• २५ चैत २०८२, बुधबार

दुर्व्यवहारविरुद्ध मन्त्रालयको ‘शून्य सहनशीलता’

पीडितको पहिचान गोप्य राख्दै सुरक्षित शैक्षिक वातावरण बनाउन मन्त्री पोखरेलको आह्वान

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल।

काठमाडौँ, चैत २५ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध ‘शून्य सहनशीलता’ को नीति अङ्गीकार गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका शिक्षामन्त्री सस्मित पोखरेलले विद्यालय, उच्च माध्यमिक ९प्लस टु० तथा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीले भोग्नुपरेका उत्पीडन वा दुर्व्यवहारका घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताउनुभएको हो ।

मन्त्री पोखरेलले यस्ता गुनासो प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी एवं प्रशासनिक कारबाही अगाडि बढाउन मन्त्रालयले विशेष संयन्त्र सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको अभियानअन्तर्गत विद्यार्थीका समस्या समाधान गर्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।

यस प्रक्रियामा सहभागी हुने पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने प्रतिबद्धता समेत मन्त्री पोखरेलले व्यक्त गर्नुभएको छ । उहाँले सम्पूर्ण विद्यार्थीलाई निर्धक्क भएर तोकिएको लिङ्कमार्फत आफ्ना विवरण र गुनासो उपलब्ध गराउन आह्वान गर्नुभएको छ । मन्त्रालयले गुनासो दर्ताका लागि आवश्यक लिङ्क समेत सार्वजनिक गरेको छ ।

शैक्षिक क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउने सरकारको यस अभियानमा विद्यार्थी, अभिभावक र सरोकारवालाको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको मन्त्री पोखरेलको भनाइ छ । 

उजुरी गर्नेका लागि यो लिंकमा जानुहोस्ः