आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सुरु
ताप्लेजुङमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सुरु भएको छ ।
तुम्लिङटार विमानस्थल
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटार विमानस्थल र आसपासको क्षेत्र ।
सशस्त्र प्रहरी बलको नवनिर्मित भवन उद्घाटन
सशस्त्र प्रहरी बल नम्बर एक गुल्म हेडक्वार्टर कञ्चनजङ्घाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गुल्मको परिसरभित्र निर्मित सिनियर अधिकृतको मेश तथा गुल्मपति कार्यकक्षको उद्घाटन गरिएको हो ।
पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता हुनुभएको छ । उहाँ सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो ।
लमजुङमा दुध उत्पादन बढ्यो, दैनिक २५ सय लिटर निर्यात
लमजुङमा गत वर्षको तुलानामा यस वर्ष व्यावसायिक दुध उत्पादनमा वृद्धि भएको छ ।
बेनीघाट रोराङमा शिक्षक साटासाट कार्यक्रम प्रभावकारी बन्दै
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा शिक्षक साटासाट कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
सप्तरीका किसानलाई चैते धान भित्र्याउन चटारो
सप्तरीको किसानलाई चैते धान भित्र्याउन चटारो छ । यहाँका किसान एक हप्ता यता चैते धान भित्र्याउन व्यस्त देखिएका हुन् ।
बेहडाबाबामा लाग्ने गङ्गा दसहरा मेलाको अवसरमा धनगढीमा बिदा
कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा लाग्ने गङ्गा दसहरा मेलाको अवसरमा धनगढी उपमहानगरपालिकाले पालिकाभरि स्थानीय सार्वजनिक बिदा दिएको छ ।
गोरखा-आरुघाट सडक पूर्णरूपमा बन्द
गोरखा सदरमुकामदेखि आरुघाट जोड्ने सडक पूर्णरूपमा बन्द भएको छ । गोरखा नगरपालिका–८ स्थित ढुङ्गागाढेमा आइतबार आएको भिषण वर्षाले पुरै सडक भासिदा सडक पूर्ण रुपमा बन्द भएको हो ।
आगलागीमा परेर वृद्धको मृत्यु
कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।
एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा चालकको मृत्यु, पाँच घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली–२ दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
हावाहुरीले जनजीवन प्रभावित
आइतबार राति आएको हावाहुरीका कारण मोरङको लेटाङ र उर्लाबारी क्षेत्रको जनजीवन प्रभावित भएको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीकाअनुसार कानेपोखरी–लेटाङ सडकमा हावाहुरीले लडेका रुख सवडिभिजन वन कार्यालय लेटाङका प्राविधिक कर्मचारी र प्रहरीको सहयोगमा हटाइएको छ ।
कबड्डीमा मानमती विष्ट
गत वर्ष १९ औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले कांस्य पदक जितेर इतिहास बनायो । एक खेलाडीका रूपमा मानमतीले शानदार प्रदर्शन गरेकी थिइन् । केही महिनापछि नै नेपाल कबड्डी सङ्घले कप्तान बनाएर मानमतीलाई सम्मानित गर्यो । उनलाई
समविकासको आधारविन्दु
कलामा मूर्त र अमूर्त स्वरूप रहने गर्छ । सदृश्य वा जे देखिन्छ त्यस्तै बनाउनु शिल्पगत क्षमता हो भने देखिएका, भोगिएका कुरालाई कलाकारले मनको अन्तस्करणबाट देखाउँछ भने सो कला सदृश्य हुन सक्छ । तथापि सो कलामा भावको पनि सञ्चार भएको हुन्छ र कलाले संवेगलाई स्थापित गराउँछ ।
चित्तबुझ्दो काम नभए ठेक्का तोडिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम चित्तबुझ्दो नभए ठेक्का तोडिने बताउनुभएको छ । मन्त्री खड्काले आइत
हस्पिस सेवा के हो ?
ल्याटिन शब्द ‘हस्पिस’ को अर्थ आतिथ्य प्रदान गर्ने वा आराम गर्ने वा रोगबाट संरक्षण प्रदान गर्ने स्थान भन्ने हुन्छ । आधुनिक चिकित्सामा हस्पिस स्वास्थ्य सेवाको एक यस्तो प्रकार नै हो जहाँ मृत्युनजिक पुगेकालाई सहजता प्रदान गर्ने गरिन्छ ।
सार्वजनिक यातायात बन्दले उपत्यकाको जनजीवन प्रभावित
यातायात व्यवसायीहरुको यातायात बन्दको घोषणासँगै काठमाडौँ उपत्यकामा आम नागरिकहरुले सास्ती व्यहोरेका छन् ।
संरक्षणको पर्खाइमा बिसे नगर्ची पार्क
जिल्लाको गोरखा नगरपालिका–६ को पोखरीथोकमा रहेको ऐतिहासिक बिसे नगर्ची पार्क संरक्षणको पर्खाइमा रहेको छ । बाइसे चौबिसे राज्यलाई एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार बिसे नगर्चीको नाममा रहेको बिसे नगर्ची पार्क संरक्षणको पर्खाइमा रहेको हो ।
बुद्धको अवधारणा कार्यान्वयन जरुरी
प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवर्धन गर्न सबै तहमा बुद्धको अवधारणा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकाल्दै लुम्बिनीमा आयोजित दुईदिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सम्पन्न भएको छ ।
सत्तरी हजार परिवारको स्वास्थ्य प्रोफाइल तयार
महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले बाँकेमा पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्ने कार्य तीव्र गतिमा चलिरहेको छ ।
सार्वजनिक सवारी बन्दले चौतर्फी सकस
सार्वजनिक यातायात थन्क्याएर शुक्रबारदेखि आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र यातायात मजदुरले आइतबारबाट पर्यटकीय सवारीमा समेत अवरोध गरेका छन् । उनीहरूले पर्यटक बसमा नेपाली यात्रुलाई चढ्न दिएका छैनन् ।
बुटवल–नारायणगढ सडक : यात्रुलाई घण्टौँ सास्ती
केही दिनअघिदेखि पर्न थालेको पानीले पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डको तीन वटै स्थानबाट सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुले निकै सास्ती भोग्नु परेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
खर्च बुझाउन नसक्दा बिरामी बन्धक,नगरपालिकामा धर्ना
सप्तरीको राजविराज नगरपालिकाको स. १ झ ४८१ नम्बरको स्कोर्पियोले ठक्कर दिएर गम्भीर घाइते बालकको उपचारमा लागेको खर्च बुझाउन नसक्दा पाँच महिनादेखि अस्पतालमा बन्धक भएका छन् ।