• ३० असार २०८२, सोमबार

पशुको मासु नखाइ पनि जीवन जिउन सकिन्छ

blog

राष्ट्रिय पशुपक्षी अधिकार दिवस मनाउन भेला भएका अभियान्ताहरू।

काठमाडौँ, जेठ १८ गते । अभियन्ताहरूले पशुपक्षीलाई कष्ट नदिईकन, पशुको माछा मासुलगायत भोजन नखाइ पनि जीवन जिउन सकिन्छ भन्ने बारेमा जोड दिएका छन् । 

शनिबार धर्मचक्र पार्क (भगवान् पाउ पार्क), स्वयम्भूमा एनिमल सेभ नेपालको आयोजनामा राष्ट्रिय पशुपक्षी अधिकार दिवस (नार्ड) मनाउने क्रममा यस्तो विचार राखिएको हो ।

नेपाल साकाहारी सङ्घका अध्यक्ष कृष्ण गुरुङको गीत प्रस्तुति र रघु आदित्यले लेखेको पुस्तक ‘शाकाहार तर्काधार’ सार्वजनिक गरियो। 

कार्यक्रममा कथाघेरा प्रोडक्सनद्बारा रचित ‘एनिमल फार्म’ को एडप्टेसनबाट एक गीतको विशेष प्रस्तुति रह्यो। 

शाकाहारी जीवनशैलीबारे नेपाल र विश्वभर भइरहेका प्रगतिबारे पनि सहभागीहरूलाई जानकारी दिइयो। तुलनात्मक रूपमा पशु हिंसाबारे जनमानसमा पहिलेभन्दा बढी चेतना बढ्दैछ। कानुनमा पनि केही सुधार हुँदै छन्।

कार्यक्रमको सुरुवात बुद्ध पार्क (स्वयम्भू गेट) बाट भगवान् पौ पार्कसम्मको शान्तिपूर्ण र मौन पदयात्राबाट भयो। पशु अधिकारकर्मी र सहानुभूति राख्नेहरूले एकजुट भई पदयात्रा गर्दै पशुपक्षीका अधिकारका लागि वकालत गरे र उनीहरूको पीडाबारे राखेका थिए ।

 भगवान् पाउ (धर्मचक्र पार्क)मा पुगी सहभागीहरूले पशुका पीडा पोख्ने खालका कथा र कविता वाचन गरे। मौन धारण, फूल चढाउने र दियो बाल्ने कार्यसँगै पशु अधिकारको घोषणापत्रसमेत पढिएको थियो।