मधेशको विकासमा कोसेढुङ्गा
नेपालको अन्नभण्डार भनेर तराई मधेशलाई चिनिन्छ ।
समुन्नत समाजवादको बहस
नेपालमा भर्खरै सामन्ती युगको अन्त्य भए पनि पूर्ण रूपमा अन्त्य भइसकेको छैन ।
खस्कँदो पठन संस्कृति
इन्टरनेटको विस्तारले दुर्लभ सामग्रीमा पनि सहज पहुँचको अवस्था सिर्जना गर्यो ।
बजेट कार्यान्वयनमा अर्जुनदृष्टि
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपियाँको बजेट ल्याएको छ ।
श्रमजीवी पत्रकारका समस्या
नेपालको सन्दर्भमा श्रमजीवी पत्रकारको परिभाषा गरिएको धेरै भएको छैन ।
दुई दशकपछि ‘सबैलाई छोडेर’
नेपाल भाषाका गायक सज्जु मानन्धरले दुई दशकपछि आफ्नो पहिलो गीत ‘सबैलाई छोडेर’ को रिमेक गर्नुभएको छ । गीतमा दुई दशकअघिका कलाकार र निर्देशकलाई नै दोह¥याइएको छ ।
विराट साहित्य पदयात्रा
विराट नेपाल भाषा साहित्य सम्मेलन गुथीले विराट साहित्य पदयात्राको आयोजना गरेको छ ।
बदलाभावले प्रेरित ‘नरसिंहा : अवतार’
महानायकको छवि बनाउनुभएका राजेश हमालको ‘क्रेज’ दर्शकबिच अहिले पनि उस्तै छ ।
चैते धान भित्र्याउन चटारो
सप्तरीका किसानलाई चैते धान भित्र्याउने चटारो छ । यहाँका किसान एक हप्तायता चैते धान भित्र्याउन व्यस्त देखिएका हुन् ।
बजेटको सफल कार्यान्वयन आवश्यक
सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट समग्रमा राम्रो आएको भन्दै सरोकारवालाले यसको सफल कार्यान्वयनमा जोड दिएका छन् ।
सामाजिक सुरक्षा कोषबाट चौध अर्ब बयासी करोड भुक्तानी
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत १४ अर्ब ८२ करोड रुपियाँभन्दा बढी भुक्तानी गरेको छ ।
विद्युत् र सिँचाइका लागि विश्व बैङ्कले ऋण दिने
विश्व बैङ्कले नेपालका दुई परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ ।
नेपाली बिउमा छैन आकर्षण, आयातितमै भर
धानको बिउमा परनिर्भरता अन्त्य गर्न कोशी प्रदेश सरकारले सरकारी, निजी र समुदायस्तरबाट ३८ वटा बिउ उत्पादक संस्थालाई सहयोग गरिरहेको छ तर पनि किसानले नेपाली बिउलाई पत्याएका छैनन्, उनीहरूको रुचि आयातित बिउमा नै छ ।
ऊर्जाबारे बजेटमा अनपेक्षित प्रावधान
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा विद्युत् खरिदबिक्रीको विद्यमान प्रावधानमा अनपेक्षित रूपमा परिवर्तनको बुँदा आएपछि नेपालको ऊर्जा उद्यममा खैलाबैला भएको छ ।
काठमाडौँ र कर्णालीलाई सबैभन्दा धेरै अनुदान
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घ सरकारले स्थानीय तहतर्फ काठमाडौँ महानगरपालिका र प्रदेशतर्फ कर्णाली सरकारलाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने भएको छ ।
‘युवा र पुँजी पलायन रोक्नु पर्छ’
राष्ट्रिय सभाका सांसदले स्नातक तह पढ्न विदेश जान प्रतिबन्ध लगाउनुपर्ने धारणा राख्नुभएको छ । युवा र पुँजी दुवै पलायन रोक्न कानुन बनाएर संसद्ले यस प्रकारको व्यवस्था गर्नुपर्ने सांसदहरूको तर्क छ ।
कलेजो र मिर्गौला प्रत्यारोपणपछि महर्जन ‘डिस्चार्ज’
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत व्यक्तिबाट मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरिएका व्यक्ति १९ औँ दिनमा पूर्ण स्वास्थ्य लाभ गरी सोमबार ‘डिस्चार्ज’ हुनुभएको छ ।
सरकार–यातायात व्यवसायी वार्ता सहमतिनजिक
सरकार र यातायात व्यवसायीबिचको वार्ता सहमतिउन्मुख बनेको छ । आन्दोलनरत यातायात व्यवसायी, गृह मन्त्रालय र कार्यदलसँगको दिनभर पटक पटक भएको छलफलपछि साँझ अबेर दुईपक्षबिचको वार्ता सहमतिनजिक पुगेको हो ।
कञ्चनजङ्घामा आत्मीयता
भौगोलिक अखण्डता, सार्वभौम सत्ताको रक्षा, राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहने हरेक राष्ट्रका सैनिक छिमेकी सेनाप्रति सधैँ चनाखो अनि सशङ्कित हुन्छन् । जल, जमिन र आकाशसमेत आमनेसामने रहने कतिपय छिमेकी मुलुकका सेनाबिच बढ्दो तनावबाट आमसर्वसाधारण बढी पीडित भइरहेका छन् ।
जलविद्युतले फेरियो गाउँको मुहार
गाउँपालिका केन्द्र भुलभुले पुग्न मस्र्याङ्दी नदीमा बेलिब्रिज हालिएको छ । बेलिब्रिज तर्नासाथ सुरुङमार्ग हुँदै गाउँपालिकाको प्रशासकीय केन्द्र पुग्न सकिन्छ ।
सीमावर्ती जिल्लाका प्रमुखद्वारा सहकार्य गर्ने प्रतिबद्धता
नेपाल–भारत सिमाना जिल्ला समन्वय समितिको बैठकका सहभागीले दुवै मुुलकबीच अन्तरदेशीय अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
