पुनर्निर्माणलाई प्राथमिकतामा राख्न समितिको निर्देशन
कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिले प्रदेश सरकारलाई जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
बाढीपहिरोको उच्च जोखिममा बत्तिस वटा बस्ती
हिमाली जिल्ला हुम्लाका बत्तिस वटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । भिरालो जमिन भएको स्थानमा बस्ती बसेका कारण वर्र्षा भएसँगै आउने बाढीपहिरोका कारण ती बस्ती उच्च जेखिममा रहेका छन् ।
सामुदायिक विद्यालयमा पूर्वाधार अभाव
जुम्लाको तातोपानी गाउँपालिकाका सामुदायिक विद्यालयले पूर्वाधार अभावका कारण विभिन्न समस्या झेलिरहेका छन् । तातोपानीमा रहेका २९ वटा सामुदायिक विद्यालयमध्ये अधिकांश विद्यालयमा शौचालय, खानेपानी, मैत्रीपूर्ण कक्षाकोठालगायतका पूर्वाधारको अभाव रहेको पाइएको छ ।
बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल
सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) को सिद्धान्त र प्राथमिकतामा प्रतिपक्षले सुधार गर्न माग गरेका छन् ।
खेतीपाती सप्रियोस् भन्दै ढुरियापूजा
प्रकृतिपूजक थारू समुदायमा खेतीपातीको काम सुरु गर्न ढुरिया (असारी) पूजा गर्ने चलन कायम रहेको छ । धानको ब्याड छर्ने बेला वा छरिसकेपछि पश्चिमका थारू समुदायमा ढुरियापूजा गर्ने गरिएको हो ।
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र
पाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र रुपमा काम भइरहेकोे जानकारी दिनुभयो । उहाँका अनुसार बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा हालसम्म एक हजार रुख कटानी भएका छन् ।
विपत् व्यवस्थापनमा आवश्यक पूर्वतयारी छ
६९ वर्षीय हिरा सार्की सुदूरपश्चिम प्रदेशको वामपन्थी आन्दोलन र दलित अधिकारका पक्षमा लड्ने चर्चित नाम हो ।
डिजिटल युगको प्रवर्धन
नेपालमा आर्थिक विकासको सम्भावना बढ्दो छ ।
विकासमा आशाको सञ्चार
देशमा विकास किन भएन ? पटक पटक व्यवस्था परिवर्तन भए तर अवस्था परिवर्तन हुन सकेन । प्रजातन्त्र पुनस्र्थापना भएको ३४ वर्ष भयो । गणतन्त्र स्थापना भएको पनि १७ वर्ष हुन लागिसक्यो । संविधान सभाद्वारा नयाँ संविधान बनाइएको पनि करिब १० वर्ष भयो । देशलाई जापान, अमेरिका, बेलायत, स्विट्जरल्यान्ड जस्तो विकसित किन बनाउन सकेनौँ ? हो, कतिपय देश जापान, सिङ्गापुर, थाइल्यान्ड, फिलिपिन्स, कतार, साउदी अरेबिया, संयु
मनसुनजन्य विपतप्रति होसियारी
विपतले विनाश गर्छ भने विनाशले सङ्कट ल्याउँछ ।
बजेटको सुधार मार्गदिशा
बेलायतलगायतका मुलुकमा १८ औँ शताब्दीमै अभ्यासमा आएको बजेट प्रणाली नेपाल आइपुग्न राणाकाल अन्त्य हुनु पर्यो । जम्मा नजोड्नु र कच्चा पनि नछोड्नु भन्ने राणाकालीन मान्यता थियो । यसले राज्यको आयलाई शासककै जानकारीमा मात्र केन्द्रित गर्नु स्वाभाविक हुने नै भयो ।
सङ्घीय संरचनामा नार्क
