• १९ जेठ २०८२, सोमबार

दमकमा एक लाख फलफूलका बिरुवा रोपिँदै

blog

बिरुवा लिएर रोप्न लाग्दै कार्यक्रममा सहभागि । तस्बिर : बिष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, जेठ १८ गते ।
दमकलाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ  नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीले एक लाख बिरुवा रोपण गर्ने अभियानलाई निरन्तरता दिँदै यो वर्ष २५ हजार बिरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष माओवादी केन्द्रले ५० हजार बिरुवा रोपेको थियो ।

पहिलो वर्ष सरकारी कार्यालय परिसर तथा दमकवासीको माग अनुसार निःशुल्क रुपमा ५० हजार बिरुवा रोपण गरिएको र यो वर्ष दमकको हंसेदुम्से सामुदायिक वन क्षेत्रबाट वृक्षरोपणको औपचारिक सुरुवात गरिएको हो । शनिबारदेखि सुरु भएको वृक्षरोपण दमकका १० वटै वडाभित्र दुई महिनासम्म चल्ने माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष रवि बस्नेतले जानकारी दिनुभयो ।

यो अभियान सफल बनाउन र सबैको अपनत्व सिर्जना गराउन यहाँ क्रियाशील सबै राजनीतिक दलहरुलाई संस्थागत सहभागिताका लागि लिखित रुपमा आग्रह गरिएको बस्नेतको भनाइ छ । बिरुवा उपलब्ध गराउने हाम्रो जिम्मा हो र यसमा सबै राजनीतिक दलको सहभागिता रहने जानकारी उहाँले दिनुभयो ।

गतवर्ष उन्नत जातका फलफूलका बिरुवा रोपिएको र त्यसले फल दिन सुरु गरेको माओवादी केन्द्रका दमक इन्चार्ज बेदु गौतमले बताउनुभयो । ५० प्रतिशतभन्दा बढि फलफूलका बिरुवाले उत्पादन दिन थालेको दाबी उहाँले गर्नुभयो । तीन वर्ष भित्रमा एक लाख बिरुवा रोप्ने अभियान सार्थक बन्ने उहाँको भनाइ छ ।