• २१ जेठ २०८२, बुधबार

सार्वजनिक यातायात बन्दले उपत्यकाको जनजीवन प्रभावित

blog

सवारीसाधन कुरिरहेका सर्वसाधारण । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ १९ गते । यातायात व्यवसायीहरुको यातायात बन्दको घोषणासँगै काठमाडौँ उपत्यकामा आम नागरिकले सास्ती व्यहोरेका छन् ।

सोमबारदेखि यातायात व्यवसायीहरुले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए । सोमबार बिहानैदेखि सार्वजनिक यातायात सडकमा नदेखिएसँगै आम नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ ।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात बन्द छन् । काठमाडौँ उपत्यकामा छिटपुटमात्रै यातायात चलेको देखिन्छ ।

यातायात ठप्प हुँदा आम नागरिकको दैनिकी नै अस्तव्यस्त बनेको छ । कार्यालय जानदेखि आफ्नो कामका लागि सार्वजनिक यातायातको प्रयोग गर्ने यात्रुहरु उभिएर सवारीसाधन कुरिरहेको देख्न सकिन्छ ।

व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधनसरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।