नेपालमा कृषि अनुसन्धानको औपचारिक सुरुवात सन् १९८५ मा कृषि मन्त्रालय अन्तर्गत राष्ट्रिय कृषि अनुसन्धान तथा सेवा केन्द्रको स्थापनामार्फत सुरु भएको हो । कृषि मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय कृषि अनुसन्धान तथा सेवा केन्द्रले परम्परागत रूपमा प्रवाह गर्दै
नेपाललाई पुनरागमन आवश्यक
करिब चार वर्षसम्म चल्ने आइसिसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा चयन हुन र एकदिवसीय मान्यता प्राप्त गर्ने मञ्च हो । त्यसैले नेपाली क्रिकेटका लागि यो प्रतियोगिता सधैँ महत्वपूर्ण रहँदै आएको छ ।
पाहुनालाई परम्परागत पोसाक
नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीका तीन गाउँ जाङ, हल्जी र तिलमामा पुग्ने पाहुनाले परम्परागत पोसाक लगाउनैपर्ने बाध्यता रहेको छ ।
पानीको स्रोत सफा गर्दै मनाइयो सिथि नखः
बिहान पानीको स्रोत सरसफाइ गरी विभिन्न परिकार बनाई नेवार समुदायले आइतबार सिथि नखः पर्व मनाएका छन् । गर्मी मौसम सकेर वर्षायाम सुरु भएसँगै ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथिमा यो पर्व मनाउने गरिन्छ ।
लघु निर्जीवन बिमाको व्यापार तीन गुणाले बढ्यो
अहिले मुलुकमा सञ्चालनमा रहेका चार वटा निर्जीवन बिमा कम्पनीको जारी बिमालेख र बिमा शुल्क सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा झन्डै तीन गुणाले बढेको छ
कुटोकोदालोसहित सडकमा किसान
किसानले समयमा मल र बिउ नपाउँदा र उत्पादन भएको कृषि उपजको मूल्यसमेत गिरावट भएपछि आन्दोलन सुरु गरेका छन् । झापाको गौरादहका किसान हलोजुवा, कुटोकोदालो र आफ्ना उपज सडकमा तेस्र्याएर आन्दोलनमा उत्रेका हुन् ।
कृषि तथा पशु बिमा अनुदानमा डेढ अर्ब वितरण
सरकारले कृषि तथा पशु बिमाको प्रिमियम अनुदानबापत डेढ अर्ब रुपियाँ वितरण गरेको छ ।
अवकाश प्राप्त हेडसरको पौरख
७७ वर्षीय बालकृष्ण अर्याललाई सबैले गाउँभरका हेडसर भनेर चिन्छन् । बडीगाड गाउँपालिका–५, ग्वालीचौरको भानु माविमा ३३ वर्ष प्रधानाध्यापक भएर काम गरेकाले उहाँको यो पहिचान बनेको हो ।
तराईको व्यावसायिक स्याउ खेतीमा सफलता
उच्च पहाडी र हिमाली हावापानीमा फल्ने स्याउको तराईमा नै व्यावसायिक खेती गरेर गोकर्ण ओलीले मनग्गे आम्दानी लिन थाल्नुभएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ का ओलीले व्यावसायिक स्याउ खेती गरेर आम्दानी गर्न थाल्नुभएको हो ।
किसानले पाएनन् न्यूनतम समर्थन मूल्य
किसानले सरकारद्वारा तोकिएको चैते धानको न्यूनतम समर्थन मूल्य पाउन सकेका छैनन् ।
भारतले घटायो कच्चा खानेतेलको आयात शुल्क
नेपालको निर्यातलाई ऐतिहासिक उचाइमा पुर्याएका भटमास, सूर्यमुखी र पाम तेलको कच्चा पदार्थमा भारतले आयात शुल्क घटाएको छ ।
झाडीले पुरियो बृहत् कफी योजना
धनकुटाको पाख्रिबास नगरपालिकाले पाँच वर्षअघि ठुलो उत्साह र आशाका साथ सुरु गरेको कफी विकास कार्यक्रम अलपत्र परेको छ । नगरपालिका तथा प्रदेश सरकारले गरेको एक करोड रुपियाँभन्दा बढीको लगानी बालुवामा पानी झैँ भएको छ ।