बारा, चैत २५ गते । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाहि गाउँबाट सशस्त्र प्रहरीले करिब १० लाख आठ हजार रुपियाँ बराबरको लत्ताकपडासहित गाडि नियन्त्रणमा लिएको छ ।
बा.प्र.०१–०२७ च ८५०३ नम्बरको टाटा पिकअप गाडिमा वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवी मन्दिर नजिकबाट लोड गरी जितपु–सिमरातर्फ २० बोरा लत्ताकपडा लैजान लागेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सुरक्षा फौजले भन्सार छलिको कपडा र गाडी सोमबार नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी नायब एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले गाडिलाई पिछागर्दै आएपछी भलुवाहिमा गाडी छाडेर चालक फरार भएको जानकारी दिनुभयो । बरामद गरिएको सर्टिङ सुटिङको कपडा तथा साडी र पिक अप आवश्यक कारबाहिका लागि वीरगञ्ज भन्सार कार्यायमा बुझाइएको छ ।
बरामद गाडिको भन्सार दाखिला मूल्य २५ लाख र लत्ताकपडाको मूल्य १० लाख आठ हजारसहित जम्मा भन्सार दाखिला मूल्य ३५ लाख आठ हजार कायम गरी भन्सार कार्यालयमा बुझाइएको सहायक प्रवक्ता थापाले जानकारी दिनुभयो ।