कुरिलो टिप्न जङ्गल गएका युवा भालुको आक्रमणबाट सख्त घाइते
लमजुङको क्व्होलासोथार गाउँपालिका–७, भोजेमा कुरिलो टिप्न जङ्गल जानुभएका एक युवक भालुको आक्रमणबाट सख्त घाइते हुनुभएको छ ।
सप्तरीमा एमाले अधिवेशनको तयारी पूरा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीको १० औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
टाउको नभएको अवस्थामा महिलाको शव फेला
जिल्लाको ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको बेवारिसे शव फेला परेको छ ।
समाचार कक्षलाई समावेशी बनाउनु पर्छ : अध्यक्ष लम्साल
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने बताउनुभएको छ ।
व्यास नगरपालिकाद्वारा गौरवका योजना कार्यान्वयनमा
तनहुँको व्यास नगरपालिकाले छनोट गौरवका आयोजनालाई कार्यान्वयनमा ल्याउन थालेको छ ।
देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा
देशका विभिन्न स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो विराटनगर, काठमाडौँ, पोखरा र डडेल्धुरामा हल्कादेखि मध्यम वर्षा भएको हो ।
विशिष्ट खालको समावेशी भएमात्र लोकतन्त्र सुन्दर बन्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको हरेक क्षेत्रमा विशिष्ट खालको समावेशी भएमात्र लोकतन्त्र सुन्दर हुने बताउनुभएको छ ।
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
चीनले १४५ प्रतिशत अमेरिकी कर वृद्धिको बदलामा थप कर वृद्धिको घोषणा
चीनले शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पुर्याउने बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करसँगै अमेरिकाले चीनबाट आयात गर्ने सामानमा करको दायरा १४५ प्रतिशतले वृद्धि गरेको बदलामा चीनको यो प्रतिक्रिया आएको हो ।
कैलाली बहुमुखी क्याम्पसकाे स्ववियुमा नेविसङ्घको जित
कैलाली बहुमुखी क्याम्पस (केएमसी) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा झण्डै साढे तीन दशकपछि नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले विरासत फर्काएको छ ।
तीनकुने घटनामा अनुसन्धान प्रक्रिया जारी : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजनीलगायत घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताउनुभयो ।
कर्णाली सरकारको एक वर्ष : यस्तो छ प्रगति विवरण
कर्णाली प्रदेश सरकारले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएपछि मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो वार्षिक कार्यप्रगति सार्वजनिक गर्नुभएको हो ।
नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छः अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्ने बताउनुभएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा यहाँ शुक्रबार आयोजित नेपाल–चीन आर्थिक तथा व्यापार सम्मेलनको अवसरमा उहाँले चीनले आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा चमत्कारिक प्रगति हासिल गरेको गरेको र नेपालले यसबाट लाभ लिन चाहेको बताउनुभयो ।
जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी
जिल्ला कारागार कालीकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन । विभिन्न कसुर प्रमाणित भएका र कानुनको झमेलामा परेर अनुसन्धानको क्रममा जिल्ला कारगारमा ५२ जना कैदीबन्दी छन् ।
श्री भगवतीको अपराजित यात्रा जारी
एन्फा मैदान सातदोबाटोमा शुक्रबार भएको खेलमा श्री भगवतीले बाँसबारी क्लबलाई १–० गोलले हरायो ।
फोक्सिङटार पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित
सुनकोसी नदीमा आएको बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज १२ गते सुनकोसीमा आएको बाढीले बगाएको पुल पुनर्निर्माणका लागि ३५ करोड बजेट सुनिश्चित भएको हो ।
महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैनधर्मका प्रवर्तक महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्ने प्रेरणा लिनुपर्ने बताउनुभयो ।
बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गर्नुभएको छ ।
एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरू असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताउनुभएको छ ।
हरिपुरमा हात्तीको उपद्रोबाट सर्वसाधारण त्रसित
सर्लाहीको हरिपुर नगरपालिका–२, सखुवा गाउँमा जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् ।
राजदूतको स्वागतमा अन्तु–कन्याम सिङ्गारिँदै
नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत इलामको अन्तु आउने भए पछि अन्तु र कन्याम सिङ्गारिएको छ ।
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पीट हेगसेथले जलवायु र विविधतासम्बन्धी पहललगायत ‘फजुल’ खर्चमा पाँच अर्ब १० करोड अमेरिकी डलर कटौती गर्ने बताउनुभएको छ ।
आदिवासीलाई १८ प्रतिशत कोटा छुट्टयाइएको छः स्वास्थ्यमन्त्री मगर
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मगरले लुम्बिनी सरकारले आदिवासीलाई निजामतीमा १८ प्रतिशत कोटा छुट्टयाइएको बताउनुभएको छ ।
सांस्कृतिक र राजनीतिक रूपमा नेपाल भारतसम्बन्ध महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल भारतसम्बन्ध विशिष्ट प्रकारको रहेको बताउनुभएको छ । नेपाल–भारत मैत्री सङ्घले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाल र भारतसम्बन्ध जनस्तरमै रहेको बताउनुभयो ।