८ गते ९५ दशमलव ६४ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि अदानचुली , २९ गते ९५ दहमलव २४ प्रतिशत साक्षर जनसङ्ख्या भएपछि चङ्खेली गाउँपालिका २०८१ फागुन २७ गते ९६ दशमलव १६ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि नाम्खा गाउँपालिकालाई घोषणा गरिएको थियो ।
राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको आज स्थलगत अनुगमन गरेको छ ।
एक सातासम्म मनसुन निष्क्रिय बन्दै
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको छ।
जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नुपर्छ: मन्त्री ठकुरी
काठमाडौँ, जेठ १८ गते । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको बताउनुभएको छ । नेपाली काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आइतबार सानेपामा आयोजना गरेको ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका कारणले घटेका घटनाहरूलाई स्पष्ट रूपमा सचेत गराएको बताउँदै अब प्रतीक्षा गर्ने समय नरहेको बताउनु भयो । उहाँले हिमाल, पहाड र तराइ मधेससम्म जलवायु सङ्कट प्रत्यक्ष देखिँदै गएको र भविष्यमा यो अझै भयावह हुने अवस्थामा रहेको जिकिर गर्नुभयो । उहाँले ४७ वटा खतराजन्य हिमालहरूमध्ये २१ वटा उच्च जोखिममा रहेको जानकारी दिनुभयो । मन्त्री ठकुरीले गत वर्ष थामेमा भएको हिमताल विस्फोट, दोधारा चाँदनी र काठमाडौँ उपत्यकामा वर्षाले निम्त्याएको बाढी पहिरो, जेठ २ गते हुम्लाको लिमी क्षेत्रको तिला गाउँमा भएको हिमताल विस्फोट जस्ता घटनाहरू जलवायु सङ्कटका चेतावनी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “मुलुक भरका हिमाल, पहाड र तराइ मधेससम्म जलवायु सङ्कट प्रत्यक्ष देखिँदै छ र भविष्यमा अझै यो भयावह हुने अवस्थामा छ । हिमालहरू खतरामा छन् । ४७ वटा खतराजन्य हिमालहरूमध्ये २१ वटा उच्च जोखिममा छन् । सगरमाथाको क्षेत्रमा थामेमा गत वर्ष हिमताल विस्फोटले पारेको क्षतिको एक महिना अघि म आफैँ गएर हेर्ने मौका पाएको थिए । दोधार चाँदनीमा भएको वर्षातले , काठमाडौँ उपत्यकामा आएको वर्षातले निम्त्याएको बाढी,पहिरो र डुबान र जेठ २ गते हुम्लाको लिमी क्षेत्रको तिला गाउँमा गएको विस्फोटजन्य तालको कारणले भएको बाढी पहिरो यी सबै जलवायु सङ्कटका चेतावनी हुन् । यी घटनाहरूले हामीलाई स्पष्ट रूपमा सचेत गराउँछन् कि अब प्रतीक्षा गर्ने समय छैन । जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको छ ।” जलवायु सङ्कटले मानव स्वास्थ्यमा मात्र नभएर खाद्य सुरक्षालाई नै खतरामा पार्दै गइरहेको बताउनु भयो ।
सीमा विवाद समाधान गर्न समिति गठन
विगत लामो समयदेखि विवाद रहेको सोलुखुम्बु र ओखलढुङ्गाको बुलबुले क्षेत्रको सीमा विवाद समाधान गर्न कार्यदल गठन गरिएको छ । दुई जिल्लाको सुरक्षा समितिका पदाधिकारीको सल्लेरीमा बसेको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले संयुक्त निर्णय गरेको हो ।
स्वास्थ्य एकाइ पाँच महिनादेखि स्वास्थ्यकर्मीविहीन : सेवाग्राही उपचारबाट वञ्चित
खार्पुनाथ गाउँपालिका–५ स्थित ताक्लामा रहेको ताक्ला सामुदायिक स्वास्थ्य एकाइ पाँच महिनादेखि भएको छ ।
५५ लाख बढी विद्युत महसुल अनुदान
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले लिफ्ट खानेपानी आयोजनाको ५५ लाख बढी विद्युत महसुल अनुदान दिएको छ ।
बालिकाको जलेर मृत्यु
