अमेरिका र फिलिपिन्सद्वारा सैन्य जानकारी आदान प्रदान गर्ने सम्झौता
अमेरिका र फिलिपिन्सका रक्षा प्रमुखहरुले सोमबार वर्गीकृत सैन्य सूचना र प्रविधि आदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
आगलागी पीडितलाई राहत वितरण
तेह्रथुमको आगलागी पीडितलाई तेह्रथुम सरोकार समाज काठमाडौले राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुममा सोमबार एक कार्यक्रमको आयोजना गर्दै समाजले जिल्लाका बिभिन्न ५ वटा पालिकाका ५३ घरधुरी आगलागी पीडितहरुलाई राहत रकम वितरण गरेको हो ।
मनाङ र चर्च ब्वाइजको गोलरहित बराबरी
मनाङ मस्र्याङ्दी र चर्च ब्वाइज क्लबले ललित स्मृति एन्फा यु–१८ फुटबल लिगमा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।
जिसस ओखलढुङ्गा प्रमुखमा भट्टराई निर्विरोध
जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार टेकाराज भट्टराई निर्विरोध चयन हुनुभएको छ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार भएको उम्मेदवारी दर्तामा जिल्ला समन्वय समितिको प्रमुख पदमा भट्टराईको मात्र उम्मेदवारी परेको थियो । यससँगै उहाँ एकल उम्मेदवार हुनुभएको हो ।
स्थानीय तहलाई आयोगको आठ बुँदे निर्देशन
निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न सबै स्थानीय तहलाई आठ बुँदे निर्देशन दिएको छ ।
मेची–महाकाली साइकल यात्रा
मकवानपुरको हेटौडाका तीन जनाले मेची–महाकाली साइकल यात्रा सुरु गरेका छन् । जलवायु न्यायका लागि भन्दै उहाँहरुले मेची–महाकाली साइकल यात्रा गरेका हुन् ।
यु–१९ कप्तान पूजाको सम्मानमा शोभायात्रा
नेपाललाई पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान दिनुभएकी कप्तान पूजा महतोलाई जन्म थलोमा शोभायात्रासहित सम्मान गरिएको छ ।
शतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्रालय अन्तर्गत निकायको चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासिक प्रगति समिक्षामा मन्त्री विद्या भट्टराईले शतप्रतिशत नतिजा निकाल्नेगरी काम गर्न निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तर प्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गर्नुभएको छ ।
तरकारीमा उत्पादन घटेपछि परनिर्भर बन्दै लहान
केही वर्ष पहिले तरकारी उत्पादनमा आत्मनिर्भर रहेको लहान यतिबेला परनिर्भर हुन थालेको छ । लहानको मुख्य चोकमा रहेको तरकारी बजारमा साँझ बिहान तरकारी खरिद गर्नेहरूको भिड लागेको हुन्छ ।
व्यवसायी पौडेलको शव फेला
सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको खाम्दिमे बजारमा औषधी (मेडिकल) व्यवसाय गर्दै आउनुभएका गौरीमान पौडेलको शव फेला परेको हो ।
रूसविरूद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न स्वीकृति
अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रुसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिनुभएको छ ।
पशुपालक किसानलाई सोलार वितरण
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ फावाखोलाको हर्कटे क्षेत्रमा पशुपालन पेसा गर्दै आएका किसानलाई सोलार बत्ती वितरण गरिएको छ ।
एन्टिबायोटिकको दुरुपयोग रोक्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधीको असरलाई न्यूनीकरण गर्न (फैलावट रोक्ने) आफ्नो तहबाट सक्दो पहल गर्न सबैसँग आग्रह गर्नुभएको छ ।
करेन्ट लागेर बालिकाको मृत्यु
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका –३ साँघुका साङ्गे शेपाकी ७ वर्षीया छोरी मन्सिरी शेर्पाको करेन्ट लागेर मृत्यु भएको हो ।
राजनीतिमा नयाँ पुस्ता आवश्यक : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा नयाँ पुस्तालाई आकर्षण गर्नुपर्ने बताउनुभएको छ ।
मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा
पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो ।
पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
श्रीलङ्कालाई एक खेल अगावै सिरिज
न्युजिल्यान्डविरुद्ध तीन खेलको एक दिवसीय घरेलु टोली श्रीलङ्काले एक खेल अगावै जितेको छ ।
प्रतिजैविक प्रतिरोधका कारण हरेक वर्ष करिब सात लाख मानिसको मृत्यु
विश्व स्वास्थ्य सङ्गठन अनुसार अनुसार यदि यो समस्याको सुधारका उपायहरू नअपनाएमा यो सङ्ख्या सन् २०५० सम्म एक करोड पुग्न सक्ने र विश्वव्यापी आर्थिक क्षति एक सय ट्रिलियन अमेरिकी डलर बराबर हुन सक्ने अनुमान गरेको छ ।
ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
पृथ्वी राजमार्ग हुँदै काठमाडौँतर्फ जाँदै गरेको ग्यास बुलेटको ठक्करबाट सोमबार एक महिलाको मृत्यु भएको छ ।
जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गादेशलाई आग्रह गरेको छ ।
धनगढीमा सुदूरपश्चिम रोयल्सको र्याली
नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा आज र्याली प्रदर्शन गरेको छ । रोयल्सले धनगढीको चौराहादेखि रङ्गशालासम्म र्याली प्रदर्शन गरेको हो ।
प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको प्रस्ताव
गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेन्डा समावेश गर्न प्रस्ताव गरेको छ ।