खरबुजाको विषादी अवशेष परीक्षण
झापाको दमक नगरपालिकाले खरबुजासहित फलफूल र तरकारीको विषादी अवशेष परीक्षण गरेको छ । अहिले गर्मी अधिक रूपमा बिक्री हुने गरेको खरबुजामा विषादीको प्रयोग भएको हुनसक्ने भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि बजार अनुगमन गरेर नमुना परीक्षण गरिएको बताइएको छ ।
सडकको पर्खाइमा पक्की पुल
इलामको माई नगरपालिका–४ स्थित गरुवाखोलामा निर्माण भएको पक्की पुल दुुई वर्षदेखि अलपत्र अवस्थामा छ । पुल निर्माण भए पनि त्यससँग सडक नजोडिएका कारण दुई वर्षअघि बनेको सो पुल सडकको पर्खाइमा छ ।
पुनर्सञ्चालनमा आयो उदयपुर सिमेन्ट
आर्थिक सङ्कटबाट गुज्रिरहेको उदयपुर सिमेन्ट उद्योग छ महिनापछि पुनर्सञ्चालनमा आएको छ । अदालत र कर्मचारी संयन्त्रको अवरोधले छ महिनादेखि बन्द उद्योग बिहीबार रातिदेखि सञ्चालनमा आएको हो ।
तमोरमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता
ताप्लेजुङस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा शनिबार एक व्यक्ति बेपत्ता हुनुभएको छ। प्रहरीका अनुसार जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी खुवाका ५६ वर्षीय जीतबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता हुनुभएको हो।
‘नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रप्रति विशेष जोड दिनेछु’
कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिने प्रतिबद्ध गर्नुभएको छ । नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा इटहरीमा सम्पन्न स्ट्रोक मास्टर क्लासमा उहाँले यस्तो प्रतिबद्ध गर्नुभएको हो ।
कफी खेतीका लागि सम्भाव्यता अध्ययन
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कफी खेती गर्नका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले छ वटै वडामा कफी खेती विस्तार गर्ने योजना बनाई सम्भाव्यता अध्ययन गरेको हो ।
६० औँ जयन्तीमा एक करोड चार लाखको अक्षय कोष
पाँचथरको कुम्मायक गाउँपालिका–१, यासोकमा सञ्चालन भइरहेको पृथ्वी माध्यमिक विद्यालयले स्थापनाको ६० औँ वर्ष उत्सव (हीरक जयन्ती) मनाएको छ।
कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो
प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो ।
शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, २२ जना घाइते
काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ ।
पहिरोले घरबारविहीन बनेका क्षितिजको परिवारलाई नयाँ घर
केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय क्षितिज राईले पाँच वर्ष पहिले बुवा गुमाउनुभएको थियो । बाह्र वर्षको कलिलो उमेरका छँदा नै बुवा गुमाउनुभएका छितिजकी आमा ९४५ वर्षीया० शारदा राई शारीरिक तथा मानसिक दुवैमा कमजोर हुनुहुन्छ ।
ज्वाइँले गरे जेठी सासुको हत्या
इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका छन् । माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले सोही स्थानकी ५२ वर्षीया भूमिका चापागाईँको हत्या गरेका हुन् ।
मेचीनगरका खाद्य उद्योगलाई रु ५० हजार जरिवाना
झापा, वैशाख १३ गते । मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीको अनुगमन तीव्र बनाएको छ । अनुगमनका क्रममा त्रुटी भेटिएका व्यवसायीलाई जरिवाना र सहकारीलाई सचेत गराइएको छ ।नगरकी उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा गरिएको बजार अनुगमनको क्रममा मेचीनगर–९ को पूजा फुड प्रोडक्सन उद्योगमा उपभोग्य मिति गुज्रिएको पास्ता, सुजी र मैदा भेटिएको थियो ।उद्योगका सञ्चालक पुष्पा जैसवाल चौधरीलाई उपभोक्ताको हितमाथि खेलवाड गरेको अभियोगमा रु ५० हजार जरिवाना गरिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । जरिवाना तिरेपछि अबोप्रान्त लापर्वाही नगर्ने शर्तमा नगरपालिकाले अनुगमनको क्रममा उद्योगमा लगाएको ताला खोलिदिएको छ ।नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले मेचीनगर–१० स्थित नन्दा फुड इन्डस्ट्रिज र मेचीनगर–१४ स्थित सिङ्गापुर बेभरेज नेपाल प्रालिसमेतमा अनुगमन गरिएको बताउनुभयो ।सरसफाइमा ध्यान नदिइएको पाइएका कारण नन्दा फुड इन्डस्ट्रिजका सञ्चालकलाई सचेत गराएर उद्योगमा सरसफाइको व्यवस्था मिलाउन निर्देशन दिइएको खाद्य विश्लेषक कार्कीले जानकारी दिनुभयो ।यसैबीच, नगरपालिकाद्वारा गठित सहकारी समन्वय समितिले मेचीनगरको १५ वटा सहकारी संस्थामा स्थलगत अनुमगन गरेको छ ।सहकारी समन्वय समितिको सचिवसमेत रहनुभएको नगरपालिकाका अधिकृत कार्कीले १५ सहकारीमा अनुगमन गर्दा सहकारी मूल्य र मान्यता पालना नगरेका आठ वटालाई सुध्रिनका लागि सुझाव दिइएको बताउनुभयो । समितिले मेचीनगर–१० को लङ्कासरी महिला संवृद्वि बहुउद्देश्यीय सहकारी संस्था, तारावारी शान्ति बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१४ को आपसी समाज बचत तथा ऋण सहकारी संस्था, विहानी बतच तथा ऋण सहकारी संस्था, मेचीनगर–१२ को सामूहिक अभियान बचत तथा ऋण सहकारी संस्था, सब्जीमण्डी कृषि सहकारी संस्था, चारआली बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१३ को आशावादी बहुउदेश्यीय सहकारी संस्थाको अनुगमन गरेको जनाएको छ ।यसैगरी, मेचीनगर–१ को कृष्ण थुम्की सहकारी संस्था, मेचीनगर–२ को वौद्धमोड कृषि सहकारी संस्था, प्रेरणा कृषि सहकारी संस्था र ब्रमाण्ड अपाङ्ग तथा महिला बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–४ को पानस कृषि सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था र मेचीनगर–५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरिएको छ ।अनुगमन गरिएकामध्ये आठ वटा सहकारीमा सञ्चालक समितिको वैठक नियमित नगरेको, विना धितो ऋण लगानी गरेको, कर्मचारीलाई नियुक्त पत्र नदिएको, तमसुकमा ऋण कार्यविधिको दफा उल्लेख नभएको, ऋण समितिले गरेको निर्णय ऋणिको फायलमा नराखेको, फायलमा स्वघोषणा अंशियारको सम्पति र ऋण स्वीकृति भएको पत्र नराखिएको, मासिक रिपोर्ट नबनाइएको, सूचना पार्टीनराखिएको, तोकिएको अवधिमा साधारणसभा नगरिएको, सदस्य शिक्षा कार्यक्रम नगरेको, कर्जा जोखिम कोषको व्यवस्था नगरिएको पाइएको थियो ।सहकारी अनुगमन टोलीमा सहकारी समन्वय समितिका सदस्य दुर्गाप्रसाद सापकोटा, वीपी भट्टराई, जगन्नाथ भट्टराई र सदस्य सचिव कार्की रहनुभएको थियो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले स्थानीय सरकारलाई उपभोक्ताको अधिकार सुरक्षित गर्नका लागि अनुगमनको अधिकार दिइएको हुँदा बजार, सहकारी र अन्य क्षेत्रको अनुगमनलाई निरन्तर र प्रभावकारी बनाउने बताउनु भएको छ ।मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा रहेको बजार अनुगमन टोलीमा राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरकी खाद्य निरीक्षक सङ्गीता साह, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा हरि खतिवडा, घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका नायव सुब्बा सुरेश गौतम, गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका नायव सुब्बा विजयनन्द चौधरी, मेची उद्योग बाणिज्य सङ्घका सदस्य विष्णु बुढाथोकीलगायत प्रहरीको सहभागिता रहेको थियो ।
