• २७ चैत २०८१, बुधबार

आजदेखि बोक्चे गौडा सडक पूर्णरुपमा बन्द

blog

याङ्चु कुना सडक निर्माण हुँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत २५ गते ।
कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका– १ को बोक्चे गौडा सडक सोमबार बिहान ७ बजेबाट बन्द भएको छ । पूर्व निर्णय अनुसार चैत २५ गतेबाट सो खण्डको सडक सेनाले स्तरोन्नती गर्ने कार्य सुरु गरेपछि पूर्णरुपमा यातायात सेवा बन्द भएको हो ।

बोक्चे गौडा सडक निर्माण अवधीका लागि बन्द गरिएको नेपाली सेना विकास निर्माण ार्यदलका योजना प्रमुख सेनानी अमृत पराजुलीले बताउनुभयो । अनौपचारिक रुपमा सो सडकको निर्माण यसअघि नै सुरु भइसकेको भए पनि यातायात सेवा सुचारु हुने गरी काम भइरहेको थियो । तर अब भने सडक पूर्णरुपमा बन्द गरेर सडक निर्माणलाई तीव्रता दिने उहाँको भनाइ छ ।

यस अघि सडकको सतह नमिनेका कारण कच्ची सडकमा यातायात सञ्चाल हुँदै आएका थियो ।  बोक्चे गौडा याङ्चु कुनाको आठ सय मिटर सडकको स्तरोन्नती गर्ने कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी जिम्मेवारी सेनाले पाएको थियो ।

समयमै काम सम्पन्न गर्नका लागि पनि सडक बन्द गरेर काम गरिने उहाँले बताउनुभयो । असजिलो चट्टानी भीरको सडक मिलाउन विस्फोट गर्नुपर्ने भएका कारण बेला–बेला सडक सुचारु गर्न समेत समस्या हुने सेनाले जनाएको छ । यो अवधिमा आवत जावत पूर्णरुपमा बन्द हुने छ ।