• २० जेठ २०८२, मङ्गलबार

पाहुनालाई परम्परागत पोसाक

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ १९ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीका तीन गाउँ जाङ, हल्जी र तिलमामा पुग्ने पाहुनाले परम्परागत पोसाक लगाउनैपर्ने बाध्यता रहेको छ । बाहिरबाट आउने पाहुनाहरूको स्वागत र सत्कारका लागि स्थानीयले घर घरबाट ती पोसाक ल्याएर लगाइदिने गर्छन् । 

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बाहिरबाट आउने पाहुनालाई स्थानीय परम्परागत पोसाक लगाउनैपर्ने पुरानो चलन अहिले पनि निरन्तर रहेको बताउनुभयो । पाहुनाको वरिष्ठताका आधारमा पुराना, महँगा र मूल्यवान् पोसाक (बक्खु, टोपी, सुम्बा) लगाइसकेपछि सामुदायिक भवनमा बास बस्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । उहाँले आफ्नो संस्कृति जगेर्ना गर्न र पाहुनालाई त्यसबारे जनकारी दिन यस्तो गरिएको बताउनुभयो । सो स्थानमा आसनग्रहण गराउने र त्यसपछि परम्परागत सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिन्छ । पहिले नुन चिया र त्यसलगत्तै उवाको छ्याङ खुवाउने चलन रहेको उहाँले बताउनुभयो । बेलुकाको

खानापछि पाहुनाले पनि स्थानीय कलाकारसँग मिलेर नाच्नुपर्ने हुन्छ । अन्त्यतिर स्थानीय कलाकारले देखाउने सांस्कृतिक झाँकी हेर्ने र कलाकारलाई केही नगद दिनुपर्ने चलन छ ।