खाद्य स्वच्छता दिवस मनाइँदै
काठमाडौँ, जेठ १९ गते । ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज यहाँ पत्रकार सम्मेलन गरी विश्वमा खाद्य स्वच्छता दिवस मनाउनुअघिदेखि नेपालमा यससम्बन्धी कार्यक्रम गरिँदै आएको जनाएको छ । विसं २०६५ देखि विभागले दिवस मनाउन सुरु गरेको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो । सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष ७ जुनका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । विभागले यही जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी रूपमा विविध कार्यक्रम गरी दिवस मनाउने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हरेक वर्ष विश्वमा अस्वच्छ एवं दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका २०० बढी रोग लाग्ने गरेको छ । प्रत्येक दश जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन् । चार लाख २० हजार मानिस खाद्य जनित रोगबाट मृत्यु हुने गरेका छन् । झाडापखालाबाट करिब ५५ करोड बिरामी हुने र दुई लाख ३० हजार मानिसको मृत्यु हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एण्टिबायोटिकको अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या छ । संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हकको सुनिश्चितता गरेको छ । संविधानबमोजिम सङ्घीय संसद्ले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ जारी गरेको छ । मानव स्वास्थ्यको रक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र प्रभावकारी नियमनको व्यवस्था गरेको छ ।
नयाँ बनाउनुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालन गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नयाँ अस्पताल निर्माण गर्नुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ ।
डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने
ओस्लो, जेठ १९ गते । डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने सवारी रहेका छन्। यो तथ्यांकले हरित यातायातप्रतिको जनचासो बलियो रहेको देखाएको छ, यद्यपि आगामी कर प्रणालीबारे अनिश्चितता रहेको जनाइएको छ।मोबिलिटी डेनमार्कु नामक यातायात सम्बन्धी संस्थाले आइतबार सार्वजनिक गरेको विवरणअनुसार, मे महिनामा डेनमार्कमा १७ हजार ९५३ वटा नयाँ यात्रुवाहक सवारी दर्ता गरिए, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २३।३ प्रतिशतले बढी हो। तीमध्ये ६१ प्रतिशत सवारीहरू विद्युतबाट सञ्चालन हुने रहेका थिए। निजी खरिदकर्ताहरूमा विद्युत सवारीको अनुपात अझै उच्च रहेको बताइएको छ।संस्थाका प्रमुख म्याड्स रोर्विगले भन्नुभयो, “जनतामा नयाँ प्रविधिप्रतिको रुचि, विशेषगरी हरित प्रविधिप्रति आकर्षण रहेको देखिएको छ। तर आगामी समयको कर व्यवस्था कस्तो हुने भन्ने स्पष्ट नभएकाले ग्राहकहरू निर्णय लिन हिचकिचाइरहेका छन्।”हालको बिक्री वृद्धि मुख्यतया अघिल्लो महिनाहरूमा गरिएको अर्डरको परिणाम रहेको जनाइएको छ। अहिले करसम्बन्धी अन्योलले ग्राहकहरूलाई सवारी खरिदमा रोकिरहेको बताइएको छ।यसैबीच, डेनमार्कको कर मन्त्रालयले हालै घोषणा गरेको छ कि सन् २०२५ को अन्त्यसम्म सवारी कर नबढाइनेछ र ग्रीष्म अवकाशअघि राजनीतिक दलहरूसँग छलफल गरिनेछ। यस घोषणाले बजारमा केही स्थिरता ल्याउने अपेक्षा गरिएको छ।मे महिनामा सबैभन्दा धेरै बिक्री भएको सवारी स्कोडा एलरोक हो, जसको १ हजार ४५७ वटा बिक्री भएको थियो। अन्य लोकप्रिय मोडेलहरूमा भोल्क्सवागन आईडी। ४, टेस्ला मोडल वाइ, र भोल्क्सवागन टी(रोक रहेका छन्।डेनमार्कको अहिलेको सवारी कर प्रणालीले शून्य प्रदूषण गर्ने सवारीहरूलाई विशेष छुट दिएको छ। यस्तो सवारी सन् २०२५ भित्र दर्ता गरिएमा निर्धारण गरिएको करमध्ये केवल ४० प्रतिशत मात्र तिर्नुपर्ने व्यवस्था छ। यो छुट क्रमशः घट्दै सन् २०३५ मा पूरै कर लाग्ने व्यवस्था गरिएको छ।त्यस्तै, शून्य प्रदूषण गर्ने सवारीमा कर गणनाका क्रममा १ लाख ६५ हजार डेनिस मुद्रा बराबरको छुट पनि दिइन्छ। विशेषज्ञहरूका अनुसार डेनमार्कको कर नीतिले पछिल्ला वर्षहरूमा विद्युत सवारीप्रति आम नागरिकलाई आकर्षित गराउन ठूलो भूमिका खेलेको छ। आगामी कर नीतिमा गरिने परिवर्तनहरूले आम उपभोक्ता र सवारी उत्पादक दुवैका लागि गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ।