• २५ चैत २०८१, सोमबार

जापानी सम्राटद्वारा द्वितीय विश्वयुद्धको युद्धस्थल इवोजिमाको भ्रमण

blog

द्वितीय विश्वयुद्ध, युद्धस्थल । तस्बिर : विकिपिडिया

इवोजिमा (जापान), चैत २५ गते । जापानका सम्राट नारुहितोर साम्राज्ञी मासाकोले सोमबार दोस्रो विश्वयुद्धको अन्त्यको ८० औँ वार्षिकोत्सव मनाउन सानो प्रशान्त टापुइवोजिमाको दुर्लभ भ्रमण गर्नुभएको छ । टोकियोबाट करिब एक हजार २५० किलोमिटर दक्षिणमा रहेको जापानी टापु सन् १९४५ मा युद्धकालीन शत्रुहरू जापान र संयुक्तराज्य अमेरिकाबिच पाँच हप्तासम्म चलेको लडाइँको स्थल थियो ।

टापुमा रहेका जापानका लगभग सबै २१ हजार सैनिक लडाइँका क्रममा मारिएका थिए भने अमेरिकी पक्षमा छ हजार आठ सयभन्दा बढी मारिएका र १९ हजार घाइते भएका थिए । जापानमा इवो-तो भनेर चिनिने टापुमा वर्षा हुँदा शाही दम्पतिले फूल चढाएर युद्धमा मरेका मानिसहरूको स्मारकमा धार्मिक रूपमा पानी खन्याउनुभयो । प्रधानमन्त्री सिगेरुइसिबार अमेरिकी रक्षामन्त्री पिटहेगसेथले गत महिना इवोजिमाको लडाइँको ८० वर्ष पुगेको अवसरमा संयुक्त रूपमा टापुको भ्रमण गर्नुभएको थियो ।

यो लडाइँले चलचित्रर पुस्तकहरूलाई प्रेरित गर्यो तर यो द्वितीय विश्वयुद्धको सबैभन्दा प्रसिद्ध तस्बिरहरूमध्ये एक-माउन्ट सुरिबाचीको भग्नावशेष ढाकेको सतहमा अमेरिकी मरिनहरूको एक समूहले अमेरिकी झन्डा फहराइरहेको देखाउने तस्बिरसँग सबैभन्दा बढी जोडिएको छ । आज यो टापु नागरिकहरूका लागि प्रतिबन्धित छ र यसको खैरो समुद्री किनारामा युद्धपोतका क्षतिग्रस्त भागहरू छरिएका छन् तथा हरियालीमा जिङ्ग लागेका परित्यक्त ट्याङ्कहरू अवस्थित छन् ।

यस दुर्गम ज्वालामुखी टापुमा युद्धमा मृत्यु भएकाहरूका अवशेष खोज्ने प्रयास जारी छ । त्यहाँ एएफपी पत्रकारले सोमबार गन्धकको गन्ध हावामा फैलिएको बताए । नारुहितोका आमाबाबु एवम् पूर्व-सम्राट अकिहितो र पूर्वसाम्राज्ञी मिचिकोले सन् १९९४ मा यस टापुको भ्रमण गर्नुभएको थियो । रासस/एएफपी