फिदिममा ट्रिटमेन्ट प्लाण्टसहितको खानेपानी ट्याङ्की
पाँचथरको फिदिम नगरपालिका १ माथ्लो गाउँ सिरानमा ट्रिटमेन्ट प्लाण्ट फिल्टर सहितको खानेपानी ट्याङकी निर्माण भएको छ । फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ट्याङ्की निर्माण गरेको हो ।
नगर प्रमुख हमाललाई मस्तिष्क घात
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि भारतको दिल्लीतर्फ लगिएको छ । शुक्रबार रातिबाट स्वास्थ्य समस्या देखिएका उहाँलाई मस्तिष्क घात भएको पुष्टि भएपछि थप उपचारका लागि दिल्ली लगिएको हो ।
राम र सीताका रूपमा श्याम र शोभाको विवाह
शुक्रबार साँझ कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा रहेको रामजानकी मन्दिरअगाडि ब्यान्ड बाजामा युवकयुवतीदेखि वृद्धवृद्धासम्म नाचिरहेका थिए ।
एक करोड बढीको सुनचाँदी र नगदसहित तीन पक्राउ
कैलालीको भजनि नगरपालिका– ५ स्थित कौवाखेडा सीमाबाट एक करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
गाउँ गाउँमा पुग्यो सडक, हुँदै छ बजार विस्तार
जिल्लाका ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् ।
जग्गा प्राप्तिको अडचन
आधुनिक विकास भौतिक पूर्वाधारमा आधारित हुन्छ । सडक, सिँचाइ, जलविद्युत्, प्रसारण लाइन, विमानस्थल, सुरुङ तथा रेल मार्ग, व्यवस्थित सहर आदि पूर्वाधार विकासका आधार हुन् ।
ठुला दललाई नै अनुमोदन
विभिन्न कारणले रिक्त भएका स्थानीय तहका ४४ स्थानमा मङ्सिर १६ गते निर्वाचन सम्पन्न भई नतिजासमेत सार्वजनिक भइसकेको छ ।
बिआरआईको आशा
नेपाल र छिमेकी मित्रराष्ट्र चीनबिचको सम्बन्ध केवल छिमेकी मुलुकको हैसियतमा मात्र नभएर प्राचीन कालखण्डदेखि नै वैवाहिक, व्यापारिक तथा कलाकारिताको सम्बन्ध रहिआएको छ ।
गाजामा युद्धविरामका लागि वार्ताको समय आएको कतारका प्रधानमन्त्रीको भनाइ
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गाजामा युद्धविराम र बन्धक आदानप्रदान सम्झौतालाई मजबुत बनाउने उद्देश्यका साथ वार्ता गर्ने समय फेरि भएको कतारका प्रधानमन्त्रीले शनिबार बताउनुभएको छ ।
दरिलो शिक्षानीति नहुँदा अन्योल
करिब ५० वर्षसम्म तदर्थवादमा अल्झिएको नेपालको शिक्षा ऐनलाई गणतान्त्रिक सङ्घीय ढाँचामा बदल्न नौ वर्षपछि विद्यालय शिक्षा विधेयक सरकारले संसद्मा दर्ता गरेको पनि १५ महिना भइसकेको छ ।
सर्वोच्च अदालतले इमरान खानको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने
पाकिस्तानको सर्वोच्च अदालतले सन् २०२३, १० मे को घटनाहरूको अनुसन्धान गर्न न्यायिक आयोग गठन गर्न माग गर्दै पीटीआईका संस्थापक इमरान खानले दायर गरेको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने समय तय गरेको छ ।
कृषिमा जलवायु परिवर्तनको प्रभाव
जलवायु परिवर्तन अहिलेको जल्दोबल्दो विषय हो ।
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको हो ।
न्यु जेनिथ दिवसको तयारी
युवामाझ चर्चित गायक समीर श्रेष्ठले न्यु जेनिथ दिवसमा प्रस्तुति दिनुहुने भएको छ ।
गलकोटका दुई सडक कालोपत्र गरिँदै
सङ्घीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–२ को नरेठाँटीबाट दुदिलाभाटीसम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न थालिएको हो ।
‘अमेरिकामा घर छ’ सार्वजनिक
अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’ को प्रचारात्मक गीत सार्वजनिक गरिएको छ ।
पलेँटीमा ‘गजल मुसायरा’
गजलकार घनेन्द्र ओझाका यी सेर विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गाइरहँदा सर्वनाम थिएटरको हल ‘वान्स मोर’ भनिरहेको थियो ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपियाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपियाँ ८१ पैसा कायम भएको छ ।
तेइस देशका कृषि इन्जिनियर सर्लाहीमा
विश्वका विभिन्न २३ देशका कृषियन्त्र परीक्षण केन्द्रमा कार्यरत इन्जिनियर सर्लाही आइपुगेका छन् ।
उद्योग प्रतिष्ठानलाई सम्मान
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको प्रत्याभूतिका लागि अनुकरणीय र असल अभ्यास गर्दै आएका उद्योग प्रतिष्ठानलाई सम्मान प्रदान गरिएको छ ।
तीन महिनामै साढे अठहत्तर खर्ब तरलता प्रशोचन
चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ७८ खर्ब ३३ अर्ब ४० करोड रुपियाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।
मेलम्चीको मुहानमा तीनतले ‘हेडवर्क्स’
सिन्धुपाल्चोकको हेलम्बुस्थित सर्कथली भन्ने ठाउँमा प्रस्तावित मेलम्ची खानेपानी आयोजनाको मुहानमा तीनतले ‘हेडवर्क्स’ निर्माण हुने भएको छ ।
हिमपात र वर्षाको सम्भावना
देशव्यापी रूपमा चिसो बढ्दै गएको छ ।
पचासी हजार जनाले लिए स्वास्थ्य सेवा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरेका करिब ८५ हजार योगदानकर्ताले कोषको योजनामा आबद्ध ९० वटा अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।