• १२ पुस २०८२, शनिबार

अवैध पेट्रोल बेच्ने पक्राउ

blog

अर्जुन काफ्ले

स्याङ्जा, पुस १२ गते । अवैध रूपमा अति प्रज्वलनशील पदार्थ (पेट्रोल) को सञ्चय तथा बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले फेदीखोला गापावडा नं.-२ फेदखोलाका ४२ वर्षीय गंगा प्रसाद पौडेललाई पक्राउ गरेको हो ।

प्रहरीले फेदखोला बजारको गंगा एग्रोभेट पसलमा अवैध रूपमा बिक्री गर्ने उद्देश्यले लुकाइछिपाइ सञ्चय गरि राखिएको २४.५ लिटर पेट्रोल सहित पौडेललाई पक्राउ गरेको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिनुभयो । 

पौडेललाई नियन्त्रणमा लिई कालोबजार सम्बन्धी कसूर मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्कीले बताउनुभयो ।

 पौडेल यसअघि पनि अवैध रूपमा पेट्रोल बिक्रीबितरण गरेको कसूरमा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट बीसहजार जरिवाना गरी छाडिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।