ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो
औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ ।
राजमार्ग विस्तार कार्य तीव्र
एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र रूपमा भइरहेको छ ।
सुनसान बन्दै पर्यटकीय क्षेत्र
एक सातादेखिको लगातारको बन्दका कारण स्वदेशी पर्यटकको भिड लाग्ने इलामको अन्तु, कन्याम जस्ता पर्यटकीय क्षेत्र सुनसान छन् ।
नो केबलकार समूहद्वारा ताप्लेजुङ सडकखण्ड रुख ढालेर अवरोध
ताप्लेजुङमा अवस्थित पाथिभरा देवीको मन्दिरमा केबुलकार बनाउन थालेपछि त्यसको विरोधमा उत्रेको नो केबलकार समूहले सडकमा रुख ढालेर अवरोध गरेको छ ।
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको हो ।
पाँचथरमा भूमि समस्या समाधान आयोगका अध्यक्षद्वारा पदभार ग्रहण
पाँचथरमा भूमिहीन र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने अधिकार पाएको भूमि समस्या समाधान आयोगका अध्यक्ष धनकुमार फियाकले पदभार ग्रहण गर्नुभएको छ । सोमबार आयोगका अध्यक्ष फियाकको पदभार ग्रहणसँगै कार्यालय उद्घाटन गरिएको छ ।
लाहाको व्यावसायिक खेती
मोरङको लेटाङ–८, लालझोडास्थित लालहिरा सामुदायिक वन उपभोक्ता समूहले लाहाको व्यावसायिक खेती सुरु गरेको छ । सधैँ काठ उत्पादन नहुने र वनको आय वृद्धि गर्ने उद्देश्यले सामुदायिक वनले गत वर्षदेखि लाहा खेती सुरु गरेको हो ।
सुरी भीरमा ओखलढुङ्गाकै पहिलो ‘रक क्लाइम्बिङ’
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा साहसिक खेल रक क्लाइम्बिङ गर्न पाइने भएको छ ।
बुढासुब्बा गोल्डकप : पाहुना टोली भुटान सेमिफाइनलमा
धरान रङ्गशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई ४–१ गोलले हराउँदै भुटानले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन
सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधी भण्टाबारीले जितेको छ ।
टक्सारको सरस्वती गुफा ओझेलमा
श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२, टक्सारको सरस्वती गुफा भने यसको महत्व नबुझ्दा ओझेलमा पर्दै गएको छ ।
पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित
पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ ।
नयाँ भवनबाट जिल्ला अदालतको सेवा सुरु
ओखलढुङ्गा जिल्ला अदालतको सेवा नवनिर्मित सुविधासम्पन्न भवनबाट सुरु भएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
झापाको पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भटमा सोमबार बिहान ४ः३० बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कृषि उत्पादनको बजारीकरण प्राथमिकतामा
सुनसरीको गढी गाउँपालिका सदरमुकाम इनरुवासँगै जोडिएको स्थानीय तह हो ।
सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण
भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एक रुपता ल्याउने लक्ष्यले विद्यार्थीलाई पोसाक (ट्रयाक सुट) वितरण गरिएको हो ।
सरस्वतीको मूर्तिबाट करोडको कारोबार
सुनसरीमा सरस्वती पूजाका लागि एक हजारभन्दा बढी मूर्तिको कारोबार भएको छ । सुनसरीका मूर्तिकारका अनुसार एक हजार बढी मूर्ति बिक्री हुँदा एक करोडको आर्थिक कारोबार भएको छ ।
सम्पदाको सौन्दर्यीकरणमा तिनै तह
सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रमा तिनै तहका सरकार ऐतिहासिक, पुरातात्त्विक तथा पौराणिक महत्त्व बोकेका धार्मिक सम्पदाका संरक्षण, प्रवर्धन र सौन्दर्यीकरणका काममा लागेका छन् ।
बुढासुब्बा गोल्डकप : युकेएफसी भारतको जित
२५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाइनल खेलमा आयोजक धरान फुटबल क्लब बाहिरिएको छ ।
बन्दले यात्रु अलपत्र
ताप्लेजुङको मुक्कुमलुङमा केवलकार निर्माणको काम बन्द गर्नुपर्ने माग राखी गरिएको बन्दले यात्रु अलपत्र परेका छन् । आइतबारबाट मुक्कुमलुङ अन्तरदलीय संरक्षण संघर्ष समितिले ९ जिल्ला बन्द गरेसँगै धरान उपमहानगरपालिकाबाट पूर्वी पहाडी जिल्लामा चल्ने सवारीसाधनको आवागमन ठप्प हुँदा यात्रु अलपत्र परेका हुन् ।
झापाको दमकमा तनाव सिर्जना
मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिले आव्हान गरेको यातायात बन्दको क्रममा झापाको दमकमा आइतबार दिनभर तनाव सिर्जना भएको छ ।
धनकुटामा करिब ६ हजारलाई एचपिभी खोप लगाइने
धनकुटामा करिब ६ हजार किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ ।
सरस्वती पूजाका लागि मूर्ति बनाउन भ्याइनभ्याई
सुनसरीमा सरस्वती पूजाका लागि एक हजार बढी मूर्तिको कारोबार भएको छ ।
परीक्षा केन्द्र गाभ्ने निर्णयप्रति महासङ्घको आपत्ति
दुर्गम हिमाली जिल्लालाई असर पर्ने गरी सरकारले माध्यमिक शिक्षा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र गाभ्ने निर्णय गरेसँगै शिक्षक महासंघ सोलुखुम्बु लगायत सम्बद्ध संघ सङ्गठनहरूले आपत्ति जनाएका छन् ।