अन्नपूर्णमा आरोहण सुरु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको छ ।
गुल्मीमा ४८.६ प्रतिशतले गराए स्वास्थ्य बिमा
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ यस जिल्लामा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो ।
दुर्लभ अवस्थामा काकडसिङ्गी, संरक्षणका लागि अभियान सञ्चालन
कर्णालीका केही जिल्लामा मात्र पाइने बहुउपयोगी वनस्पति काकडसिङ्गीको संरक्षणका लागि सल्यानमा अभियान चलाइएको छ ।
लमजुङमा चैते धान खेती घट्दै
विगतको तुलनामा लमजुङमा चैते धान खेती घट्दै गएको छ । विगतमा ६ हजार हेक्टर जमिनमा चैते धान खेती गरिएपनि आजभोली मुस्किलले सय हेक्टरमा मात्र खेती हुँदै आएको छ ।
प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
इन्द्रसरोवरमा नौका विहार
नेपालको सबैभन्दा ठुलो मानव निर्मित जलाशयका रूपमा परिचित इन्द्रसरोवर तालमा यो मौसममा जल विहार गर्नेको घुइँचो देख्न सकिन्छ । काठमाडौंबाट करिब ३२ किलोमिटरमै पुग्न सकिने भएरकाले पनि इन्द्रसरोवर ताल पहिलो गन्तव्यको रुपमा लिने गरेको छ ।
धौलागिरी अस्पतालमा ग्रामीण प्रसूति भिडियो एक्सरे तालिम साइट सञ्चालनमा
धौलागिरि प्रादेशक अस्पताल बागलुङमा ग्रामीण प्रसूति भिडियो एक्सरे तालिम साइट सञ्चालनमा ल्याइएको छ । यो तालिम साइट गण्डकी प्रदेशकै पहिलो र देशभरमा तेस्रो हो । यसअघि झापाको आम्दा अस्पताल र बाँकेको भेरी अस्पतालमा ग्रामीण प्रसुती भिडियो एक्सरे तालिम साइट सञ्चालनमा छन् ।
चौथो राष्ट्रव्यापी खुल्ला चेस पथरीशनिश्चरेमा
शहिद रत्नकुमार वान्तवा राष्ट्रिय चेस प्रतियोगिताको चौथो संस्करण चैत २७ देखि ३० गतेसम्म हुने भएको छ ।
इजिप्ट र साउदी विदेशमन्त्रीबिच गाजा युद्धविराम प्रयासबारे छलफल
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उहाँका साउदी समकक्षी फैसल बिन फरहान अल साउदले गाजा पट्टीमा युद्धविराम सम्झौता पुनः सुरु गर्ने प्रयासहरूको बारेमा छलफल गर्नुभएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ताप्लेजुङका स्थानीय तहद्वारा प्रदेश सरकारको ध्यानाकर्षण
ताप्लेजुङका तीन वटा स्थानीय तहले कोशी प्रदेश सरकारले कार्यान्वयन गर्न लागेको कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् ।
दस लाखभन्दा बढिको अवैध कपडासहित गाडि नियन्त्रणमा
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाहि गाउँबाट सशस्त्र प्रहरीले करिब १० लाख आठ हजार रुपियाँ बराबरको लत्ताकपडासहित गाडि नियन्त्रणमा लिएको छ ।
मातृ तथा शिशु मृत्युदर घटाउन अभियान
लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश सरकारले अभियान सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशमा मातृशिशु मृत्युदर बढिरहेकाले त्यसलाई घटाउन प्रदेश सरकारले पाल्पासहित तीन जिल्लाबाट अभियानको थालेको हो ।
दुर्गम गाउँ लिस्तिमा आधुनिक स्वास्थ्य चौकी
सिन्धुपाल्चोककै अति दुर्गम गाउँ भोटेकोशी गाउँपालिका–१ लिस्तिमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण भई सञ्चालनमा आएको छ । भारतीय दूतावासको एक करोड ८७ लाख आर्थिक सहयोगमा लिस्तिमा आधुनिक स्वास्थ्य चौकी निर्माण भएको हो ।
गैंटीले खनेको ग्वाल्लेक सडक कालोपत्रे
स्थानीयवासीले गैंटी, कोदालो र सम्बल प्रयोग गरी तीन वर्षमा निर्माण गरेको ३२ किलोमिटर सडक सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रे गरिदिएको छ ।
सुन्तला खेती विस्तार गर्ने किसानलाई अनुदान
यहाँका किसानले सुन्तला खेती गरे वापत करिब एक करोड अनुदान पाएका छन् । कृषि ज्ञानकेन्द्र तनहुँले सुन्तला खेती प्रवद्धन गर्न किसानलाई अनुदान दिएको हो ।
छिटो सास किन फेर्छौं ?
हामी मामाघर जाँदा आमालाई जित्ने भन्दै उकालोमा दौड्दै माथि पुग्थ्यौँ ।
खानेपानी आयोजना अलपत्र
बजेट अभावमा करिब पाँच दर्जन खानेपानी आयोजना बर्सौंदेखि अलपत्र परेका छन् ।
डढेलो प्रभावित क्षेत्र, मेलामा भक्तजनको आँखामा समस्या
दुई सातादेखि वायुप्रदूषणले गर्दा स्थानीय जनजीवन प्रभावित भएको छ । बिहानदेखि साँझसम्मै तुवाँलो लागेर मौसम खुल्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन सबै स्थानमा डढेलोले वन सखाप बनाएको छ ।
एकीकृत नमुना बस्तीमा झाडी
गुल्मीको मदाने गाउँपालिका–३, सिर्सेनीकी माया विश्वकर्मा नमुना बस्तीमा चार/पाँच महिना मात्रै बस्नुभयो । घर पाउँदा खुसी नहुने कुरै भएन तर बारी पुरानै गाउँमा थियो । सहरमा जस्तै घरमा मात्रै बसेर मायालाई पुग्थेन ।
गुठिचौरमा अवैध रूपमा गिट्टी बालुवा उत्खनन
गुठिचौर गाउँपालिका वडा नम्बर २ कोल्तेस्थित पर्यटकीय क्षेत्र गुठिचौरमा अवैध रूपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ । गुठिचौर उपत्यकामा बग्ने खोलाहरुबाट निर्माण व्यवसायीहरुले मनमर्जी रुपमा गिट्टी बालुवा उत्खनन गरिरहेका छन् ।
सिकार खेल्न आइपुगे विदेशी सिकारी
ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न वर्षको दुई पटक विदेशी सिकारी नेपाल आउने गर्छन् । यस वर्ष फागुन–चैतको दोस्रो सिकारयाम सुरु भएसँगै ढोरपाटनमा विदेशी सिकारी आउने क्रम सुरु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ ।