• २० जेठ २०८२, मङ्गलबार

बालिकाको जलेर मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, जेठ १८ गते । सर्लाहीको हरिपुर नगरपालिका–१, हजार बिघामा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । हरेराम महतोकी छोरी चार वर्षीया लक्ष्मीकुमारी महतोको आगोले जलेर मृत्यु भएको हो । 

जेठ १५ गते बिहान आफ्नै घरमा चुल्होमा कुँडो पकाइरहेका बेला बालिका खेल्ने क्रममा आगोमा परेकी थिइन् । 

आगोले कम्मर पछाडिपट्टीको भाग जलेर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा आइतबार राति बर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईले जानकारी दिनुभयो । 

बालिकालाई परिवारले बरहथवास्थित नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पुर्‍याएका थिए ।