काठमाडौँ, चैत २५ गते । नेपालले घरेलु मैदानमा आइसिसी विश्वकप लिग–२ का दुई वटा त्रिकोणत्मक सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले वैशाख १२ देखि २२ गतेसम्म ओमान र संयुक्त अरब इमिरेट्स (युएइए) तथा वैशाख २९ देखि ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग सिरिज खेल्ने तय भएको हो ।
नेपाल, ओमान र युएईसम्मिलित सिरिज यसअघि अमेरिका र इरान यद्धका कारण खाडीमा देखिएइको सङ्कटाका कारण रोकिएको थियो । दुवै सिरिज कीर्तिपुर मैदानमा हुने छ । सिरिजको तालिका अनुसार नेपालले वैशाख १२ गते युएई, १६ गते ओमान, १८ गते युएई र २२ गते ओमानसँग खेल्ने छ ।
यस्तै अर्को सिरिजमा नेपालले वैशाख २९ गते स्कटल्यान्ड, जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्ने छ । सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोटका लागि सन् २०२४ बाट आठ टोलीले प्रस्पिर्धा गरिरहेका छन् ।
हाल २४ खेलमा १८ खेल जितेको अमेरिका ३६ अङ्कसहित शीर्षस्थानमा छ । २६ खेलबाट ३२ अङ्क बनाएको स्कटल्यानन्ड दोस्रो, २४ खेलबाट २७ अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो र २२ खेलबाट २७ अङ्क बनाएको ओमान चौथो स्थानमा छ ।
२४ खेलबाट २७ अङ्क बनाएको क्यानडा पाँचौँ, २६ खेलबाट २० अङ्क बनाएको नामिबिया छैटौँ, २० खेलबाट १२ अङ्क बनाएको नेपाल सातौँ र २० खेलबाट १० अङ्क बनाएको युएई आठौँ तथा अन्तिम स्थानमा छ ।
हरेक टोलीले ३६ खेल खेलेपछि शीर्षचारमा रहने टोली विश्वकपमा सोझै छनोट हुने छन् । बाँकी चार टोलीले छनोटका लागि प्लेअफ खेल्ने मौका पाउने छन् ।