सर्लाहीको हरिपुर नगरपालिका–१, हजार बिघामा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । हरेराम महतोकी छोरी चार वर्षीया लक्ष्मीकुमारी महतोको आगोले जलेर मृत्यु भएको हो ।
'फाटकमा घाम' विमोचन
इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा ‘फाटकमा घाम’कविता सङ्ग्रहको विमोचन गरिएको छ ।
बागलुङको पहिचान बन्दै ‘हनुमान नाच’
कला संस्कृतिमा धनी बागलुङ । बागलुङ जिल्लामा कलाकारहरूको खानी मानिने गलकोट क्षेत्रमा पहिलोपटक ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको हनुमान नाच प्रदर्शन गरिएकाे छ ।
हुम्ला सडक चार दिन खुल्ने, खुलालु-लालीघाट पाँच दिन बन्द
कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको सडक खण्ड स्तरोन्नति कार्यका कारण केही दिनका लागि सो क्षेत्रमा सवारी आवागमनको व्यवस्थापन मिलाइएको छ ।
यातायात व्यवसायीलाई वार्तामा आउन मन्त्रालयको आह्वान
गण्डकी प्रदेशका यातायात व्यवसायीलाई वार्तामा आउन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आह्वान गरेको छ ।
मधेशमा बालविवाह अन्त्यका लागि कानुन मात्रै पर्याप्त हुँदैन : मन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मधेशमा जरा गाडेर बसेको बालविवाह अन्त्यका लागि कानुन मात्रै पर्याप्त नरहेको बताउनुभएको छ।
अब सबै रोगको परीक्षण जनस्वास्थ्य प्रयोगशालामा हुन्छ: स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै रोगको परीक्षण गर्नेगरी क्षमता वृद्धिमा लागिरहेको बताउनुभएको छ ।
बच्चा कोरल्दै आगन्तुक चरा
गर्मी छल्न र प्रजननका लागि यहाँ आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन् । गत फागुनदेखि यहाँ आउन सुरु गरेका अधिकांश चराले वैशाख र जेठमा बच्चा कोरल्ने गर्दछन् ।
अन्तरपालिका स्तरीय क्रिकेटको उपाधि नीलकण्ठलाई
धादिङबेँसीमा भएको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जितेको छ ।
काभ्रेपलाञ्चोकमा अस्थायी आवास निर्माण
विसं २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोबाट पीडितलाई अस्थायी आवास निर्माणार्थ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यविधिप्रति यहाँका जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् ।
‘चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्ति’ स्थापना
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ को समयमा त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालय दम्था मतदान केन्द्रमा भएको घटनामा सहादत प्राप्त गरेका नेकपा (एमाले) का विद्यार्थी नेता चेतनदीप ऐडीको स्मृतिमा ‘चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्ति’ को स्थापना गरिएको छ ।
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ ।
प्रदेश अस्पताल पचास शय्यामा स्तरोन्नति गरिँदै
जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । केही दिनअघि बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
खानेपानी ट्याङ्की निर्माण, मिटर जडान ढिला हुँदा समस्यामा उपभोक्ता
दाङको बङ्गलाचुली गाउँपालिका–७ जबरकोटमा चार वर्षअघि निर्माण भएको खानेपानी योजना विद्युत मिटर जडान ढिला हुँदा सञ्चालनमा आउन सकेको छैन ।
पशुको मासु नखाइ पनि जीवन जिउन सकिन्छ
पशुपक्षीलाई कष्ट नदिईकन, पशुको माछा मासुलगायत भोजन नखाइ पनि जीवन जिउन सकिन्छ भन्नेबारे अभियन्ताहरूले जोड दिएका छन् ।
पर्यटकीय गन्तव्य मालारानी गुफा
पूर्वी सुर्खेतको गुर्भाकोटमा रहेको मालारानी गुफा हेर्ने पर्यटकको भिड बढ्दै गएको छ ।