विपद् जोखिम न्यूनीकरणलाई १७ हजार ७ सय सुरक्षाकर्मी परिचालन
सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको नेपाली सेना बाहेक १७ हजार सात सय जनशक्ति परिचालन गर्ने भएको छ ।
मरिचखेतीले फेरियो बास्तोलाको दैनिकी
उत्पादनको सम्भाव्यता र बजारको मागलाई बुझेर कृषि कर्ममा लाग्ने हो भने जीविकोपार्जनका लागि विदेसिनु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिनुभएको छ । पोखरा महानगनपालिका–२८ स्याङखुदी टारीका कृषक सूर्यमोहन बास्तोलाले बाँझिएको भिरालो पाखोमा सुरु गरेको मरिच खेतीबाट राम्रो आम्दानी गरेर सबैका लागि अनुकरणीय बन्नुभएको हो ।
नेप्सेमा उच्च अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६५८ दशमलव ९३ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ३२ प्रतिशतको गिरावट हो ।
हावाहुरीले ढालेका विद्युत पोलबाट जोखिम
एकसाताअघिदेखि झापाको विभिन्न ठाँउमा आएको हावाहुरी तथा वर्षाले विद्युतका पोलहरु लडाउने, बङ्ग्याउने र तारहरु लत्रने भएकाे छ । मुख्य सडक तथा अन्य ग्रामिण सडक आसपासका अधिकांश विद्युतका पोलहरु धरापमा परेका छन् ।
कालिन्जोर खोलामा पक्की पुल, आवतवाजत सहज
सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानीपुरस्थित कालिन्जोर खोलामा पक्की पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ ।
'सामुदायिक विद्यालय सशक्त बनाउनुपर्छ'
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा समुन्नत राष्ट्र निर्माणका लागि महत्वपूर्ण आधार भएकाले सामुदायिक विद्यालयलाई थप सशक्त बनाउन सबै तहका सरकार, नीति निर्माता, स्थानीय समुदाय र सरोकारवाला बिच समन्वय एवम् सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
किसानले ५० प्रतिशत अनुदानमा मल पाउने
जुम्लाका किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण गरिने भएको छ ।
पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
लहान नगरपालिका–२० स्थित मलहन्वाकी चन्द्रमाला सिंह २०४७ सालदेखि महिला स्वास्थ्य स्यवंसेविकाको भूमिकामा हुनुहुन्छ । गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गराउन सचेत गराउने उहाँको मुख्य जिम्मेवारी हो ।
नागरिकलाई कानुन सिकाउँदै प्रहरी
'प्रहरी मेरो साथी' भन्ने नेपाल प्रहरीको नारालाई ग्रामिण क्षेत्रमा पुर्याउन सुरु गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालीकोटका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीले नागरिकलाई कानुनका विषयमा जानकारी गर्ने अभियान थालेका छन् ।
‘पर्यटक आकर्षित गर्न सम्पदाको प्रचारप्रसार आवश्यक’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पर्यटक आकर्षित गर्न प्रचारप्रसार आवश्यक रहेको बताउनुभएको छ
चर्दाचर्दै ६ भैँसी मरे
कपिलवस्तुको विजयनगर गाउँपालिका–५, नौरङ्गियामा घाँस चर्दै गरेका ६ वटा भैँसीको ज्यान गएको छ । स्थानीय रामकिशोर यादवले छिमेकी शिवनाथ यादवको खेतमा चराउन लगेका भैँसीको मृत्यु भएको थियो ।
राप्ती प्रादेशिक अस्पताल : अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको अनुमति भए पनि १४४ शय्या सञ्चालन गरिरहेको छ । विक्रम संवत् २०६५ मा अस्पतालले ५० शय्याको अनुमति पाएको हो ।
डेनमार्कका गैरआवासीय राजदूत क्रिस्टेनद्वारा 'रासस फोटो' प्रदर्शनी अवलोकन
नेपाल भ्रमणमा रहनुभएका नेपालका लागि डेनमार्कका गैरआवासीय राजदूत रासमस अविल्डगार्ड क्रिस्टेनले आज राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयको भ्रमण गरी राससद्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अभिरुचिपूर्वक अवलोकन गर्नुभएकाे छ ।
यातायात बन्दले यात्रुलाई सास्ती
सरकार र यातायात व्यवसायी महासङ्घबिच सोमबार राति ७ बुँदे सहमति भई यातायात सञ्चालन हुने भनिए पनि मङ्गलबार बर्दियामा यातायात सञ्चलन नुहँदा यात्रुहरू सङ्कटमा परेका छन् ।
मनसुन सम्बन्धी जोखिमबाट सुरक्षित रहन स्थानीय प्रशासनको आग्रह
देशमा यस वर्षको मनसुन भित्रिसकेको अवस्थामा सम्भावित यसबाट हुनसक्ने जोखिमबाट सुरक्षित रहन स्थानीय प्रशासनले अनरोध गरेको छ ।
आगलागीबाट झण्डै १२ लाखको क्षति
मकवानपुरको भीमफेदी गाउँपालिका –८ धार्की, खन्कालेकमा घर, गोठमा आगलागी हुँदा सुन, नगदसहित ११ लाखभन्दा बढी क्षतिको क्षति भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल भवन निर्माण हुने
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल भवन निर्माण हुने भएको छ ।
युक्रेन र रुसबिच कैदी आदानप्रदानमा सहमति
युक्रेन र रुसबिच कैदी आदानप्रदानमा सहमति भएकाे छ ।
परराष्ट्रमन्त्री डा. राणा धनगढीमा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढी आइपुग्नु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आजबाट आयोजना गरिरहेको पूर्व लगानी तथा विकास सम्मेलनमा सहभागी हुन उहाँ धनगढी आइपुग्नु भएको हो ।
सडक निर्माणको माग गर्दै चक्काजाम
सप्तरी सदरमुकाम राजविराजको मुख्य सडकमा मङ्गलबार स्थानीय युवाहरूले चक्काजाम गरेका छन् । स्थानीय तह, ठेकेदार तथा प्रशासनको लापरबाहीले समयमा सडक निर्माण हुन नसक्दा सर्वसाधारणले सास्ती व्यहोर्नुपर्ने भन्दै स्थानीय युवाहरू आक्रोशित भएर चक्काजाम गरेका हुन् ।
कुमाख लेकसम्म पुग्न पदमार्ग निर्माण
सल्यानको दोस्रो अग्लो लेकको रूपमा परिचित प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य कुमाख लेकसम्म पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ ।
महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा
यहाँको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
पर्यटन क्षेत्र ब्युँताउँदै चौतारा
विनाशकारी भूकम्पले ध्वस्त भएको चौताराको पुरानो बजारले लय समात्ने प्रयत्न गरेको छ । पुरानै शैलीमा बजार ब्युँझन थालेपछि पर्यटकको चहलपहलसमेत वृद्धि हुन थालेको स्थानीयले बताउन थालेका छन् ।
पर्यटक लोभ्याउने पार्क र गुलमोहर
ढकमक्क फुलेको गुलमोहर फूलले बागलुङ नगरपालिका–१, बाङेचौरस्थित सहिद स्मृति पार्क र मदन–आश्रित स्मृति पार्कपरिसर गुल्जार बनेको छ ।