पारिवारिक मनमुटावको कारण श्रीमानको मिलेमतोमा श्रीमतीको हत्या
धरान उपमहानगरपालिका–६ स्थित पाचकन्या सामुदायिक वनमा मृत्त भेटिएकी धनकुटा महालक्ष्मी नगरपालिकाकी ३४ वर्षीया चुनकुमारी दाहालकाको हत्याको संलग्नमा ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
सडकमै बिस्कुन
सुनसरीको गढी गाउँपालिका–६ सत्तेरझोरास्थित बूढी खोलाको पुलमा बिहीबार बिस्कुन सुकाउँदै किसान । सडक तथा पुलमा बिस्कुन सुकाउँदा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
विवाद समाधानका लागि मेलमिलाप पहिलो शर्त : मेलमिलाप परिषद् अध्यक्ष रेग्मी
मेलमिलाप परिषद अध्यक्ष कुमार रेग्मीले स्थानीय तह मातहतका न्यायिक समिति र मेलमिलापकर्ताको सक्रियताले समाजमा हुने अनेकन झमेलाको अन्त्य हुने बताउनु भएको छ।
फक्ताङ्लुङलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। गाउँपालिकाका सात वटै वडामा रहेका लक्षित बालबालिकालाई आवश्यक खोप दिएसँगै गाउँपालिकालाई बिहीबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु
खोटाङमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ नास्तुमका ५५ वर्षका गङ्गाप्रसाद ढकालको चट्याङ लागेर मृत्यु भएको हो।
किसान महासङ्घको जिल्ला अध्यक्षमा गुरुङ चयन
ताप्लेजुङस्थित नेपाल किसान महासङ्घको अध्यक्षमा भीमबहादुर गुरुङ चयन हुनुभएको छ । नेपाली कांग्रेसको भातृ संस्थाको रूपमा रहेको महासङ्घको चौथो जिल्ला अधिवेशनले गुरुङ अध्यक्ष रहेको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि सुनकोशीले जित्यो
ओखलढुङ्गा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सुनकोशी गाउँपालिकाले जितेको छ ।
खकलुङममा साम्पाङ राईको केन्द्रीय सम्मेलन हुने
साम्पाङ राईहरूको उद्गमस्थल खोटाङको बासपानीमा वैशाख १३ गते साम्पाङ राईहरूको केन्द्रीय सम्मेलन हुने भएको छ ।
विद्यालयमा छ लाखको अक्षयकोष स्थापना
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका एक परिवारले दुई वटा विद्यालयमा छ लाख रुपियाँ बढीको अक्षयकोष स्थापना गर्नुभएको छ ।
सुनसरीमा सामाजिक सद्भाव विषयक संवाद
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ मा सामाजिक सद्भाव विषयक संवाद गरिएको छ ।
१९ जोडीको दाइजोमुक्त सामूहिक विवाह
झापामा एकैसाथ बुधवार १९ जोडीको दाइजो र तडकभडकमुक्त रूपमा सामूहिक विवाह भएको छ । पूर्वको पशुपतिनाथले परिचित रहेको अर्जुनधारा जलेश्वर धाममा पञ्चेबाजा घन्काउँदै कोशी प्रदेशका १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह भएको हो ।
संरक्षणको पर्खाइमा सिर्जना पार्कका मूर्ति
कोशी प्रदेशको पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले छ वर्षअघि निर्माण सुरु गरिएको मोरङको बेलबारी–१०, भाउन्नेस्थित सिर्जना पार्क बजेट अभावमा अलपत्र परेको छ । २०७५ सालको फागुन ३
तीर्थस्थलको प्रचारमा धार्मिक गुरु र जनप्रतिनिधि
वराहक्षेत्रधामको प्रचारप्रसार गरी धार्मिक पर्यटक भित्त्याउन धार्मिक गुरुहरू लागि पर्नुभएको छ । ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको तीर्थको प्रचारप्रसारमा धार्मिक गुरुदेखि जनप्रतिनिधिसम्म लागिपर्नुभएको हो ।
माथिल्लो तमोर आयोजनास्थलमा कालो झन्डा गाडियो
ताप्लेजुङमा निर्माण गर्न सुरु गरिएको माथिल्लो तमोर जलविद्युत आयोजना स्थलमा स्थानीयले विरोध जनाउँदै कालो झन्डा गाडेका छन् । स्थानीय रैथाने आदिवासी समुदायलाई जानकारी नदिई मनोमानी रूपमा आयोजना निर्माण गर्न लागिएकोभन्दै स्थानीयवासीले विरोध गर्दै आयोजना स्थलमा कालो झन्डा गाडेका हुन् ।
पहिरोपीडितको पुनर्वास प्रक्रिया सुरु
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित परिवारलाई स्थायी पुनर्वासका लागि प्रव्रिmया अगाडि बढाइएको छ । करिब १८ महिनाअघिदेखि अस्थायी टहरामा बसोवास गर्दै आइरहेका ६५ परिवारका लागि गाउँपालिकाले स्थायी पुनर्वासको पहल सुरु गरेको हो ।
आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी
सुनसरी, वैशाख ४ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गर्नुभएको थियो । उहाँले सबै खर्चसहित रु छ लाख खर्च गर्नुभएको थियो । त्यसबाट करिब र १४ लाखको आलु उत्पादन गरिएको बताउनुभयो । तीन महिना मेहनत गरेर आलुखेतीबाट रु आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । रु १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर रु आठ लाख आम्दानी भएको उहाँले बताउनुभयो । “विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो”, मेहताले भन्नुभयो । यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । यहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उहाँले बताउनुभयो । समग्रमा वार्षिक रूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
करणी गरेको आरोपमा युवक पक्राउ
ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका हुन्।
‘रेडपान्डा तथा थार ट्रेल’ सुरु
पूर्वको चर्चित पर्यटकीय स्थल मुन्दुम ट्रेलसँग जोडिने ‘रेडपान्डा तथा थार ट्रेल’ सुरु भएको छ ।
ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर
ताप्लेजुङमा बोलेरो दुर्घटना एक जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका ५ तापेथोक याङसिला चाेकमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
त्रिपाल मुनि शव फेला
तीन दिनदेखि घरबाट हराइरहेका उर्लाबारी–९ आम्बारीका सुरेश धिमाल बुधबार बिहान मृत अवस्थामा फेला पर्नुभएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालकाअनुसार ३४ वर्षीय धिमाल वडा नं. ३ स्थित नयाँ मंगलबारे बजारको एक त्रिपालमा मृत फेला परेका हुन् ।
कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी सुरु
झापामा पहिलो पटक कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी सुरु भएको छ। नेकपा (एमाले) कोशीको विज्ञान तथा प्रविधि विभागले प्रदर्शनी आयोजना गर्न लागेको जानकारी गराइएको छ।
जमिन बाँझो नराख्न किसानलाई आग्रह
पछिल्लो समय खेती योग्य जमिन बाँझै छोड्ने प्रवृत्ति बढेपछि इलाम नगरपालिका–४ ले जमिन बाँझो नराख्न किसानहरूलाई आग्रह गरेको छ । वडाले आफ्ना ९० प्रतिशत नागरिक कृषि र पशुपालनमानै आश्रित रहेको भन्दै दिगो अर्थतन्त्र र जीवीकोपार्जनका लागि जमिन बाँझो राख्न नहुने किसानहरुलाई सुुझाएको छ ।
महोत्सवभर राष्ट्रिय कलाकारको प्रस्तुति रहने
ताप्लेजुङमा आयोजना गरिएको कञ्चनजङ्घा हीरक महोत्सवभर राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने भएको छ । वैशाख ५ देखि ७ गतेसम्म सञ्चालन हुने तीन दिने महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने भएको हो ।
अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ ।