दस हजार घरको बिमा गरिँदै
कर्णाली प्रदेश सरकारले सुरु गरेको घर बिमा कार्यक्रम अन्तर्गत सल्यानको शारदा नगरपालिकामा नगरवासीको आवासीय घरहरूको निःशुल्क बिमा गरिनेभएको छ ।
तुलसीपुरलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
दाङ जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको छ ।
खलङ्गामा कभर्डहल निर्माण हुँदै
दार्चुलाको जिल्ला सदरमुकाम खलङ्गामा सङ्घीय सरकारको लगानीमा कभर्ड हल निर्माणको काम सुरु भएको छ ।
उखुको अनुदान रकम सम्बाेधन गर्न आग्रह
सरकारले दिंदैआएको उखुको अनुदानलाई आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा नपरेको भन्दै सम्बोधन गर्न उखु कृषकहरूले माग गरेका छन् ।
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण
यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन ।
आर्थिक अभावले थन्कियो बेलिब्रिज
बाजुराको बडिमालिका–७ को जडाङ्गा र ४ ओलेना जोड्ने बुढीगङ्गा नदिमा राखेको बेलिब्रिज पुल आर्थिक अभावका कारण लामो सयमदेखि थन्किदै आएको छ ।
सम्झनामा फोरम्यान
विश्व बक्सिङका लिजेन्ड जर्ज एडवार्ड फोरम्यान अब सम्झनामा मात्र छन् ।
लगानीमा ध्यान दिनुपर्ने विषय
वित्तीय जागरण वा चेतनाको एक आधारभूत उद्देश्य व्यक्ति व्यक्तिको आम्दानी अभिवृद्धि गरी उनीहरूको जीवनस्तर माथि उठाउनु, न्यून आयवर्गको आम्दानी बढाई गरिबीबाट मुक्त गराउनु तथा राम्रो आय हुनेहरूको आयलाई दिगो बनाउनु हो ।
एक पुनर्जन्मले ल्याएको सनसनी
पुनर्जन्मको एक यस्तो विस्मयकारी घटना जसले दुई परिवारलाई दुबिधामा मात्र पारेन अपराधीलाई समेत जेलमा पुर्यायो ।
दमकमा एक लाख फलफूलका बिरुवा रोपिँदै
दमकलाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीले एक लाख बिरुवा रोपण गर्ने अभियानलाई निरन्तरता दिँदै यो वर्ष २५ हजार बिरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष माओवादी केन्द्रले ५० हजार बिरुवा रोपेको थियो ।
बुटवलमा रक्तसञ्चार केन्द्र स्थापना
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क) स्थापना भएको छ । अस्पतालमा भर्ना भएका बिरामीले रगत लिनकै लागि अस्पतालबाहिर जानु नपर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार रुपन्देही व्यापार सङ्घको उपकरण सहयोगमा निर्मित रक्तसञ्चार केन्द्रको उदघाटन गर्नभयो ।
कालीगण्डकी पुल : तेह्र वर्षमा आधा काम
स्याङ्जाको कालीगण्डकीस्थित कारिकोट र गुल्मीको रुरु गाउँपालिका जोड्ने कालीगण्डकी पक्की स्टिल ट्रस पुलको १३ वर्षमा बल्ल आधा काम सकिएको छ
बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरेको छ ।
महिलामैत्री बजेट ल्याउन ज्ञापनपत्र
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लैङ्गिक सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै बजेटमा महिलासहितका सीमान्तकृत समुदायलाई समेट्ने बताउनुभएको छ ।
भक्तपुर–नगरकोट सडक स्तरोन्नति
भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
हराउँदै हलगोरु पाल्ने प्रचलन
मधेशका जिल्लामा हलगोरु पालेर खेती लगाउने प्रचलन हराउँदै गएको छ । खेतबारी खनजोतका लागि सहज रूपमा ट्याक्टर उपलब्ध हुन थालेसँगै गोरु पाल्ने प्रचलन लोप हुने अवस्थामा पुगेको हो ।
स्थानीय तहमा विद्युत् विस्तार
यहाँका छ वटा स्थानीय तहमा विद्युत् सेवा विस्तार गरिएको छ । सरकारले गाउँबस्ती उज्यालो बनाउने अभियान लिएपछि ग्रामीण बस्ती उज्यालो हुन थालेका छन् ।
मध्यभोटेकोशीको विद्युत् उत्पादन छिट्टै
सिन्धुपाल्चोककै सबैभन्दा ठुलो मध्यभोटेकोशी जलविद्युत् आयोजनाले तेस्रो पटक सुरुङ परीक्षण सकेर जेठलगत्तै विद्युत् उत्पादन सुरु गर्ने भएको छ । विद्युत् उत्पादनका लागि विसं २
अझै बनेन गुम्बा अध्ययन केन्द्र
रामेछापको खाँडादेवी गाउँपालिका–५, गोगनपानीस्थित ङग्युर साम्तेलिङ गुम्बा तथा अध्ययन केन्द्र अलपत्र बनेको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको ८० प्रतिशत र खाँडादेवी गाउँपालिकाको २० प्रतिशत आर्थिक साझेदारीमा २०७८ भदौबाट गुम्बा तथा अध्ययन केन्द्रको निर्माण सुरु भएको थियो ।
काठेपुलको भरमा यातायात
जिल्लामा पर्ने कर्णाली नदी, सहायक नदी र खोलामा १० वटा काठेपुल निर्माण गरेर यातायात सञ्चालन गरिएको छ । अत्यावश्यक ती स्थानमा पक्की पुल तथा बेलिब्रिज निर्माण अघि नबढेपछि अस्थायी काठेपुल निर्माण गरेर यातायात सुचारु गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
भलबाढी रोक्न छेकाबाँध
अनियमित वर्षा र तापमानमा वृद्धिलगायतका जलवायु परिवर्तनका कारणले गर्दा सल्यानलगायतका पहाडी क्षेत्रमा माथिल्लो भागबाट भलबाढी बगेर किसानको खेतबारीमा क्षति पुर्याउने जस्ता समस्या देखिएका छन् ।
धरातलीय यथार्थमा बजेट
बजेट अर्थात् आय र व्ययको अनुमान कहीँकतै सर्वस्वीकृत हुँदैन ।