वरिष्ठ पत्रकार दाहाललाई सम्मान
ओखलढुङ्गा पत्रकार समाजले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गरेको छ ।
विशेष आर्थिक क्षेत्रदेखि औद्योगिक ग्रामसम्म प्राथमिकतामा
नेपाल सरकारले नयाँ औद्योगिक नीति ल्याउने तयारी गरेको छ ।
पाँच दिने उदघोषण तालिम सम्पन्न
ताप्लेजुङको फुङ्लिङमा लैङ्गिक समानता तथा समावेशीकरण कार्यक्रम अन्तर्गत पाँच दिने उद्घोषण तालिम सम्पन्न भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ ताप्लेजुङको आयोजना र फुङलिङ नगरपालिका ४ को समन्वयमा तालिम सञ्चालन भएको हो ।
‘अमर नेम्बाङ स्मृति सम्मान’ बाट धरावासी र स्मृति पुरस्कृत
। यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार कविद्वय कृष्ण धरावासी र स्वप्निल स्मृतिलाई प्रदान गरिएको छ। अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले स्वर्गीय अमर नेम्बाङको छैटौं स्मृति दिवसको अवसर पारेर शनिबार उहाँहरुलाई नगद ५० हजार रुपियाँसहितको सम्मान अर्पण गरेको हो।
शैक्षिक गुणस्तर सुधार्न विद्यालयलाई पन्ध्र लाखसम्म अनुदान
ताप्लेजुङका स्थानीय तहले शैक्षिक गुणस्तरलाई सुधार्न विभिन्न रचनात्मक योजना तथा गतिविधिसँगै आर्थिक अनुदान उपलब्ध गराउँदै आएका छन्। पछिल्लो समय खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले स्थानीय तहहरुले रचनात्मक योजना साथै अनुदान उपलब्ध गराउन थालेका हुन्।
एनआरटीद्वारा बुढासुब्बा गोल्डकपमा ह्याट्रिक
धरान रङ्गशालामा शनिबार भएको फाइनलमा साविक विजेता एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो ।
‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल र राष्ट्रसेवामा समर्पित नागरिक निर्माणमा योगदान गरिरहेको बताउनुभएको छ ।
किराँतीको उद्गम स्थलमा मिनी ग्रेटवाल निर्माण
ऐतिहासिक पर्यटकीय क्षेत्र अर्थात् किराँतीको आदिम उद्गमस्थल तुवाचुङ जायजुङ डाँडामा पदमार्ग निर्माण गरिएको छ। ऐतिहासिकस्थल तुवाचुङ डाँडामा मिनी ग्रेटवाल नाम राखेर पदमार्ग निर्माण पश्चात उक्त क्षेत्र थप आकर्षित भएको छ।
जलवायु परिवर्तनका कारण हिउँ पग्लँदै
ताप्लेजुङ, माघ २६ गते । नेपाल–चीन सिमाना रहेको ताप्लेजुङको टिप्ताला क्षेत्रमा पग्लँदै गरेको हिउँ। जलवायु परिवर्तनका कारण यहाँ हिउँ पर्न कम हुँदै गएको छ। तस्बिरः रासस
बैङ्क खाता रोक्का हुँदा उदयपुर सिमेन्ट सङ्कटमा
सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगका सम्पूर्ण बैङ्क खाता रोक्का भएका छन् । स्थानीय रौता सप्लायर्सले यसअघि उद्योगमा आपूर्ति गराएको सामानको भुक्तानी नपाएको भन्दै काठ
विराटनगर जुट मिलको जग्गामा बन्दै छन् संरचना
विराटनगर जुट मिलको जग्गा हडपेर संरचना बनाउने समूह पुनः सक्रिय भएको छ । विराटनगर–१६ स्थित जुट मिल दक्षिण सुगर मिल जाने बाटो तथा पूर्वतर्फ हनुमान मन्दिर भएको क्षेत्रमा साना साना झुपडी बनाएर अतिक्रमण गरिएको हो ।
विद्यालयमा ५ लाख रुपियाँको अक्षयकोष
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको ठोट्ने सिंहराज मनरानी आधारभूत विद्यालयमा ५ लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ । स्व. भगिमाया इस्वो वनेम र स्व. श्रीमाया फोम्वो वनेमको स्मृतिमा ५ लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको हो ।
मन्त्रीस्तरीय वार्ता समिति बनाउन माग
‘नो केबलकार’ पक्षधरले मन्त्रीस्तरीय वार्ता समिति गठन गर्न माग गरेका छन् । शुक्रबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै माघ २७ गते बस्ने छलफलमा मन्त्रीस्तरीय समिति गठन गरी वार्ता सुनिश्चित गर्न माग गरेका हुन् ।
कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय
कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो।
जिल्लास्तरीय राष्ट्रपति शिल्डका लागि सार्वजनिक बिदा
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा एक दिन सार्वजनिक बिदा दिएको छ । प्रतियोगिताको उद्घाटनका दिन माघ २७ गते आइतबार गाउँपालिकाले सार्वजनिक बिदा दिइएको हो ।
अस्पताल बन्यो, उपकरण छैनन्
मोरङको कानेपोखरी ४ बयरवनमा कानेपोखरी अस्पतालको सुविधासम्पन्न भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
पाँच जनालाई गैर आवासीय नागरिकता वितरण
ताप्लेजुङमा पुस मसान्तसम्ममा पाँच जनालाई गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार विदेशमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई गैर आवासीय नागरिकता वितरण गरिएको हो ।
निर्माण सामग्रीको गुणस्तर परीक्षण सुरु
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा निर्माण सामग्रीको गुणस्तर परीक्षण (टेस्ट) गर्न सुरु गरिएको छ ।
चोयाबाट ढकी बनाइँदै
सुनसरी, माघ २५ गते । सुनसरीको इनरुवा नगरपालिका–२ मा बाँसको चोयाबाट ढकी बनाउँदै स्थानीय रामा मरिक । ढकी स्थानीय बजारमा गाेटाको तीन सयदेखि चार सय रुपियाँसम्ममा बिक्री हुने उनी बताउँछन् । तस्बिरः रासस
गलैँचाको बुट्टा मिलाउँदै एक उद्यमी
ताप्लेजुङ, माघ २५ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँमा गलैँचाको बुट्टा मिलाउँदै एक उद्यमी। उच्च हिमाली क्षेत्र भएकाले खेतीपाती सम्भव छैन, जसका कारण गलैँचा उत्पादन यहाँको मुख्य आम्दानीको स्रोत बनेको छ। यहाँ उत्पादन भएका गलैँचा चीन निर्यात हुने गरेकाे छ । तस्बिरः रासस
खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै
खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो ।
‘एसियन हाइवे’ निर्माणले गति लिँदै
मोरङ, माघ २५ गते । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ ।पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । दुवै कार्यालयका अनुसार यस एक वर्षमा १२ प्रतिशत काम सम्पन्न भएको छ । यसै आर्थिक वर्षभित्र कम्तिमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताउनुभयो । त्यस्तै आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले पनि यसै आर्थिक वर्षभित्र कम्तिमा १० किलोमिटर सडकमा पहिलो चरणको कालोपत्र सक्ने लक्ष्य रहेको बताउनुभयो ।नेपालबाट भारत हुँदै २७ किलोमिटरमै बङ्गलादेशसँग ‘एसियन हाइवे’ जोडिएकाले यसले अन्र्तराष्ट्रिय व्यापारको सम्भावना बोकेको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो । सडक सञ्चालनमा आएसँगै आयात तथा निर्यात सस्तो पर्नुका साथै ग्रामीण व्यवसाय अन्तर्राष्ट्रिय बजारसँग जोडिने उहाँ बताउनुहुन्छ । एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा गत माघ १९ गतेदेखि सडक निर्माण कार्य सुरूभएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।ठेक्का लागेको ९५ दशमलव ७६ किमी सडक क्षेत्रभित्र साना र ठूला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् । पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् भने एक सय ४० वटा बक्स कल्वर्टमध्ये ९२ वटा निर्माण भइरहेको आयोजनाको पूर्वी खण्ड प्रमुख पन्तले बताउनुभयो । पश्चिम खण्डमा पर्ने ३ ठूला पुल रतुवा, बक्रहा र लोहन्द्राको फाउण्डेसनको काम सकिएको आयोजना पश्चिम खण्डका प्रमुख प्रजापतिले बताउनुभयो । एक सय ६९ वटा बक्स कल्वर्ट मध्ये ४७ वटा निर्माण भइसकेको र बाँकी बन्ने क्रममा रहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार माटो पुर्ने काम ३५ प्रतिशत सकिएको छ । हालसम्म शहरी क्षेत्रभन्दा जङ्गल क्षेत्रमा भौतिक प्रगति धेरै भएको छ । झापाको चारआली, विर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोक पूर्व, इटहरी चोक र इटहरी चोक पश्चिममा ओभर पास बन्नेछन् । सडक निर्माणका क्रममा बिजुलीका खम्बाले अवरोध भइरहेको तर त्यसको चाँडै व्यवस्थापनका लागि विद्युत् प्रधिकरणसँग समन्वय भइरहेको प्रजापतिको भनाइ छ ।तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ । छ स्थानमा ‘सिग्नेचर’ पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले सडक निर्माण गरिरहेका छन् ।
ताप्लेजुङका दुई हाइड्रोपावरको विद्युत एक महिना भित्र राष्ट्रिय प्रसारण लाइनमा
काबेली हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा उत्पादित २१.९३ मेगावाट क्षमताको काबेली-३ जलविद्युत आयोजना र हिलटन हाइड्रो इनर्जी लिमिटेडद्वारा उत्पादित १२ मेगावाट क्षमताको जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने अन्तिम तयारीमा पुगेको हो ।
पाँचथरमा गाउँपालिका उपाध्यक्ष र पत्रकारमाथि कुटपिट
पाँचथरको कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का र पाँचथर एफएमका स्टेसन म्यानेजर कुमार खड्कामाथि कुटपिट भएको छ।बुधबार साँझ उपाध्यक्ष र पत्रकारमाथि यासोक बजारको एक होटलभित्र कुटपिट भएको हो ।