• २५ चैत २०८२, बुधबार

राष्ट्रिय सभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस

blog

राष्ट्रिय सभा बैठक । तस्बिर : अनुप प्रधान

काठमाडौँ, चैत २५ गते । राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।

सभाको आजको बैठकमा प्रधामन्त्री वालेन्द्र शाहको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले आयोगको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो । 

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद्को मर्यादामा हेरफेरसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही चैत २७ गते शुक्रबार अपराह्न ४ः१५ बस्ने छ । रासस