इलाममा भेटियो नयाँ प्रजातिको चरा
बाबुराम कार्की वराहक्षेत्र, वैशाख ३ गते । पूर्वी नेपालको इलाममा नयाँ प्रजातिको चरा फेला परेको छ । इलाम जिल्लास्थित समुद्र सतहबाट तीन सय मिटर उचाइमा नयाँ प्रजातिको चरा ‘बैजनी कोइली’ [भाइलेट कुक्को] अभिलेख गरिएको हो । इलामको सुखानी वन क्षेत्रबाट नेपालको लागि नयाँ प्रजातिको चरा बैजनी कोइली चरा अभिलेख गरिएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताउनुभयो । उहाँका अनुसार नेपालका चराविद् राजेन्द्र गुरुङको टोलीले चरा अवलोकनको क्रममा गत चैत २५ गते पहिलो पटक बिहान ११ बजेर बिस मिनेटको समयमा भाले भाइलेट कुक्को देख्नुभएको थियो । चैत २५ गते नै पटक पटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा चराको अवलोकन गरिएको र सोही दिन चराको अभिलेख गरिएको चराविद् गुरुङको टोलीले जनाएको छ । समुद्र सतहबाट ३०० मिटर उचाइमा नेपालको लागि नयाँ प्रजातिको बैजनी कोइली चरा अभिलेख गरिएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताउनुभयो । राजेन्द्र गुरुङको साथमा रहेका मलेसियाली नागरिक रगर रबर्ट रजँ र नेपाली चराविद् अनिश तिम्सिनाले खोला छेउछाउका रुखहरूमा करिब २० मिटरको दूरीमा अवलोकन गर्नुभएको र मलेसियाली नागरिक अलेक्जेण्डर जोन आङ याङले चराको आवाज पहिचान गरी पहिल्याउनुभएको थियो । नेपाल चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलका अनुसार चराको बारेमा प्राप्त विवरण अध्ययन अनुसन्धान गरी राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छिविद्हरुको राय सुझाव प्राप्त भएपछि बैजनी कोइलीको पहिलो पटक अभिलेख गरिएको हो । कुकुलीफोर्मस वर्गको कुकुलिडी परिवारमा पर्ने यो चरा भुटान, फिलिपिन्स, सिङ्गापुर, बङ्गलादेश, ब्रुनाई, चिन, भारत, इन्डोनेसिया, लाओस्, मलेसिया, म्यानमार, थाइल्यान्ड भियतनाममा आवासीय रूपमा पाइने र यी चराहरुले भुटान, फिलिपिन्स, सिङ्गापुरमा प्रजनन गर्ने डाक्टर सुवेदीले बताउनुभयो । विश्वमा यस चराको दुई उपप्रजाति सि एक्स जेन्थ्रोराइन्चस र सि एक्स एमिथाइस्टिनस अभिलेख भएका छन् । नेपालमा अभिलेख भएको चरा सि एक्स जेन्थ्रोराइन्चस उपप्रजातिमा पर्ने भाइलेट कुक्को भएको उहाँले बताउनुभयो । पहिलो पटक इलाममा भेटिएको भाइलेट कुक्को चरा पुष्टि गरी नेपाली नाम बैजनी कोइली राखिएको नेपाल वर्ड रेकर्ड कमिटीले जनाएको छ । नेपालमा १५ प्रजातिका कुकुलीफोर्मस वर्गका चराहरू पाइँदै आएकोमा बैजनी कोइली थपिएसँगै १६ प्रजाति भएको संयोजक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जुरे कोइली, ठुलो जुरे कोइली, कोहो कोइली, हरित कोइली, धर्के खैरो कोइली, पेटकैले कोइली, फुस्रो साने कोइली, चिबे कोइली, बीउकुहियो, गोलसिमल, पपिहा, काफल कोइली, कुक्कु कोइली, पूर्वीय कोइली, सानो कोइली प्रजातिका चराहरू पाइँदै आएको थियो । नेपालको अभिलेखमा थप एउटा प्रजातिको सङ्ख्या थप भएको छ । नयाँ प्रजातिको चरा थपिएसँगै नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९९ पुगेको नेपाल वर्ड रेकर्ड कमिटीले जनाएको छ ।
लोपोन्मुख मेचे समुदायको प्रमुख चाडमा सार्वजनिक बिदा
नेपालको लोपोन्मुख जातीमध्येको एक पूर्वी नेपालको मेचे समुदायको प्रमुख चाड ‘बैशागु बथर’ को उपलक्ष्यमा मेचीनगर नगरपालिकाले नगरभित्र बुधवार सार्वजनिक बिदा दिएको छ । मेचीनगर नगरपालिका मेचे समुदायको प्रमुख बसोबास रहेको क्षेत्र हो ।
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
इलाम, वैशाख ३ गते । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् । सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरु फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला । तर, इलामका उत्तरी भेगका अभिभावकलाई त्यति पनि आशा छैन । आफ्नो ठाउँमा विद्यालय नै नभएपछि उहाँहरुलाई आन्दोलनको चासोभन्दा पनि बालबच्चा कहाँ पढाउने भन्ने चिन्ताले पिरोलेको छ ।“शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् । हामी त बच्चा पढाउन भारत जानुपर्छ”, माइजोगमाई गाउँपालिका–५ मेग्माकी नुमा शेर्पाले भन्नुभयो, “गाउँमा एउटा विद्यालय छैन । अर्काको देशमा बच्चा पढाउन पठाउँदाको पीर कसैले बुझेनन् ।” उहाँ मात्रै होइन उत्तरी इलामका लेकाली भेगका अधिकांश अभिभावकले बालबच्चा भारतको विभिन्न विद्यालयमा पढाउनुपर्ने बाध्यता छ । यहाँका जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायत गाउँका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ । विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालयहरु बन्द भएपछि भारतीय सीमावर्ती क्षेत्रका बालबालिका भारतमा पढ्न बाध्य छन् । पातलो बस्ती र जनघनत्व पनि कम भएको यी ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताउनुभयो । “घरबाट धाएर पु¥याउँदा टाढा हुन्छ । गत सालदेखि आफू उतै कोठामा बसेर नातिनी पढाइरहेकी छु”, सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६९ वर्षीय निम लमुले भन्नुभयो ।जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ वर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा २०७२ सालमा बन्द गरिएको थियो । “सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे । त्यसपछि उक्त विद्यालय स्थापनाको कुनै पहल भएको छैन”, उहाँले भन्नुभयो ।अहिले यस क्षेत्रबाट करिब १५ जना बालबालिका मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन् । महिनाको भारु १८ देखि २० हजार खर्च हुने गरेको मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बस्नुभएकी डोमा शेर्पाले राससलाई बताउनुभयो । जौबारीको मात्रै होइन, माइजोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङ छिरिङ शेर्पाले जानकारी दिनुभयो । भारतीय विद्यालयमा आफ्ना नानीबाबु भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएको जौबारीका थुक्तेन लामाले जानकारी दिनुभयो । यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषय नेपाली बालबालिकाले थाहा नपाउने लामाको दुखेसो छ । बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन् । जौबारीको राष्ट्रिय प्राविमा भने एक वर्षअघि सशस्त्र प्रहरी बसेको थियो । उक्त विद्यालयमा बसेरै सशस्त्रले विद्यालय नजिकै आफ्नो भवन निर्माण गरेको छ । सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न हालसम्म सरोकार भएका निकायले चासो देखाएका छैनन् ।
सुनसरीमा गोली प्रहार, तीनजना पक्राउ
सुनसरी, वैशाख ३ गते । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । गोली प्रहारका क्रममा शिवकुमार मेहता गम्भीर घाइते भएका थिए । उनको प्रहरीको निगरानीमा विराटनगरमा उपचार भइरहेको छ ।एक समूहका व्यक्ति पक्राउ परेको र घटनामा संलग्न अर्का समूहका तीन जना अझै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो । गोली हान्नेमध्येका अर्का कामेश्वर यादवसहितका तीनजना फरार छन् । पक्राउ परेका र फरार रहेका तीनजना सीमा क्षेत्रमा बसेर विभिन्न किसिमको आपराधिक गतिविधि गर्दै आएको उहाँले जानकारी दिनुभयो ।घटनामा ६ जनाको संलग्नता थियो । ती सबै आपराधिक पृष्ठभूमिका व्यक्ति भएको र भारतमा खोजीको सूचीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिम्सिनाले बताउनुभयो । पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको र केही दिन अगाडि मात्र पक्राउ परेर छुटेका थिए । गोली लागेर घाइते भएका मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
नयाँ वर्षमा पुरानो झल्को
बालबालिकाहरू कोही गोट्टी खेलिरहेका, कोही बाघचाल खेलिरहेका । केही त्यही खेल हेरेर रमाइरहेका । बुढापाका पुराना कालो र सेतो मिश्रित तस्बिरमा हराइरहेका । केही दुनाट
थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक
नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी । यहाँका दर्जनौँ गोठबाट ल्याइएका थिए यी सयौँ चौँरीहरू । माहोल हेर्न लायक थियो ।
‘ओलाङ्चुङगोला’ गीतको भिडियो सार्वजनिक
गीतकार टङ्क भट्टराईको ‘ओलाङ्चुङगोला‘ गीतको भिडियो सार्वजनिक भएको छ। ताप्लेजुङको एक पर्यटकीय गन्तव्य ओलाङ्चुङगोला क्षेत्रको परिवेश र चिनारीलाई समेटेर तयार पारिएको गीतको भिडियो (श्रव्यदृश्य) सार्वजनिक भएको हो।
सुत्केरीलाई पोषण सामग्री वितरण
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रममार्फत सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको हो।
कृषि शिविरबाट किसान लाभान्वित
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सञ्चालित कृषिसँग सम्बन्धित शिविरबाट एक हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गाउँपालिकाले सञ्चालन गरेको कृषिसम्बन्धी निःशुल्क घुम्ती शिविरमार्फत पालिकाभरका किसान लाभान्वित भएका हुन् ।
संस्कृति जोगाउँदै वैशाखभरि सिरुवा मेला
सुनसरीको विभिन्न स्थानमा वैशाख मेला तथा सिरुवा मेला लाग्ने क्रम सुरु भएको छ । नयाँ वर्षको सुरुसँगै कोशी गाउँपालिका २ र भोक्राहा नरसिंह गाउँपालिका ३ को सलहेस मन्दिरमा तीन दिने सिरुवा मेला लागेको छ ।
सार्वजनिक बिदामा सेवा प्रवाह गर्दै सरकारी कार्यालय
ताप्लेजुङका सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्न थालेका छन् । जिल्लाको तीन वटा सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन कार्यालय खुलाउने र नियमित सेवा प्रवाह गर्ने कामको थालनी गरेका हुन् ।
भोजपुरको वैकुण्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना
रामप्रसादराई गाउँपालिका–६ स्थित वैकुण्ठेमा ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ । व्यावसायिक सुन्तला तथा फलफूलखेतीमा लागेका किसानलाई खेती प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना गरिएको हो ।
गुराँस फुलेपछि वनै ढकमक्क
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका, फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाको स
चौँरी हेर्न आए भारत र भुटानका पर्यटक
राधा लुइँटेल फिदिम, वैशाख २ गते । आठौँ चौँरी महोत्सवमा चौँरी हेर्न भारत र भुटानसम्मको पर्यटक आएका छन् । पाँचथरको ३ हजार ४ सय ५० मिटर उचाइमा रहेको चार रातेमा सुरु भएको चौर महोत्सवमा सयौँको सङ्ख्यामा रहेको चौर हेर्नेको भीड लागेको हो । यहाँ बर्सेनि नयाँ वर्षको पहिलो दिन सयौँ सङ्ख्यामा चौँरी ल्याएर प्रदर्शनी गर्दै चौँरी महोत्सव आयोजना गरिन्छ । सोही कार्यक्रममा अतिथि बनेर पुग्नु भएका कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, कोशी प्रदेश सभा सांसद मैयाँ श्रेष्ठ लावती पनि चौँरी भरिएको चार रातेको चौर पुग्दा मक्ख देखिनुहुन्थ्यो । थरीथरीका याक र चौँरी सँगै हरियो फिर्दै गरेको चौर,उत्तरमा देखिने हिमाल र आसपासका गुराँसे बनले आफ्नो मन खुसी भएकाे उहाँले सुनाउनुभयो ।मन्त्री र सांसद मात्रै होइन चाैँरी महोत्सव हेर्न नेपाल,भारत र भुटान सम्मबाट आएका आन्तरिक र बाह्य पर्यटकले चार रातेका चौँरी र चौरले आ आफ्ना मन पुलकित पारेको सुनाउनुभयो ।यहाँ चैत ३१ देखि वैशाख २ गते सम्म आयोजना गरिएको चौँरी महोत्सवमा विशेषतः पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापासँगै छिमेकी मुलुक भारतका सिक्किम, पश्चिम बङ्गाल, पन्जाब हुँदै भुटानसम्मका आन्तरिक र बाह्य पर्यटक आइपुगेका थिए ।उच्च पहाडामा खुल्ला चौर, एक छिनमा हुस्सुले ढाक्ने,छिनमै घाम लाग्ने,चिसो हावा र थरी थरीका चौँरी, स्वर्गीय आनन्दको अनुभूति गर्यौं ।’ –पन्जाबबाट आएका प्रभाकर शर्माले भन्नुभयो ।यो वर्ष त्यहाँ छिन छिनमै मौसम परिवर्तन हुँदै केहिबेर पानी पर्ने,केहिबेर घाम लाग्ने केहिबेर असिना पर्ने त केहिबेर हिउँको छापाे झर्ने गरेकाले तीनदिनमा सबै अनुभूति गर्न पाएको उहाँको टिप्पणी थियो ।
सिरुवाका लागि फूलघोडा बनाउने चटारो
सिरुवा पावनी सुरु भएपछि फूलघोडा बनाउने मालाकारलाई भ्याइनभ्याइ छ । कोशी प्रदेशको तराईका जिल्लामा बसोबास गर्ने राजवंशी, ताजपुरिया, गनगाई, मण्डलहरूको सबैभन्दा
प्रथम रेडपाण्डा महोत्सव सुरु
‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव२०८२’ सुरु भएको छ ।
लामाऔँले चरा
सुनसरी, वैशाख २ गते । सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको लामाऔँले (ब्रोन्ज विङ्ड ज्याकाना) चरा । मेटोपिडियस जातको एकमात्र यो प्रजाति दक्षिण र दक्षिणपूर्वी एसियामा पाइन्छ । तस्बिरः रासस
सङ्खुवासभामा चट्याङ लागेर चार जना घाइते
सङ्खुवासभा, वैशाख २ गते । जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइत जनाउँदै उहाँले घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताउनुभयो । उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ ।
शुभचिन्तककोे साथले ब्युँतिँदैै जस्बिरे चिया
गएको फागुन १३ गते राति आगोलागीबाट ध्वस्त भएको इलामको जस्बिरे चिया कारखानाले पुनः तयारी चिया उत्पादन सुुरु गरेको छ । साना मेसिन र साना ट्रफहरू राखेर पहिलो
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताउनुभएको छ ।
अन्तुमा चिया टिप्दै विभिन्न देशका राजदूत
नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाल आएका विभिन्न देशका राजदूतले अन्तुमा चिया टिपेका छन् । सोमबार राजदूतहरुले चिया बोक्ने डालो भिरेर चिया टिपेका हुन् ।
सुनसरीमा सिरुवा तथा जुडशीतल हर्षाेल्लासका साथ मनाइँदै
सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा स्थानीयहरुले नयाँ वर्षसँगै हर्सोल्लासका साथ सिरुवा तथा जुडशीतल पर्व मनाएका छन् ।
सुख्खा पहिरोले लाखौँको क्षति
ताप्लेजुङमा सुख्खा पहिरो झरेर घर पुर्दा लाखौँको क्षति भएको छ ।
विश्वशान्तिको कामना गर्दै फूर्दाेक पूजा
विश्वशान्तिको कामना गर्दै सुनसरीको वराहक्षेत्रामा (फुर्दोक) पूजा सुरु गरिएको छ । रिनछिन छवोलिङ्ग बौद्ध गुम्बाको आयोजनामा सप्तव्यापी पूजा पाठ र प्रवचन हुँदै आएको हो ।