शेरबहादुर सार्की
बाजुरा, जेठ १८ गते । बाजुराको बडिमालिका–७ को जडाङ्गा र ४ ओलेना जोड्ने बुढीगङ्गा नदिमा राखेको बेलिब्रिज पुल आर्थिक अभावका कारण लामो सयमदेखि थन्किदै आएको छ । बुढीनन्दा नगरपालिकाको दानसाँगु खोलामा त्यो पुल सार्ने भने पनि आर्थिक अभावका कारण पुल सार्न नसिएको हो ।
पुल दानसाँगु खोलामा सार्नका लागि केही वर्ष पहिला करिब तीन करोड रुपियाँ लाग्ने अनुमानसहितको पत्र भौतिक मन्त्रालयमा पठाइएको थियो । तर मन्त्रालयबाट अहिलेसम्म रकम प्राप्त भएको छैन । रकम नआएपछि पुल दुई–चार वर्षसम्म त्यतिकै थन्किदै आएको हो ।
यता दानसाँगु खोलामा पुल नहुँदा कोल्टीमा सुचारु हुँदै आएका सवारी साधान भने अब बर्खाको समय मार्तडी रोकिने सावारी चालक बताउँछन् ।
हिउँदको महिना खोलामा पानी कम भएकाले गाडी चलाउन केही सहज भए पनि बर्खा पानीको बहाव धेरै बढ्ने भएकाले खोला तर्न निकै समस्या हुने गरेको बुढीनन्दा नगरपाकिला वडा नं –७ का स्थानीय गाडी चालक रामबहादुर कार्कीले बताउनुभयो ।
सडक मर्मत सम्भार गरेपनि खोलामा पुल नहुँदा बर्खाको समय गाडी मार्तडीदेखि कोल्टी पुगाउँन निकै समस्या हुने गरेको कार्कीले बताउनुभयो । बुढीनन्दा नगरपालिका प्रमुख जनकबहादुर बोहराले आर्थिक अभावका कारण त्यो पुल यहाँ ल्याउन नसकिएको बतानुउभयो ।
उहाँले भन्नुभयो, “त्यो पुल त्यहाँदेखि दानसाँगु सार्नका लागि झण्ड तीन करोड रकम आवश्यक छ । यति धेरै रकम हामीसँग छैन । हामीले यसका लागि धेरै पटक मन्त्रालयमा फाइल पठाएका छौँ । तर अहिलेसम्म केही जानकारी आएको छौँ ।’’
यता साँफे मार्तडी सडकखण्डअन्तर्गत पर्ने जडाङ्गा र ओलेनाबिचमा रहेको बेलिब्रिज आर्थिक अभावका कारण दानसाँगु खोलामा सार्न नसकिएको सडक डिभिजन कार्यालय अछामका प्रमुख नेत्रप्रसाद देवकोटाले बताउनुभयो ।