• १७ वैशाख २०८२, बुधबार

भोजपुर मेयर गोल्डकप : भगवती स्पोर्ट्स सेमिफाइनलमा

blog

मङ्गलबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

गोकुल भुजेल

भोजपुर, वैशाख १६ गते । भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप अन्तर्गत मङ्गलबार भएको खेलमा भगवती स्पोर्ट्स क्लब खोटाङ सेमिफाइनमा प्रवेश गरेको छ । 

भगवती स्पोर्ट्सले नमोबुद्ध युवा क्लबलाई २–१ गोलले हरायो । भगवती स्पोर्ट्सको जितमा एम डि सानी र आकाश राईले गोल गर्नुभयो । एम.डि. सानी म्यान अफ दी म्याच हुनुभयो । 

बुधबार र चर्च ब्वाइज युनाइटेड र एल एक्स सिटी मोरङबिच खेल हुने छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपियाँ पुरस्कार पाउने छन् ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाईसमेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।