नेपाल र बङ्गलादेशबिच जलवायुका विषयमा सहकार्यको महत्त्व छ : मन्त्री शाही
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता भएको छ ।
प्रतिजैविक औषधीको उचित प्रयोग गर्न आह्वान
प्रतिजैविक औषधीको उचित प्रयोग गर्न आह्वान गरिएको छ । प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२४ का अवसरमा विशेष सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले प्रतिजैविक औषधीको उचित प्रयोग गर्न आह्वान गर्नुभएको हो ।
इन्दु काठमाडौँको ब्रान्ड एम्बेसडर
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमाडौँ गुर्खाजको ब्रान्ड एम्बेसडर बन्नुभएको छ ।
पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा कांग्रेसले मङ्गलबार कार्यालय बन्द गर्ने
नेपाली कांग्रेसले पूर्वसभामुख एवम् पार्टीका नेता दमननाथ ढुङ्गानाको निधनको शोकमा मङ्सिर ४ गते पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
चेक बाउन्स मुद्दामा लामा पक्राउ
चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलान्चोकको तेमाल घर भई हाल काठमाडौँ महानगरपालिका–४ बस्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी
घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराका लागि उपयुक्त वासस्थान मानिन्छ ।
जलवायु वार्तामा गतिरोध तोड्न जी–२० मा आशा
राष्ट्रहरू सोमबार गतिरोधमा परेको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा फर्किँदैछन् । संसारको अर्को छेउमा भेला भएका जी–२० नेताहरूले गरिब देशहरूका लागि सम्झौतामा समर्थन जुटाउने आशा गरिएको छ ।
नेपाली माछाले बजार पाएन
भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । सिमाबाट भन्सार छलेर आएका माछाका कारण यहाँ उत्पादित माछाले बजार पाउन नसकेको किसानहरुले गुनासो गरेका छन् ।
नेपाल–चीनको जनस्तरमा सम्बन्ध विस्तार : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र चीनबिच अनेक ऐतिहासिक, गहिरो र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभएको छ ।
त्रिभुवन राजपथमा ट्रक दुर्घटना : चालकसहित तीन घाइते
त्रिभुवन राजपथ सडक अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित महाभीर खोल्सामा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
चौथो टी-२० नेत्रहीन विश्वकपको तयारीमा नेपाली टोली
दृष्टिविहीन पदम क्रिकेट खेल्नुहुन्छ । क्रिकेट भनेपछि हुरुक्कै हुने पदमले नेपालको प्रतिनिधित्व गर्दै पाकिस्तानमा हुन थालेको चौथो टी–२० नेत्रहीन विश्वकप प्रतियोगितामा सहभागी हुने अवसर पाएपछि अहिले बन्द प्रशिक्षणमा रहनुभएको छ ।
प्रधानमन्त्रीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ । सोमबार ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
‘सुरक्षित कर्णाली विशेष अभियान’ एक अनुकरणीय प्रयास
सूचना र प्रविधिको तीव्र विकास भइरहेका बेला पनि कर्णालीलाई दूरी र भूगोलका हिसाबले निकै जटिल एवं कठिन क्षेत्रका रुपमा हेर्ने गरिन्छ । दुःख, कष्ट, गरिबी, अशिक्षा र भोकको पर्यायका रुपमा उदाहरण दिँदा काठमाडौँको कर्णाली, सुर्खेतको कर्णाली, बाँकेको कर्णाली, पोखराको कर्णाली भनिन्छ ।
नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ ।
तेस्रोलिङ्गी माझी मृत फेला
हेटौँडा उपमहानगरपालिका –४ स्थित कमलडाँडामा एक जना तेस्रोलिङ्गी मृत अवस्थामा फेला परेका छन् । हेटौँडा –४ कमलडाँडास्थित उषा लामाको घरमा डेरा गरी बस्ने भगवती भन्ने इन्द्रबहादुर माझी (तेस्रोलिङ्गी) आइतबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गायक महर्जनको नयाँ गीत ‘मेरी सपनाकी रानी’ सार्वजनिक
गायक विजय महर्जनको ‘मेरी सपनाकी रानी’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायिका लोचन भट्टराईको प्रमुख उपस्थितिमा शनिबार एक कार्यक्रमको आयोजना गरी गायक महर्जनले गीतको भिडियो सार्वजनिक गर्नुभएको हो ।
बसको ठक्करबाट बालिकाको मृत्यु : स्थानीयद्वारा बसमा आगजनी
सुनसरीको इटहरीमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
सत्यवतीमा ३२ लाख ८१ हजार भेटी सङ्कलन
चिच्याएर वर माग्ने मेला सकिएपछि भेटी गणना सुरु गरिएको छ । पाल्पाको तिनाउ –४, सत्यवतीमा कात्तिक २७ गतेदेखि ३० गतेसम्म लागेको वर माग्ने मेलामा भक्तजनले मन्दिरमा चढाएका भेटी गणना सुरु गरिएको सत्यवती मन्दिर तथा ताल व्यवस्थापन समितिले जनाएको छ ।
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र रु पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस गर्न सक्छन् ।
‘पुष्पा २’ को ट्रेलर सार्वजनिक
अल्लु अर्जुन र रश्मिका मन्दाना अभिनीत बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ : द रुल’को ट्रेलर सार्वजनिक भएको छ ।
‘चिसो बढेसँगै घटदै छ डेंगु, जोखिम भने कायमै’
जाडो बढेसँग डेंगु सङ्क्रमित संख्या घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक हप्तादेखि डेंगु सङ्क्रमण हुनेको संख्या घट्दै गएको जानकारी दिनुभयो ।
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ ।
पूर्वसभामुख ढुङ्गानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ : मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ ।
जोखिम मोलेर पहिरो गएकै ठाउँमा बस्न बाध्य पहिरो पीडित
जुगल गाउँपालिका–१ कुनेगाउँमा असोज ११ र १२ गतेको अविरल वर्षातले गाउँको तीन घर बगायो । गाउँका अरू १२ घर उच्च जोखिममा पारेको छ ।