• ९ पुस २०८१, मङ्गलबार

नगर प्रमुख हमाललाई मस्तिष्क घात

blog

नगरप्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्नुभएका मन्त्री दामोदर भण्डारी र प्रदेशसभा सदस्य धर्मराज पाठक । तस्बिर : धर्मराज पाठकको फेसबुकबाट

अविनाश चौधरी
धनगढी, मङ्सिर २३ गते ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि भारतको दिल्लीतर्फ लगिएको छ ।

शुक्रबार रातिबाट स्वास्थ्य समस्या देखिएका उहाँलाई मस्तिष्क घात भएको पुष्टि भएपछि थप उपचारका लागि दिल्ली लगिएको हो । स्वास्थ्य समस्या भएपछि उहाँलाई धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा मस्तिष्क घातको उपचार सम्भव नभएकाले थप उपचारका लागि भारतको दिल्ली रेफर गरेको माया मेट्रो अस्तपतालका निर्देशक डा. मोहन साउँदले जानकारी दिनुभयो । उहाँका अनुसार हमाललाई मस्तिष्कको पक्षघातको समस्या देखिएको छ । यद्यपि, उहाँको अवस्था खतरामुक्त रहेको साउँदले बताउनुभयो ।

यसैबिच, शनिबार सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न आउनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नगरप्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकसहित अस्पताल पुगेर मन्त्रीले नगरप्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।