दलित सशक्तीकरण लक्षित कोष सञ्चालनको तयारी
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा दलित सशक्तीकरणका लागि स्थापित अध्यक्ष कोष सञ्चालनको तयारी गरिएको छ। दलित लक्षित सीप तथा चेतनामूलक कार्यक्रम गर्नेगरी स्थापना गरिएको अध्यक्ष कोष सञ्चालन गर्ने तयारी गरिएको हो।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले पायो पूर्णता
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घको कार्यसमितिले पूर्णता पाएको छ । शुक्रबार सङ्घका नवनिर्वाचित अध्यक्ष विकास गौतमले मनोनित पदाधिकारी तथा सदस्यलाई सपथग्रण गराउनु भएसँगै कार्यसमितिले पूर्णता पाएको हो ।
दुईसय केजी माछा नष्ट
इलाका प्रहरी कार्यालय उर्लाबारीले शुक्रबार बिहान नियन्त्रणमा लिएको मुङ्ग्री माछा नष्ट गरेको छ । प्रहरीले शुक्राबार बिहान दुईसय केजी मुङ्ग्री माछा नियन्त्रणमा लिएको थियो ।
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मोरङको सुन्दरहरैँचा–१ हरैँचा बजारमा शुक्रबार टिप्परको ठक्करबाट सुनसरी जिल्लाको दुहबी–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको छ ।
सोलुखुम्बुको थामेगाउँ बाढीले क्षतिग्रस्त पछि
सोलुखुम्बु, वैशाख १२ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ स्थित थामेगाउँ । गत वर्ष साउनमा हिमताल फुटेर आएको बाढीले क्षतिग्रस्त बनाएका थामेका संरचनाहरु हाल पुनर्निर्माणका कार्य जारी छ । तस्बिरः रासस
अन्तरजातीय विवाह गरेकालाई सम्मान
। खोटाङको खोटेहाङ गाउँपालिकामा अन्तरजातीय विवाह गरेका दम्पतीलाई सम्मान गरिएको छ । अन्तरजातीय विवाह गरेर घरजम बसाएका जोडीलाई नगद र सम्मानपत्रले सम्मान गरिएको हो । खोटेहाङ गाउँपालिका–१, लिकुवापोखरीका सुदेश राई र रि
कोशी प्रदेशमा लगानी गर्न आग्रह
नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (एनआइसिसिआई) कोशी प्रदेश समितिले लगानीका लागि कोशी प्रदेशमा उपयुक्त वातावरण रहेको भन्दै लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेको छ ।
प्रदेशस्तरीय ब्याडमिन्टन सम्पन्न
पाँचथरको फिदिममा सम्पन्न कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल तर्फ संखुवसभाका सुनिलजंग कार्की प्रथम हुनुभएको छ ।
प्रतिबन्धित लागु पदार्थसहित छ जना पक्राउ
कोशी प्रदेशको राजधानी विराटनगरलगायत विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागु औषधिसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सुनसरी र उदयपुरको विभिन्न ठाउँबाट ब्राउनसुगर र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
शिक्षक आन्दोलन : सामुदायिक विद्यालयलाई विद्यार्थी जोगाउनै मुस्किल
नायरा पढ्ने विराटनगर ३ को सहिद आधारभूत विद्यालयले वैशाख ९ गतेबाट पठनपाठन सुरु हुने जानकारी दिएको थियो । तर शिक्षक आन्दोलन लम्बिएका कारण चाहेर पनि विद्यालय चलाउन सक्ने वातावरण भएन ।
शिक्षकलाई सारथि बनाउने अभ्यास
अभिभावक गुमाएका विद्यार्थीको पठनपाठनमा असर पुग्न नदिन मोरङको मिक्लाजुङ गाउँपालिकाले विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । अभिभावक नहुँदा बालबालिकामा पारिवारिक र सामाजिक जिम्मेवारी बढ्दा बिचमै
सुनसान बन्दै म्याङ्लुङ
तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारमा पछिल्लो समय चहलपहल घट्दै गएको छ । स्थानीय तहको पुनर्संरचना र प्रशासनिक सेवा प्रवाहमा आएको परिवर्तनपछि म्याङ्लुङ बजार सुनसान जस्तै बन्दै गएको हो ।